20140406

मुलुकमा बढ्दै गएको शैक्षिक बेरोजगारी भयावह : स्नातकोत्तर उर्त्तीण पियन पदका लागि !!!

नेपाल आयल निगमले हालै खुलाएको श्रेणीविहीन कार्यालय सहयोगी -पियन) पदका लागि स्नातकोत्तर उर्त्तीण गरेको व्यक्तिले समेत आवेदन दिएर अन्तर्वार्तामा सामेल भएका छन् । मुलुकमा बढ्दै गएको शैक्षिक बेरोजगारीको भयावह अवस्थाका कारण दुई विषयमा स्नातकोत्तर उर्त्तीण गरेकाले समेत एकवर्षे करार जागिरका लागि अन्र्तवार्ता दिएका हुन् । यसरी अन्तर्वार्ता दिनेमा अधिकांश स्नातकोत्तर उर्त्तीण गरेका र
स्नातक तह अध्ययन गर्दै गरेका छन् । जागिरका लागि चारैतिर भौंतारिदा पनि कतै आफ्नौ योग्यताको जागिर नपाएपछि पियनै पदका लागि भए पनि अन्तर्वाता दिनेको भीडमा लागेको खबर छ । निगमका अनुसार पियन पदका लागि स्नातकोत्तर पास गरेका तीनजनाले अन्तर्वार्ता दिएका छन् भने तीमध्येका एकले त दुई विषयमा स्नातकोत्तर गरिसकेका छन् । १० जना पियन पदका लागि अन्तर्वार्तामा सहभागी भएका ५ सय ५६ मध्ये अधिकांशले स्नातक पास गरिसकेका छन् । जबकि पियनका लागि साधारण लेखपढ गर्न जान्ने व्यक्ति योग्य मानिन्छ । आयल निगमले मागेको पियनको अन्तर्वार्ता दिएर निस्किएका स्नातकोत्तर गरेका एक युवकले भने, ‘पढेर मात्र के गर्नु, कतै रोजगारीको अवसर छैन, यसमा नाम निस्कियो भने कम्तीमा रोजगार त पइन्छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक