20140407

सालीहरुले हुनेवाला भिनाजुको जुत्ता लुकाउँदा दोहोरो झडप, बिबादले उग्ररुप लिँदा कुटाकुट र तोडफोड, घटनामा बेहुलीका काका पप्पुराम र उनकी श्रीमतीसहित चार जना घाइते !

भारतको एक गाउँमा सालीहरुले हुनेवाला भिनाजुको जुत्ता लुकाउँदा दोहोरो झडप भएको छ । जुत्ता बापतको फिरौतीबाट सुरु भएको बिबादले उग्ररुप लिँदा कुटाकुट र तोडफोड भएको छ भने जन्ती र बेहुली दुलही नलिइ घर फर्किएका छन् ।श्रीगंगानगर जिल्लाको श्रीविजयनगर–१२ मा विवाह कार्यक्रम भइरहेको थियो । बेहुलाको जुत्ता बेहुली पक्षका युवतीहरुले लुकाइदिएपछि सामान्य बिबाद भयो । तर, यो बिबाद त्यतिमै रोकिएन । जग्गे चलिरहेकै बेला बेहुलाले दाइजोस्वरुप कार मागे । तर, बेहुली पक्षले दिन अस्वीकार ग¥यो । बिबाद उग्र हुँदै गएपछि जग्गे रोकेर दुवै पक्ष कुटाकुटमा उत्रिए । भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणका अनुसार घटनामा बेहुलीका काका पप्पुराम र उनकी श्रीमतीसहित चार जना घाइते भएका छन् । बेहुला पक्षका आक्रमणकारीले पप्पुरामको कारमासमेत क्षति पु¥याएका छन् । छिमेकीको हस्तक्षेपपछि लडाईं शान्त भयो । घाइतेलाई अस्पताल पु¥याइयो भने जन्ती र बेहुला रित्तो हात घर फर्किए । अहिले दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक