20140105

पाँच टुक्रा कबितामा बिनोद रोका र दुई कबितामा आनन्द मोहन खनाल यसो भन्छन

-विनोद रोका, न्यूर्योक 


सम्मान पाऊनेको भन्दा सम्मान दिनेको हुल।

अतिथीहरु भन्छन यहा आएर गरिएछ भुल।।

सम्मान दिनेहरु बोल्छन अरुले पाऊदैनन मौका 

आयोजक सोच्दछ मन्चमा गएर हान्नेहो कि चौका।

मान बढेर सम्मान भयो।

गरीमा भने मुन्तीर गयो।।
सम्मान पाऊने सबै भए
नपाऊनेमा कुर्चीमात्र रह्यो।।

****************************

आधा फिट जति परेछ हिऊ।
सोहोर्दा खेरी दुख्यो जिऊ।।

मित्रले भन्यो घर किनेर दुख पाईस।

मैले भने स्वस्थ भईन्छ हुन्छ एक्सरसाईज।।

******************************************


नया बर्ष
पुरानो गयो नया पल्हायो।
एउटा निभाई अर्को जलायो।।
कसैलाई दुख कसैलाई हर्ष।
लौ हेर आयो फेरी नया बर्ष।।
************************

कान्छा
यहाँ कहिले बुश कहिले ओबामा आउँछन्।
आप्रवाशीहरुलाई ललीपप देखाउँछन्।।
बाँझो छ काग्रेस शक्तिहिन छन राष्ट्र्पती।
हाम्रामा झैं यीनमा पनि हुन्न सहमती।।
त्यसैले कान्छा यहा भुंग्रोमा जम्छ हिऊ।
कताबाट आयो ख्वै यो धन्दुकारी विऊ।
*******************************

भारत र चीनको सर्बोच्चता,चल्छ मेरो देशमा  ! 

- आनन्द मोहन खनाल, Dallas Texas

सहमतिका सबै बुदा जल्छ,मेरो देशमा 
भारत र चीनको सर्बोच्चता,चल्छ मेरो देशमा
दैनिक ६ घण्टा बत्त्ति, बल्छ मेरो देशमा
हत्या,हिंम्सा र अशान्तिको दियो,बल्छ मेरो देशमा..!!

एक वर्षमा दुई-चार सरकार ढल्छ, मेरो देशमा
दैनिक २-४ वटा पार्टी, फल्छ मेरो देशमा
मध्यरात सहमतिको बहस,चल्छ मेरो देशमा
हत्या,हिंम्सा र अशान्तिको दियो,बल्छ मेरो देशमा..!!

राजनैतिक नेतृत्वको चलखेल,चल्छ मेरो देशमा
हत्यारा-घुसखोरी अनि भ्रष्‍टाचारी,लुक्छ मेरो देशमा
दैनिक बम,बारुद खुल्ला चल्छ, मेरो देशमा..!!
हत्या,हिंम्सा र अशान्तिको दियो,बल्छ मेरो देशमा..!!

चोटले दुख्छ

अनेक जालझेल गरि कमाएको नोटले दुख्छ,
काट्ने दाऊ भन्दा,अचानोलाई, चोटले दुख्छ..!!

सत्ताका निम्ति झुटको खेति गरिराछन्,
कुनै-पल तिनै जनताका, भोटले दुख्छ..!!

बर्षौ लडे देशका निम्ति,विकाश भएन,
नेताका महल हेर्दा, जनयुद्का, खोटले दुख्छ..!!

पुरा गर्न सक्दैनन् बोकी हिडेका सिद्दान्तहरु ,
सभामा गरेका भाषण, अनि, अठोटले दुख्छ..!!


थप रचनाक लागि http://jiwan-paribesh.blogspot.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक