20131208

भारतमा भाजपा र नरेन्द्र मोदीको माहोल बढ्यो, कङ्रेस पत्तासाफको स्थितिमा, नयाँ पार्टी "आम आद्मी" को चमत्कार !

प्रचण्डले शीला दीक्षितबाट सिकुन्– दिल्ली विधानसभाको निर्वाचन एक रिपोर्ट

प्रचण्डले शीला दीक्षितबाट सिकुन्– दिल्ली विधानसभाको निर्वाचन एक रिपोर्ट
- महेन्द्र पौडेल
‘राज्यभरी भाजपाको जीत शानदार भइरहेको छ’ केहीबेरअघि ट्वीटरमा टवीटगर्दै झुल्किए गुजरातका मुख्य मन्त्री नरेन्द्र मोदी ।
सामाजिक सन्जालमा अक्कल झुक्कल झुल्किने नरेन्द्र मोदी हिन्दु कटृरपन्थीका रुपमा भारतमा परिचित छन् । हालै ७० सिटका लागि भइरहेको विधान सभाको चार क्षेत्रको निर्वाचनमा भारतीय जनता पार्टीले अग्रता अप्रत्यासित जीत हासिल भइरहेको छ । 
 भर्खरै मात्र प्राप्त जानकारीअनुसार दिल्ली, मध्यप्रदेश, छत्तिसगढ र राजस्थानमा भइरहेको चुनावी परिणामअनुसार भाजापले ३० सीट जितिसकेको छ भने अन्य ४ क्षेत्रमा अग्रस्थानमा छ । काँग्रेस पार्टीले जम्मा ७ सिट जितेको छ भने अन्य १ मा अग्रता रहेको जनाइएको छ ।  दिल्लीमा नयाँ पार्टीको अप्रत्यासित उदय भएको छ ‘आम आदमी’ पार्टी । यसले अहिलेसम्म प्राप्त नतिजाअनुसार २४ सिट जितिसकेको छ भने अन्य २ मा अग्रस्थानमा रहेको छ । यो पार्टीले दिल्लीको शासन सत्तामात्रै हल्लाएन, तीनपल्टसम्म दिल्लीकी मुख्यमन्त्री
रहिसकेकी ७५ वर्षिय शीला दीक्षितको कुर्चिलाई पनि हल्लाइदियो ।
फलश्वरुप शीला दीक्षित आजविहानै आफ्नो मुख्यमन्त्री पदबाट राजिनामा दिइसकेकी छिन्, र चुनावी परिणामलाई स्वीकार्दै आम जनसमुदायलाई बधाई पनि दिइसकेकी छिन् । ‘आम आदमी’ पार्टीका संस्थापक नेता अरविन्द केजरीवालसँग शीला दिक्षीत चुनावी मैदानमा २२ हजारको भोटले हार ब्यहोरिसकेकी छिन्् । त्यसैले नरेन्द्र मोदीको उत्साह यसकारण बढ्यो कि १५ वर्षसम्म दिल्लीको शासन सत्तामा रहेको ‘काँग्रेस आइ’ कुर्चिबाट हटाउन पाउनु नै भाजपाको जीत हो । 
‘जनताले राहुल गान्धीलाई भन्दा नरेन्द्र मोदीलाई मन पराए’ मोदीको कुशल नेतृत्वको कारण राजस्थान, छत्तिसगढ र मध्यप्रदेशमा हामीले चुनाव जित्यौ’ बरिष्ठ भाजपा नेता गोपीनाथ मुण्डेले भने । भाजपाको हेडक्वाटरमा रिर्पोर्टसँग कुरा गर्दै ‘आगामी लोकसभा चुनावका लागि यो एउटा रिहर्सल मात्र हो’ काँग्रेसले आफ्नो हैसियत दिल्लीमा गुमायो जसबाट राहुल गान्धीको नेतृत्व र अयोग्यता प्रमाणित हुन्छ’ उनले भने । 
भारतमा आगामी मे महिनामा लोकसभाको चुनाव हुँदैछ जसमा काँग्रेसबाट राहुल गान्धी र भारतीय जनतापार्टीवाट नरेन्द्र मोदी प्रधानमन्त्रीका लागि प्रतिस्पर्धी हुनेछन् ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक