20140703

गधालाई "मान्छे" बनाउन खोज्ने केही "मान्छे" हरु देखेर !

मान्छे जस्तै देखिने केही "मान्छे" हरुले 
रातारात सिंगारिदिएको एउटा "गधा" 
अाजकल आफुलाई "मान्छे" भएँ कि भन्ने भ्रम मा छ !
त्यो गधा लाई मानिस जस्तो बनाउन खोज्ने 
केही "बुद्धिमान" हरुद्वारा मानिसका कपडा बेरिँदै छ
"हिजडा" हरु जम्मा पारेर घेरिंदै छ 
"गधा" ले पनि म साँच्चै "मान्छे" भएँ भन्ने ठान्दो हो
मन मनै आनन्द पनि मान्दो हो 
कती बेला उ चुप चाप बस्छ 
कती बेला कर्कसे स्वर मा चिच्याउँछ 
हेर म मान्छे जस्तै भएँ भन्दै गाइहरु गिज्याउँछ 
भारी बोक्ने गधा मान्छे जस्तो बनाइन थाले पछी 
उसलाई मान्छेकै बस्तिमा बस भनाइन थाले पछी 
उ दँग छ, दुनियाँलाई लात्ती हान्दै हिड्छ 
गाइहरु सँग अनायासै भिड्छ 
एक एक गर्दै धेरै लाई चिड्छ 
आखिर गधा त गधानै हो 
तर गधालाई मान्छे बनाउन खोज्ने 
मान्छे जस्ता देखिने केही "मान्छे" हरु देखेर 
मलाई हाँस्न मन लाग्छ 
बेला बेला रत्यौली नाच्न मन लाग्छ 
"दुवा तिर्कि" हरुको गधा प्रेम देखेर 
दँग पर्दै मलाई बाँच्न मन लाग्छ !      
                                           - राम प्रसाद खनाल, भर्जिनिया अमेरिका  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक