(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140305

यहाँ झुट र नकारात्मक कुरा मन पराउनेकै बोलवाला छ !

हृदयकी देवीलाई ‘नेपाली पत्रकारिता’ले जुन प्रकारले निर्दयी र अमानवीय हमला ग-यो, यसले मलाई छियाछिया पा-यो र पत्रकारको आफ्ना पहिचानप्रति लज्जा र हीनताबोध महसुस भयो
कुनै भोजभतेरमा सामेल हुनुपर्दा मेरो खानाको ‘च्वाइस’ देखेपछि देख्नेहरूमध्ये कतिपयले सोध्ने गर्छन्,
‘तपाईं पूरै भेजिटेरिएन हो ?’ त्यसरी प्रश्न गर्नेहरू सबैलाई मेरो एउटै जवाफ हुने गर्छ, ‘होइन, म शतप्रतिशत ‘भेजिटेरिएन’ हुन बाँकी छ ।’ स्वाभाविक रूपमा पुनः प्रश्न आउँछ, ‘माछाचाहिँ खानुहुन्छ हो ?’ म भन्ने गर्छु, ‘होइन म माछा–मासु केही पनि खाँदिनँ, तर अझै पत्रकारिता गर्दै छु ।’ नेपालको पत्रकारितामा क्रियाशील रहिन्जेल शतप्रतिशत भेजिटेरिएन बन्न मुस्किल छ, कसलाई कतिबेला थाहै नपाई ‘रेटिएको’ हुन्छ वा के लेखे–बोलेबापत कसले कति मन दुखाएका हुन्छन्, त्यो भन्न सकिन्न । सम्पूर्ण भेजिटेरिएन बन्नु भनेको अर्कालाई (सबै प्राणीलाई) नदुखाउनु पनि हो । म त्यस्तो अभ्यासमा अवश्य छु, तर पत्रकारिता क्षेत्रबाट बिदा भइसकेपछि मात्र यो सम्भव हुने मेरो बुझाइ छ ।
सेवा, करुणा र दयाकी प्रतिमूर्ति बन्दै गरेकी दिलशोभा श्रेष्ठका प्रति यसपटक ‘नेपाली पत्रकारिता’ जसरी निर्मम ढङ्गले प्रस्तुत भयो त्यसले ‘हाम्रो’ हिंसात्मक र अमानवीय चरित्रको पुष्टि गरेको महसुस मलाई भएको छ । बितेका केही वर्षयता नेपाली पे्रसले (नै भन्नुप-यो) राष्ट्रप्रति अर्थात् नेपालआमाप्रति यस्तै निर्दयी व्यवहार प्रस्तुत गर्दै आएको महसुस आमजनतामध्येको सचेत समुदायलाई भएकै हो । नेपालआमाले त्यसको प्रतिवाद गर्न सम्भव भएन, नेपालमाताको आश्रयमा जीवन बाँचिरहेका कैयन निर्दोष पात्रहरू पनि नेपाली पत्रकारिताको साङ्घातिक प्रहारमा पर्दै आएका हुन् । तर, यसपटकचाहिँ दिलशोभा श्रेष्ठजस्ती उत्कृष्ट नागरिक, पे्रम, दया र करुणाकी प्रतिमूर्ति, निर्दोष र बालसुलभ हृदयकी देवीलाई ‘नेपाली पत्रकारिता’ले जुन प्रकारले निर्दयी र अमानवीय हमला ग-यो, यसले मलाई छियाछिया पा-यो र पत्रकारको आफ्ना पहिचानप्रति लज्जा र हीनताबोध महसुस भयो, पश्चात्तापस्वरूप केही शब्दांसु नखसालेसम्म स्थिर चित्त बहाल गर्न सकिनँ र यी पङ्क्तिहरू लेखिँदै छ ।
मल्लकालमा काजी भीम मल्लकी सतीले ‘राम्रो गर्नेको भलो नहोस्’ भनी दिएको श्राप वास्तविकता र व्यवहारमा अनुवाद भएको हो कि जस्तो महसुस यस देशका धेरै नागरिकलाई धेरैपटक भएको छ । दिलशोभा प्रकरणलाई त्यस्तै शृङ्खलाको एउटा निकृष्टतम् घटनाका रूपमा मैले बुझेको छु । यस देशमा कानुन–नियम बनाउनेहरूले नै सबभन्दा बढी नियम–कानुन अवज्ञा गर्ने गरेको जानकारी हामी सबैलाई छ । औपचारिक शिक्षाका अनेक डिग्री हासिल गरेका मानिससमेत नेपालको कानुनी प्रक्रियाबारे बेखबर छन् र शिक्षितहरूले नै कानुन मिच्ने काममा कीर्तिमान कायम गरिरहेकै पनि छन् । जति शिक्षित या दीक्षित भइयो त्यति नै आत्मकेन्द्रित हुने संस्कार बसेको मुलुकमा औपचारिक शिक्षाको प्रमाणपत्र प्राप्त गर्न कारणवश असमर्थ बनेकी दिलशोभालाई कानुनबारे जानकारी हुने आशा गर्न सकिँदैन । यसो भन्दा कानुनबारे जानकारी नभएका व्यक्तिले कसैको हत्या, बलात्कार, चोरी डकैती गर्न पाउँछ त, भन्ने प्रश्न पनि उठ्ला । मेरो विचारमा नियम–कानुन खराबी नियन्त्रण या निषेधित गर्नका लागि निर्माण गरिएको ‘तारजाली’ हो । प्राणी या मानवसेवालाई बर्जित गर्ने कानुन संसारमा कहीँ चल्दैन र चल्न दिनु पनि हुँदैन । प्राणी, या मानव कल्याणको काम गर्दा कसैले विधि–प्रक्रियाको अनुशरण गर्न सकेका छैनन् भने तिनलाई कानुनी दायरामा ल्याउन राज्यले सकारात्मक सहयोग पु-याइदिनुपर्छ, पत्रकारिता क्षेत्रले पनि त्यसैका निम्ति वातावरण बनाइदिनुपर्छ । एउटी अबोध समाजसेवीले गरेको उदाहरणीय कार्यलाई सहयोग नगरे पनि त्यस कार्यप्रति सकारात्मक भइदिएर हामी योगदान पु-याउन सक्थ्यौँ÷सक्छौँ । दिलशोभाले भविष्यमा मन्त्री, प्रधानमन्त्री, पार्टी सभापति या कुनै विनोद चौधरीझैँ देशकै धनी मानिस बन्नका लागि ‘अनाथ वृद्ध–वृद्धा’ को सेवामा आफूलाई समर्पित गरेकी होइनन् । दिलशोभाले भविष्यमा पत्रपत्रिकाको पाना या टेलिभिजनको पर्दामा सेलिब्रेटीझैँ आफूलाई प्रस्तुत गर्नका लागि असहाय वृद्धवृद्धाको सेवा गर्न थालेकी पनि होइनन् । कुनै मन्त्री, प्रधानमन्त्री, सेनापति, आईजीपी वा अख्तियार प्रमुखले निर्देशन दिएकोले बूढाबूढीको स्याहार गर्न बाध्य भएकी पनि उनी होइनन् । आफ्नै मनको निर्देशनमा आत्मिक सन्तुष्टिका लागि दिलशोभा सेवामा समर्पित भएकी हुन् । त्यस क्रममा कुनै कमजोरी भएकै रहेछ भने पनि उनलाई सच्याउन, सुधार्न या आफ्नो सुकर्मप्रति अझै प्रतिबद्ध बनाउन हामी सबैले सहयोग गर्नुपर्ने हुन्छ । तर, हामीले त्यस्तो केही गरेनौँ । दिलशोभालाई एउटी खुङ्खार खलनायिकाको परिचय भिडाउन पाउँदा हामीले निकै ठूलो बहादुरी गरेको ठान्यौँ । यसो गरेर हामीले दिलशोभाको मन–मस्तिष्कमा कहिल्यै निको नहुने चोट मात्र पु-याएका छैनौँ, यो देशको भलो गर्न चाहनेहरू सबैलाई ‘खबरदारी’ पनि गरेका छौँ, धिक्कार छ हाम्रो कलुषित मनोभावनालाई ! महान् दार्शनिक रूपचन्द्र विष्टले मलाई पटकपटक भन्नुभएको ‘सत्य’ यहाँ स्मरण भएको छ– ‘यो देशमा झुटो र नकारात्मक कुरा नै बढी मनपराइन्छ । सत्य जतिपटक बोले पनि जहाँको त्यहीँ रहने झुटो र नकारात्मक कुराचाहिँ छिसिक्क बोलिदिए पनि धुमधाम फैलिएर जान्छ । यहाँ झुट र नकारात्मक कुरा मन पराउनेकै बोलवाला छ ।’ रूपचन्द्र विष्टका कुरा दिलशोभाको सन्दर्भमा पनि ठ्याम्मै लागू भएको छ ।
यस शब्दांसुमार्फत दिलशोभालाई अनुनय–विनय गर्न चाहन्छु– कृपया महात्मा दिलशोभाज्यू तपाईं यस घटनाबाट विचलित नभइदिनुहोस्, यसलाई ईश्वरले लिएको एउटा परीक्षाका रूपमा बुझिदिनुहोस् र आफ्नो महान् कर्मलाई अझै विस्तार र विकास गर्न कटिबद्ध भइदिनुहोस् । हामीजस्ता सानातिनामा गणना हुने मानिस तपाईंका पक्षमा छौँ, तपाईं अघि बढिरहनुहोस् दिलशोभा अन्ततः जित तपाईंकै हुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक