20140305

चुरा भाचीन्छ कि फोरीन्छ मायाको लेखाजोखा गर्दा

- विनोद रोका, र्एटनी एट ल, न्युर्योक 
मायाको लेखाजोखा हुदैन। यद्यपि म जन्मेर हर्ुर्केको खोटाड० जिल्लाको सेरोफेरोका  लोग्ने र स्वास्नी, प्रेमि र प्रेमिका वा भनौ एकले अर्कालाई कति माया गर्छन भनेर जाच्नुपर्दा चुरालाई प्राय आफैले लाईरहेको कपडामा बेरेर भाच्ने गर्दछन। अनि भाच्दा जति बढी चुराको टुक्रा बिचको भागबाट निस्कन्छ त्यती नै एकले अर्कालाई माया गरेको भन्ने विश्वास गरिन्छ। यदि कुनै बस्तु हिर्काएर फोरियो भने त्यस्लाई नकारात्मक रुपमा लिईन्थ्यो। जस्तोकी विधवाका हातमा रहेका चुराहरु फोरिन्छन भाचिदैनन। यहि बोलीचालीको भाषालाई मैले टिपेर एउटा यस्तो गित लेखेको थिए न्युर्योकमा श्रावण १४, २००६ साल तिर।
कति भाची हेरौ चुरा माया कति छ भनि।
बर्षौ वित्यो विछोडमा रात काटे तारा गनी।।
याद आउछ सधै भरी माया हामीले ला,को।
जुगजुग सम्म नछुटने कसम हामीले खा,को।।
तिमि बिना छ शुन्य शुन्य सारछैन यो जीवनको।
आशा लिई बाचेकी छु न्यानो न्यानो मिलनको।।


यो गित शभ्मुजीत दाईको हातमा न्युर्योक आएको समयमा परेपछि मेनुकाको प्रस्तुती, शभ्मुजीतको संगीत र अन्जु पन्तको स्वरमा सजिएर २००७ सालमा निस्कीएको मेरो एकल रचनाको सिडी मेरी प्रियमा समावेश हुन पुग्यो अरु गितहरु dmै। साच्चै भन्ने हो भने शभ्मुजीत दाईले मलाई पहिले यहि गितमा संगित भरेर सुनाऊनु भएको थियो र सुनेपछि मेरो गितले पर्ुण्ाता पायो भन्ने अनुभुती मलाई भयो। अर्थात गित ज्यादै राम्रो लाग्यो मलाई। अनि मैले दाईलाई मेरो त्यो सिडिमा रहेका सबै गितहरुको जिम्मा लगाएको थिए उहाले भने अनुसारको पारिश्रमीक दिएर।

यो सिडीको बिमोचन शम्भुजितदाई न्युर्योकमा गर्नु पर्छ भन्नु हुन्थ्यो। तर त्यही बेला गितकार नवराज लम्साल भाईलाई मैले बाल्टीमोटमा प्रेमराजा महतजीको रेष्टुरेण्डमा जस्लाइ महतजी गाईगोठ भन्नुहुन्थ्यो भेटे एउटा मुद्दाको सिलसिलामा अदालत गएर खानाका लागि निस्कीएको अवस्थामा। म त्यहीदिन न्युर्योक र्फकने र नवराजजी पनि न्युर्योक नै आऊने हुदा प्रेमजीले नवराजजीको जिम्मा मलाई लगाई दिदै तपाईहरुले एक अर्कालाई खोजेको जस्तो मान्छे भेटनु भएको छ अब रमाईलो गरी जानुहोस भनि बस स्टपसम्म छोडेर र्फकनु भयो। अनि नवराजजी र म करिब ५ घण्टाको बसको लामो यात्रा साहित्य, सगित, र कलाको सेरोफेरोमा कुरा गर्दै न्युर्योक आयो। हामीलाई लामो यात्रा छोटै समयमा सकिएको अभनुभव भयो। त्यसदिन नवराजजीले मेरो पाहुना हुन स्वीकार गर्नुभयो। हामीले राती धेरैबेर सम्म कुराकानी गरयौ। उन्ले हाम्रा भनाईहरु र्रर्ेकड पनि गर्नु भयो रेडियो नेपालबाट प्रसारण हुने आफना कार्यक्रमका लागि कोशेली हुन्छन भनेर। लम्सालजीलाई मैले आफुले निकाल्ने सिडि कहा बिमोचन गरौ भनि सल्लाह माग्दा मलाई भन्नु भो दाई तपाई dmण्डै १० बर्षपछि नेपाल जादै हुनुहुन्छ त्यसैले यो सिडि त नेपालमै बिमोचन गर्नुहोस। यो त परदेशबाट लगेको कोशेली जस्तै मुल्यवान हुन्छ नेपालमा बस्नेहरुका लागि। उता बिमोचनको सम्पर्ुण्ा व्यवस्था मिलाऊन म सघाऊला भनेपछि मैले उन्को सल्लाह बमोजिम नेपाल मै गएर सिडिको बिमोचन गर्ने दशैमा गएका बेला भन्ने निधो गरे।

बिमोचनको समयमा नवराजजी नेपाल बाहिर हुने खवर आएपछि एमसीका लागि नरेश भटृर्राईजी भेटिनु भो। त्यस्तै मित्र दुबसुजीले बिमोचनका लागि चाहिने सभापति, समालोचक र अन्य कुराका लागि आफुले जिम्मा लिईदिने बचन दिनु भएको थियो। तर गएपछि दुबसुजीको व्यस्तताले गर्दा त्यहाको जिम्मा लिने मेरी बहिनी भगवतीले र मैले पनि उहालाई नभेटे पछि शम्भुजीतदाईलाई नै मैले त्यस्को जिम्मा लगाए। बिमोचनका लागि भने मैले गिता खत्री र राम खत्रीको माध्यमबाट राष्ट्र्कवि माधब घिमिरेज्युलाई अनुरोध गरिसकेको थिए न्युर्योकमा रहनु भएकी  उहाको छोरी ज्योती पौडयाल मार्फ।

मल्ल होटलमा राखिएको बिमोचनको कार्यक्रममा जाने तरखर गर्दा दुबसुजीले फोन गर्नु भयो म समयमै होटलमा रत्न शम्सेर थापा र डा. कृष्णहरि बरालका साथमा पुग्दैछु, उहाहरुले कार्यक्रमको सभापति र समिक्षकको काम गर्नुहुन्छ। कार्यक्रमस्थलमा पुगेपछि शम्भुजीतदाईले पनि बिमोचनका लागि चाहिने अर्को सेट अतिथीहरु तयार पार्नु भएको थाहा भयो। जस्मा माणिकरत्न सभापती र समिक्षकमा भुपेन्द्र खडका। यसरी मेरो सौभाग्य नै भनौ संगित क्षेत्रका दर्ुइसेट महारथीहरु र राष्ट्र्कविज्यु बिमोचन कार्यक्रमका सहभागी हुनु भयो। सहभागीहरुको हकमा साहित्य, संगीत, कला, पत्रकारीत्ाा, कानुन, र बुद्धिजीविहरुको गरिमामय उपस्थिती थियो भने सिडीमा रहेका गितहरुका गायक, गायिकाहरु रामकृष्ण ढकाल, दिपक लिम्वु, अन्जु पन्त, मनोजराज, र म्यूजिक भिडियोमा अभिनय गर्ने तितो सत्यमा हाथी र गैडाको उपनामले चिनिएका कलाकारहरु निर्मल शर्मा र मिना डंगोलका्े पनि कार्यक्रममा उपस्थित भै दिनाले शभ्मुजीतदाई प्रतिको आदरलाई दर्सर्ाा रहेको थियो । सायद काठमाण्डौमा भएका थोरै नै कार्यक्रममा यस्ता व्यक्तित्वहरुको बाक्लो उपस्थिती हुने गर्दछ जस्लाई राष्ट्र्कविज्यु, दुबसु र अन्य वक्ताहरुले आफनो भाषणको क्रममा व्यक्त पनि गर्नु भयो। यो उपस्तिथीले म प्रतिको प्रेम र सदभाव अdmै मेरा कानुन व्यवसायी मित्रहरु, पत्रकार साथीहरु, र शुभेक्षुकहरुमा मरिसकेको छैन भन्ने अनुभुति गराउदथ्यो।

गीतहरुको समिक्षा गर्ने क्रममा कृष्णहरि बरालज्यूले कति भाचि हेरौ चुरा माया कत्ति छ भनि, बर्षौ वित्यो विछोडमा रात काटे तारा गनीको ठाऊमा कति फोरी हेरौ चुरा हुनुपर्ने हो भाषागत दृष्टिले तर प्रवाशमा रहदा लेखिएको हुदा यसो हुन गएको होला भन्नु भयो। उहाले बोल्दाबोल्दै मन्चमा रहेका शम्भुजितदाईले प्रतिवाद गर्दै भन्न थाल्नु भो बरालजीको भनाई गलत छ किनकि फुटने शव्दले भाग्य फुटेको जस्तो नराम्रो अर्थ दिन्छ। यहा चुरा भाचेर प्रेमि र प्रेमिकाले एक अर्कालाई कति माया गर्छन भन्ने आशय रहेको र बोलिचालीमा पनि चुरालाई फोर्ने भन्दा भाच्ने नै भन्ने गरिन्छ भन्नु भयो। डायसमा रहनु भएको राष्ट्र्कवी, रत्नशम्शेर, माणिकरत्न, भुपेन्द्र र म समेतको त्यही धारणा रहयो। अनि दर्शकहरुले पनि तलबाट चुरा भाचिन्छ कस्ले कति माया गर्छ भनेर फोरिदैन भन्ने भनाईमा र्समर्थन जनाऊनु भयो।

अन्जुपन्तले यस गितलाई दर्शकहरुका अगाडी गाएर सुनाईन। सबैले गितको खुब तारिफ गरे। त्यस्तै दिपक लिम्बुले एल्बमको शिर्षगित मेरी प्रिय मेरी प्रिय र मनोजराजे यस्तो लागथ्यो बाच्ने रहर डढेलोले खायो शर्ीष्ाकको गीतलाई गाऊदा पनि दर्शकहरुले मन पराए।

कति भाची हेरौ चुरा नामको गितसंग अरु केही रोचक प्रसंग पनि जोडिएका छन। म २०१० सालको अशोजमा नेपाल गएको थिए। त्यसबेला प्रज्ञामा नेपाली राहित्य प्रतिष्ठान उत्तर अमेरीकाको पुरष्कार वितरण कार्यक्रम बैरागी काईलाज्यु र मेरो आफनै गित संग्रह जिवनको यात्राको बिमोचन समारोह अम्वर गुरुड०ज्युबाट गराएपछि गोरखा एफएमका आरजे भाई राजन घिमिरेले कुराकानीको लागि अनामनगरमा बोलाए। म संग केही बेर प्रवाशमा नेपाली साहित्यमा मेरो संलग्नता र कानुनी पेशामा रहदा अमेरीकामा रहेका नेपाली कलाकारहरुसंगको उठबसको प्रसंगका बारेमा प्रश्नहरु सोधे। अन्तमा मलाई दाईको कुनै गित भए बजाऊनु हुन्थ्यो छ र भनि सोधे। मैले भने सिडि त छैन भाई मसंग। फेरी उन्ले सोधे सिडिको नाम के हो- हामीसंग कुनै गित छ कि खोज्छौ। मैले सिडिको नाम भने तर उन्ले भने त्यो सिडी त छैन। कुनै गितको बोल थाहा भए भन्नुहाृेस न- मैले अन्जु पन्तले गाएको कतिभाची हेरौ चुराको गित पनि छ मेरी प्रिय सिडीमा भनेपछि उन्ले भने दाईले अघिनै अन्जु पन्तको गित भनेको भए यत्रो खोज्नै पर्दैनथ्यो। यो गित त श्रोताहरुको अत्यधिक रोजाईमा परेर पहिला भएकोले अन्जु पन्तलाई हामीले यहि स्टृडियोमा बोलाएर सम्मान गरेका थियौ भने र रेडियोबाट त्यो गित बजाए। अनि त्यसबेला लाग्यो रचना र उत्पादनको लगानीकर्ता म भएता पनि गितले संगित र गला पाएपछि त्यो गित रचनाकारको भनेर श्रोताका बिचमा नचिनिने रहेछ। छोरा छोरीहरु जस्तै बिबाह गरेपछि फलानाका छोराछोरी भन्दा पनि फलानाका श्रीमान वा श्रीमती भनेर उनीहरुको पहिचान हुन्छ। यद्यपि आमाबाबाको हृृदयमा माया भने सधैभरी कमी नहुने।

अन्जुपन्त आफनो सांगितीक कार्यक्रममा नमस्ते अमेरीकाको सांगित टोलीमा अमेरीका आऊदा खेरी न्युर्योक बर्साईको क्रममा मनोज र ऊनी हाम्रै पाहुना भएका थिए। ऊन्ले अमेरीकामा भएका कतिपय कार्यक्रममा अरु गितका साथै यो गित पनि गाईन। र भनिन दाई यो गित मैले तपाईको भनेर मात्रै गाएकी होईन। मैले गायका हिट गितहरु मध्येमा यो पनि एउटा पर्दछ त्यसैले कहिले दर्शकको अनुरोधमा त कहिले मेरो आफनर्ैर् इच्छाले कति भाची हेरौ चुरा गित म स्टेजहरुमा प्राय गाऊने गर्दछु भनिन। नायक कृष्ण मल्लजीले पनि यो गीतको म्युजिक भिडियो बनाएमा सिडिले राम्रो बजार लिन सक्छ भन्नु भएको थियो। तर मैले यस्को प्रोमो मात्र बनाए वितरकको अनुरोधमा किनकि सित्तैमा डाऊनलोड गरेर सुन्ने बानी परेका नेपाली श्रेाताहरुका बिचमा यस्तो होला भन्ने मैले विश्वास गर्न सकिन।

त्यस्तै अहिले न्युर्योकमा स्थापित गायीकाको रुपमा चिनिएकी पविता परियार बहिनीले पनि अमेरीकामा आएपछि उन्ले स्टेजमा गाएको पहिलो गित पनि कचि भाची हेरौ चुरा भन्ने नै थियो। त्यसबेला शम्भुजीतदाई न्युर्योकमा हुनुहुन्थ्या््े। ऊहालाई स्टेजमा कार्यक्रम गर्नका लागि एउटा महिला स्वरुको आवस्यकता रहेको र पविता बहिनी पनि त्यसबेला भरखरै नेपालबाट आएकी हुदा उन्ले एकल रुपमा यहि गित र शम्भुजीतदाईसंग मेरी प्रिय सिडीमा रहेको खोटाड० बसेरी नामक दोहोरी गित गाएकी थिईन। पविताले अdmै पनि यदाकदा भन्ने गर्छिन मैले अमेरीकाको स्टेजमा गाएको पहिला गित विनोददाईको कचिभाची हेरौ चुरा हो।

आफु भाषा र गितको विज्ञ नभएपनि मलाई गितमा रहेको कति भाची हेरौ चुरा माया कति छ भनि, बर्षौ वित्यो विछोडमा रात काटे तारा गनी नै ठिक लाग्छ। किनकि चलन चल्तीमा यसरी नै बोलिन्छ र बुdmनेले पनि कस्ले कस्लाई कति माया गर्छ भन्ने अर्थमा यो शव्दको प्रयोग यसरी नै हुनु पर्दछ भन्ने ठान्दछन जस्तो लाग्छ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक