20131219

भारतले दलहरूलाई चुनावमा भएको हारजितमा नअलमलिई नेपाली जनतालाई स्वीकार्य संविधान निर्माण गर्न ध्यान केन्द्रित गर्न पनि सुझाव दियो

- पुष्करलाल श्रेष्ठ 

नयाँ दिल्ली/ भारतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न आफूलाई आपत्ति नभएको जनाएको छ। नेपालका पूर्वराजाले भारत भ्रमण गर्न लागिरहनुभएकाले उहाँ ँसँ ँग भेटघाटको सम्भावनाका बारेमा राखेको जिज्ञासामा भारतका विदेशमन्त्री सल्मान खुर्सिदले कूटनीतिक पाराले भन्नुभयो– ‘नेपाल छिमेकी देश भएकाले कोही शक्तिमा भए या नभए पनि सबैसँ ँग कुरा गर्न भारतलाई कुनै आपत्ति
छैन।’ पूर्वराजा ज्ञानेन्द्र एउटा वैवाहिक कार्यक्रमको सिलसिलामा यही पुस ७ गते भारत आउँ ँदै हुनुहुन्छ। नेपालमा दोस्रो संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपाली जनता लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको जनाएको छ। निर्वाचन परिणाबाट दलहरू सानाठूला जे भए पनि संविधान लेखनमा सबै मिलेर अगाडि बढ्ने पनि भारतले विश्वास लिएको छ। साथै भारतले दलहरूलाई चुनावमा भएको हारजितमा नअलमलिई नेपाली जनतालाई स्वीकार्य संविधान निर्माण गर्न ध्यान केन्द्रित गर्न पनि सुझाव दिएको छ। नेपालमा सफलतापूर्वक दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न हुनुले संविधान निर्माणमा ठूलो अवसर प्राप्त भएको पनि भारतले जनाएको छ। निर्वाचन परिणाम आएसँ ँगै राजनीतिक दलहरू सहमतिको नाममा अलमलिरहेको सन्दर्भमा भारतले अवसरको पूर्ण सदुपयोग गर्न सुझाव दिएको छ। ‘यस अवसरलाई नेपालका राजनीतिक दलहरूले पूर्ण सदुपयोग गर्दै संविधान निर्माण गर्नुपर्छ’ –भारतले भनेको छ। भारतका विदेशमन्त्री सलमान खुर्सिदले नेपालका सम्पादकहरूसँ ँग कुरा गर्दै उक्त कुरा बताउनुभएको हो। नेपालको लोकतान्त्रिक प्रक्रियालाई सहयोग गर्न भारत सदैव तयार रहेको उल्लेख गर्दै उहाँ ँले सबै दल मिलेर संविधान लेखनमा जुट्नुपर्ने अहिलेको आवश्यकता भएको पनि बताउनुभएको छ। ‘नेपालमा जुनसुकै सरकार बने पनि भारतको सहयोगमा कुनै कमी हुनेछैन’, खुर्सिदले भन्नुभयो– ‘नेपालको संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायतका विषयमा स्वयं नेपाली जनताको निर्णयलाई नै आत्मसाथ गर्दै संविधान निर्माण हुनुपर्छ।’ नेपाली पत्रकारहरूसँ ँगको भेटमा भारत सरकारका उच्चपदस्थ अधिकारीसमेत सहभागी थिए। विदेशमन्त्री खुर्सिदले संविधानसभालाई समावेशी बनाउन जोड दिँ ँदै निर्वाचनप्रति नै असन्तुष्ट रहेका र निर्वाचनमा भाग नलिएका दलहरूलाई पनि संविधानसभामा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा राख्नुभएको थियो। भारतले सधैभरी नेपालको उन्नती चाहेको उल्लेख गर्दै विदेश मन्त्री खुर्शिदले भन्नुभयो– भारत नेपालको कुनैपनि राजनीतिक दल र विचारसंग नजिक छैन, सधै नेपाली जनताको उन्नतीको पक्षमा रहेको छ। विशेषगरी नेपालको पछिल्लो राजनीतिक अवस्था बारेमा विदशमन्त्री खुर्शिदले समानुपातिक तर्फको नामावली बुझाउदा संविधासभा वाहिर रहेका दलहलाई सहभागि गराउनु राम्रो हुने धारणा राख्नु भएको थियो। समानुपातिक व्यवस्था चुनाव जित्न नसक्नेलाई संविधाननिर्माण प्रक्रियामा ल्याउने व्यवस्था भएकोले समानुपातिक तर्फबाट संविधानसभा बाहिर रहेका दललाई पनि सहभागि गराउनुपर्ने आशय व्यक्त गर्नुभएको थियो। यस बारेमा अन्यको सदासयता मात्र रहने तर निर्णय स्वयं नेपालका दलहले नै गर्नुपर्ने उहाको भनाई थियो। दोस्रो संविधानसभा निर्वाचन सफलताकासाथ सम्पन्न भएकोमा भारतले नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा लोकतन्त्रका पक्षधर आम सरोकारवालाहरूलाई धन्यबाद पनि दिएको छ। नेपाली सम्पादकहरूको प्रतिनिधिमण्डलले नयाँ ँदिल्लीमा भारतका विदेश सचिव सुजाथा सिंहसँ ँग समेत भेटेको थियो।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक