20140110

अमेरिकाको जर्जिया राज्यको एटलाण्टामा नेपाली महिला मन्जु गुरुङ पुन मगरलाई गोली हानी हत्या गर्ने हत्यारा पक्राउ !

- नेपाल मदर डट कम सम्बाददाता 
अमेरिकाको जर्जिया राज्यको एटलाण्टामा नेपाली महिला मन्जु गुरुङ पुन मगरलाई गोली हानी हत्या गर्ने हत्यारा पक्राउ परेको छ । डिसेम्बर ३१ तारिखको मध्यरातमा काम बाट फर्कदै गरेकी गुरुङको घर नजिकै गोली हानी भएको हत्याको ११ दिन पछि प्रहरीले २६ बर्षको सर्जिओ भेरो लुईलाई प्रक्राउ गरेको हो । प्रहरीका अनुसार लुईलले गुरुङको हत्या गर्नुका साथै अन्य ३ स्थानमा पनि हतीयार देखाएर लुटपाट गरेको जनाएको छ । मृतक गुरुङका श्रीमान् तारा पुनले ह्वाईट हिमाल टेलिभिजनसंग टेलिफोनमा कुरा गर्दै दिएको जानकारी अनुसार हत्याराले मृतक गुरुङलाई उनले काम गर्ने स्टोर देखि नै पछ्याईरहेको र घर नजिकै आएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हत्याराले लुट्ने उद्धेश्यका साथ गोली प्रहार गरेको प्रहरीलाई बताएको भए पनि मृतक गुरुङको साथमा रहेको पैसा र मोबाईल भने लुट्न नपाएको मृतकका श्रीमान् पुनले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक