20140811

भाबपूर्ण श्रध्दान्जली !


नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक श्री कृष्ण श्रेष्ठको दु:खद निधन भएको खबरले अन्तरराष्ट्रिय कलाकार मँच स्तब्ध छ । स्वर्गिय श्रेष्ठ प्रती भाबपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवार प्रती समबेदना प्रकट गर्दछौँ ।
- रामप्रसाद खनाल, अध्यक्ष
अन्तरराष्ट्रिय कलाकार मँच एबम समस्त परिवार

<<<<<<<<<<<<<<<<<<
लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा दाइले दागवती दिएका छन् । १० प्रहरीको टोलीले सम्मान गारथ प्रदान गरेको छ । त्यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गर्न हजारौं समर्थक तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । प्रज्ञा भवन भवनमा अन्तिम श्रद्धान्जलीका लागि राखिने भनिएपनि भिड व्यवस्थापन गर्न नसक्दा श्रेष्ठको पार्थिव शरीरलाई राख्न सकिएन । उनलाई श्रद्धान्जली दिन पुगेका समर्थक तथा नेताहरु समेत निराश भएर फर्किएका छन् ।
साढे २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुरु भएको श्रेष्ठको शव यात्रा प्रज्ञा भवनमा पुग्दा साढे ५ भइसकेको थियो । जतिबेला हातमा पुष्पगच्छा बोकेरका कलाकार तथा समर्थकले प्रज्ञा भवन परिसर खचाखच भरिसकेको थियो । शुभचिन्तकहरु विहानैबाट प्रज्ञा भवन पुगेका थिए ।
श्रेष्ठको पार्थिव शरीर राख्न प्रज्ञा भवनको ढोका अगाडि फूलहरुसहित सजाएर राखिएको थियो भने सञ्चारमन्त्री र विभिन्न दलका नेताहरु समेत पुष्पगुच्छा लिएर बसिरहेका थिए ।
तर, प्रहरीले पटक पटक प्रयास गर्दा पनि भिड हटाउन नसकेपछि श्रेष्ठको पार्थिव शरीरलाई गाडीबाट नझरी पशुपति लगिएको छ । प्रज्ञा भवनमा जम्मा भएका समर्थकहरु शवयात्रा आर्यघाटमा पुगेर श्रद्धान्जली दिएका छन् ।
- See more at: http://www.onlinekhabar.com/2014/08/178215/#sthash.KSeEuVlj.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक