20140427

पुरानो शानेबानि, नयाँ नेपालको नेबानीको खाने बानीले २८ बर्षमा निगम स्वाहा, २८ बर्षमा एउटा जहाज आउँदा पञ्चेबाजाले स्वागत गर्दै खुशी मनाउनु पर्ने कठै नेपाल र नेपालीको कस्तो नियती !!!

चीन सरकारले अनुदानमा दिएको ५६ सिटे जहाज काठमाडौं आइपुगेको छ । जहाज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइनेछ ।  अवतरणपछि विमानलाई पूजाआजासहित भव्य स्वागत गरिएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा नियमले २८ वर्षपछि  नयाँ जहाज ल्याएको
हो । चीन सरकारले नेपालको आन्तरिक उडानका लागि पाँच जहाज निगमलाई उपलब्ध गराउन सहमति जनाइसकेको छ । 
 वायु सेवा निगमका जहाजहरु धेरैजसो दुर्घटनाभएर सकिएका छन् । भएको एउटा जहाजमासमेत चैतमा समस्या देखिएपछि निगम जहाज विहीन नै भएको थियो । 
 
चीनबाट ल्याइएको नयाँ जहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। तस्बिर:केशव थोकर

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक