20140129

फागुन १४ गतेदेखि २३ गतेसम्म ‘सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ हुने, अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट मेलाको सफलताका लागि शुभकामना

एभरेष्ट नेपाल कल्चरल गु्रपको आयोजनामा आउँदो फागुन १४ गतेदेखि २३ गतेसम्म ‘सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला’ हुने भएको छ। एभरेष्ट नेपालले आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनसँगै पर्यटन क्षेत्रको विकास गर्न मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको छ। मेलाका संयोजक रामचन्द्र कोइरालाले मेलामा नेपालका धार्मिक एवम्
ऐतिहासिक स्थानको प्रचारप्रसार गर्न विश्वका ११ राष्ट्रका ३०० भन्दा बढी कलाकारको सहभागिता हुने जानकारी दिए। उनले विश्वका कलाकारका साथमा नेपालका विभिन्न पर्यटकीय स्थल हेटाैंडा, धादिङ, पोखरा, ललितपुरलगायत काठमाडौंका विभिन्न स्थानमा गई महोत्सव सञ्चालन गरिने बताए। महोत्सवको उद्घाटन प्रज्ञा भवनबाट हुनेछ। १६ गते हेटौडा गई १७ गते हेटौडामा पदयात्रा हुनेछ। १८ गते पोखरा प्रस्थान गरि २० गते धादिङ हुँदै टोली काठमाडौं फर्किने छ। २१ गते पाटन दरबार र काठमाडौं दरबारमा स्क्वाएरमा पदयात्रा गरि २३ गते महोत्सव खुल्लामञ्च समापन हुनेछ। २०५९ मा पहिलो पटक लोक सांस्कृतिक मेला आयोजना गरिएको थियो। अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिकाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले उक्त मेलाको सफलताका लागि शुभकामना दिँदै एभरेस्ट नेपाल कल्चरल ग्रुप, यसका अध्यक्ष रामचन्द्र कोइराला, नारायण रायमाझी र वहाँहरुको टिमलाई यस महान कार्यका लागि धन्यवाद ब्यक्त गर्नुभएको छ ।  उक्त कार्यक्रमलाई यथासक्या सघाउन अन्तरराष्ट्रिय कलाकार मंचको नेपाल शाखा अध्यक्ष शिवहरी पौडेल सहित यस शाखा अन्तर्गत रहेका कलाकारहरुलाई केन्द्रले अनुरोध पनि गरेको छ ।   
lok news
lok

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक