
कानुनी रुपमा अन्य देशमा स्थायी बसोबासको अधिकार प्राप्त गर्नु भनेको नागरिकता लिनु अथवा नागरिक सरहनै हुनु होइन,तसर्थ यसले सरकारी सेवामा नियुक्तिको लागि कुनै प्रतिबन्ध लाग्दैन भन्ने ज्ञान समेत नभएको देखियो | संयुक्त राज्य अमेरिकामा वा अन्य कुनै पनि देशमा पीआर अथवा ग्रीनकार्ड लिएर बसोबास गर्नेहरुलाई कानुनी बसोबासको भन्दा अन्य कुनै राजनीतिक अधिकारहरु हुँदैन | मन्त्री पण्डितका यस किसिमका गतिबिधिले अमेरिका लगायत अरु कुनै देशको पि आर तथा ग्रीनकार्ड लिन चाहने अन्य नेपालीहरुबीच त्रासको वातावरण सिर्जना गरेको छ। यसप्रति सम्पूर्ण गैर आवासीय नेपालीहरुले बिरोध जनाउनु पर्दछ | साथै गैरआवासीय नेपाली समुदायको सदस्य तथा गैरआवासीय नेपाली अमेरिकाको अध्यक्ष पदको उम्मेदवारको नाताले म न्यूयोर्कमा वाणिज्य दूतावास बन्द गर्ने हालैको सराकरी निर्णयप्रति आपत्ति जनाउँदछु | यो निर्णयलाई मैले नेपाल सरकारद्वारा गैरआवासीय नेपाली समुदायको हितका विरुद्धको झटकाका रुपमा लिएको छु | म नेपाल सरकारलाई यो निर्णय तत्काल फिर्ता लिंदै पुन: वाणिज्य दूतावास खोल्नका लागि आग्रह गर्दछु | यदि यसो नगरिएको खण्डमा यो नेपाल सरकारले गैर आवासीय नेपालीहरुप्रति देखाएको नकारात्मक कृयाकलापको अर्को उदाहरण हुनेछ। जसले सरकार आफ्ना प्रवासी नागरिकहरुको समस्याप्रति संवेदनशील नभएको पुष्टि गर्दछ भन्ने मलाई लागेको छ | यसतर्फ नेपाल सरकारको तत्काल ध्यानाकर्षण होस् | अन्त्यमा नजिक आउँदै गरेको विक्रम संवतको नयाँ वर्ष २०७१ का अवसरमा देश विदेशमा रहनु भएका सबै नेपालीहरुप्रति सुख,स्वास्थ्य,समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामान व्यक्त गर्दछु | साथै एनआरएन अमेरिकाको आगामी निर्वाचनमा मेरा पक्षमा मतदान गर्नु हुन एनआरएन अमेरिकाका सबै सदस्यहरुमा विनम्रतापूर्वक अपील गर्दछु | धन्यवाद
- खगेन्द्र जीसी अध्यक्षका उम्मेदवार,एनआरएन अमेरिका
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक