20140106

अमेरिकाको जर्जियामा फेरी अर्को नेपालीको गोलीहानी हत्या


अमेरिका / अमेरिकाको जर्जियामा फेरी अर्को नेपालीको गोलीहानी हत्या  गरिएको छ ।  गोली लागेर मृत्यु हुने नेपालीहरुको सूचीमा फेरि अर्को नाम थपिएको छ, मञ्जु गुरुङ पुन मगरको । एटलान्टाको जर्जियास्थित विण्डी हिल रोडको वेष्ट मिनिस्टर स्क्वायर अपार्टमेन्ट कम्प्लेक्समा आफ्नो श्रीमान् तारा पुनसँग बस्दै आएकी गुरुङको मृत शरीर गत ३१ तारिख मंगलबार बिहान १ः२०
बजे आफ्नै अपार्टमेन्ट कम्प्लेक्समा गाडीभित्र गोली लागेको अवस्थामा भेटिएको हो । गुरुङ अमेरिका आएको २ वर्ष मात्र भएको स्थानीय राजा घले बताउँछन् । जर्जिया राज्यको मरिटा विण्डी हिल रोडको मिस्टर स्क्वायर अपार्टमेन्टमा बस्दै आएकी मृतक गुरुङले स्थानीय ग्यास स्टेशनमा राति काम सकेर घर जानका लागि १ बजेर १ मिनेट जाँदा क्लक आउट गरिएको देखिएको र उता पार्किङ लटमा गाडी दुर्घटनाको सम्बन्धमा ९११ लाई कसैले १ बजेर १९ मिनेट जाँदा खबर गरिदिएको पाइएको स्थानीय समुदायमा सक्रिय राजा घले बताउँछन् । घटना हुँदा मृतक गुरुङले नियमित रुपमा पार्किङ गर्ने स्थानमा गाडी पार्क नगरेर पारिपट्टि भेटिएको बताइएको छ । काठमाडौंकी स्थानीय बासिन्दा ३७ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि कव काउन्टी प्रहरीले बताएको छ । घटनाबारे तत्कालै प्रहरीले केही नेपाली समुदायका मानिसहरुसँग पनि सोधपुछ गरेको थियो । मृतक गुरुङकी पति तारा पुन स्थानीय नेपाली समुदायमा सामाजिक काममा सक्रिय छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक