20140211

नेपाली काङ्रेस भित्रका एक अशल, इमान्दार, कुनै काण्डमा नफसेका शुशील कोइराला प्रधानमन्त्री त बने तर सपथ कै दिन दिनगन्ती शुरु ! यो कस्तो बिडम्बना ??

* राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ खाएपछि प्रधानमन्त्री कोइरालाले एक सदस्य मन्त्रीका रुपमा डा रामशरण महतलाई सपथ गराए !
* नेकपा एमालेको स्थायी समितिले सरकारमा नजाने निर्णय ! 
* बामदेब गौतमले नेपाली कांग्रेसले सहमतिको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम गरेको भन्दै उसलाई पनि शान्तिसँग बस्न नदिने चेतावनी दिए !
* कांग्रेस महामन्त्री प्रकाशमान सिंहले मन्त्रीको सपथ लिन अस्वीकार !
* सरकार गठनका सम्बन्धमा भएको सहमतिबारे विवाद !
* मन्त्री परिसदमा एउटा मन्त्री त्यो पनि बिना बिभागीय ! 

नव-निर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले शुभ-साइत पारेर ठीक २ बजेर ५५ मिनेटमा राष्ट्रपति रामशरण यादव बाट सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री कोइरालाले ईश्वरका नाममा सपथ लिएका छन् ।     सपथग्रहण पछि कोइराला औपचारीक रुपमा गणतन्त्र नेपालमो ३७औं प्रधानमन्त्री बनेका छन् । उनले आजै
प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन् । राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ खाएपछि प्रधानमन्त्री कोइरालाले एक सदस्य मन्त्रीका रुपमा डा रामशरण महतलाई सपथ गराएका छन् । महतले विना विभागीय मन्त्रीका रुपमा सपथग्रहण गराएका हुन् । सपथ ग्रहण समारोहमा सरकारका बरिष्ठ अधिकारी पूर्व प्रधानमन्त्री, दलका नेताहरुको सहभागिता थियो । एमालेले भने सपथ ग्रहण अस्वीकार गरेको छ । गृह मन्त्रालय दिने सहमतिबाट पछि हटेको भन्दै एमालेले सरकार गएन भने सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ । समारोहमा एमालेबाट अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल भने पूर्व प्रधानामन्त्रीको हैसियतमा सहभागि भएका थिए ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विना विभागीय मन्त्रीको सपथ लिन अस्वीकार गरेका छन् । प्रधानमन्त्री तथा सभापति सुशील कोइरालाले सिंह र नेता डा.रामशरण महतलाई मंगलबारनै विना विभागीय मन्त्रीको रुपमा समथ लिन भनेका थिए । स्रोतका अनुसार आफूले पाउने मन्त्रालयको टुंग्गो नलागेकोले मन्त्रीको सपथ लिन सिंहले अस्वीकार गरेका हुन् । ‘कुन मन्त्रालय पाउने टुंगो नलागेसम्म मन्त्री हुन उहाँले अस्वीकार गर्नुभएको छ’ उनी निकट एक नेताले ओएनएस न्यूजलाई भने । सिंहले अस्वीकार गरेकोले मंगलबार प्रधानमन्त्रीको सपथ पछि नेता डा.रामशरण महतले मात्र विना विभागीय मन्त्रीको रुपमा सपथ लिने भएका छन् । यसअघि एमालेले पनि सरकारमा नजाने निर्णय गरिसकेको छ ।

 यसैबीच प्रधानमन्त्री तथा सभापति कोइरालाको निवास महाराजगञ्जमा बसेको कांग्रेस नेताहरुको बैठकमा एमालेसँग सरकार गठनका सम्बन्धमा भएको सहमतिबारे विवाद भएको छ । वार्ता समितिमा रहेका नेता डा. रामशरण महत र दीपकुमार उपाध्यायले एमालेलाई गृह मन्त्रालय दिने सहमति नभएको बताएका छन् । तर बैठकमा केही नेताहरुले एमालेले गृह दिने सहमति भइसकेको भन्दै स्पष्टिकरण मागेका छन् । ‘तपाईहरु सहमति भएको छैन भन्नुहुन्छ’ बैठकमा एक नेताको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘एमालेका साथीहरु गृह दिने भएकोले समर्थन दिने सहमति भएको भन्नुहुन्छ, यो कस्तो कन्फ्युजन ?, यसको स्पष्ट जवाफ दिनुपर्यो ।’ बैठकमा नेता अर्जुननरसिंह केसीले एमाले सचिव विष्णु पौडेलले आफूलाई गृह मन्त्रालय दिन वार्ता समितिका नेताहरुसँग सहमति भएको बताएको जानकारी गराएका थिए ।


नेकपा एमालेको स्थायी समितिले सरकारमा नजाने निर्णय गरेको छ । मन्त्रालय बाँडफाँड बारे आइतबार भएको सहमतिबाट कांग्रेस पछि हटेको निष्कर्ष सहित पूर्व सहमति कार्यन्वयन नभएसम्म सरकारमा नजाने निर्णय भएको सचिव युवराज ज्ञवालीले बताए । स्थायी समिति बैठकले सभामुखका लागि पूर्व सभामुख समेत रहेका नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि गत आइतबार कांग्रेससँग एमालेका सभामुख उम्मेदवारलाई कांग्रेसले सहयोग गर्ने सहमति भएको थियो । स्रोतका अनुसार कांग्रेसले एमालेलाई आज प्रधानमन्त्रीसँगै ४ जना मन्त्रीलाई सपथ ग्रहणका लागि आग्रह गरेको थियो । जसमा एमालेका वामदेव गौतम र विष्णु पौडेल तथा कांग्रेसबाट प्रकाशमान सिंह र डा.रामशरण महतको नाम राखिएको बताइएको छ । तर एमालेले गृह तथा उपप्रधान नदिएसम्म विना विभागीयको भूमिकामा मन्त्री नपठाउने जवाफ दिएको छ । यहि प्रस्ताव प्रधानमन्त्री सुशील कोइरालाले एमाले संसदीय दलका नेता केपी ओलीलाई मंगलबार दिउँसो गरेका छन् । तर विना विभागीयको रुपमा अहिले सपथ लिने पक्षमा आफूहरु नरहेको ओली निकटका एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए । ‘विगतमा एमाओवादीले कांग्रेसलाई रक्षा मन्त्रालय नदिएर सहमतिको सरकार बन्न सकेको थिएन’ उनले भने, ‘अहिले कांग्रेसले त्यस्तै दम्भ देखाएको छ, यस्तै हो भने एमाले सरकारमा जादैन ।’

नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेपाली कांग्रेसले सहमतिको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम गरेको भन्दै उसलाई पनि शान्तिसँग बस्न नदिने चेतावनी दिएका छन्। राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघको आठौं केन्द्रीय परिषद्को समापन समारोहलाई सम्बोधन गर्दै गौतमले भने– 'लोकतन्त्रको मसिहा बनेको नेपाली कांग्रेस कस्ता–कस्ता किसिमका धोकाधडी र विश्वासघातका काम गर्छ, त्यसलाई हामी देशव्यापी रुपमा लैजान्छौँ। यति निर्लज्ज तरिकाले २४ घन्टा पनि बित्न नपाउँदै सम्झौता भएको कुरा दिनसक्दैनौं भनियो।' एमालेको समर्थन बिना कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुने अवस्था नभएको र आफूहरुले तुरुन्तै फिर्ता लिने अवस्था हुँदाहुँदै पनि विश्वासमा समर्थन गरेको जानकारी दिँदै कांग्रेसले लोकतन्त्रको आवरणमा प्रारम्भमै निरकुंशता प्रर्दशन गरेको दावी गरे। उनले प्रधानमन्त्री नेपाली कांग्रेसले पाउने र गृहमन्त्री एमालेले पाउने भनी सम्झौतामा हस्ताक्षर गरिसकेपछि कांग्रेसका तर्फबाट गृह मन्त्रालय दिन नसकिने निर्णय सुनाएको उल्लेख गर्दै २००६ सालमा कम्युनिष्ट पार्टी गठन गर्दा नै पुष्पलालले लेखेको क्रान्ति अगाडि बढिरहेका बेला देशी र विदेशी प्रतिक्रियावादीसँग गठबन्धन गर्ने कांग्रेसी नेताको चरित्रले नै आज हामीले अर्को पार्टी कम्युनिष्ट पार्टीका रुपमा गठन गर्नुपर्ने आवश्यकता महसूस गर्यौं‍ भनेर भनेको सुनाए । मन्त्री मनोनित गर्ने अधिकार नवनिर्वाचित प्रधानमन्त्री कोइरालाको हातमा पुगेपछि दिन सक्दिन भन्दा राष्ट्रिय राजनीतिमा गम्भीर संकटमा पुगेको समेत उनले बताए। 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक