20140930

दशैं बिरोधी आङकाजी शेर्पा लगायत उनका केही पिछलग्गुहरु यसरी गर्दैछन काठमाडौंमा धर्ना !

सबै धर्म संस्कृतिको चाडपर्वलाई समान व्यवहार गर्न माग गर्दै धर्म निरपेक्ष कार्यान्वयन अभियानले धर्ना दिएको छ । विहान १० बजेबाट भद्रकालीमा सुरु भएको धर्नामा अभियानका संयोजक आङकाजी शेर्पा, बैद्य माओवादीका नेता सुरेश आलेमगर लगायतका जनजाति नेताहरु सहभागी थिए । अभियानले दसैं सबै
नेपालीले नमान्ने र अन्य देशका नागरिकले समेत मान्ने भन्दै यसलाई नेपालीको नभइ हिन्दुहरुको चाड भनेर सम्बोधन गर्न माग गरेको छ । दसैं र शिवरात्रीमा सैनिक मञ्च टुडिखेलमा सेनाले तोप पड्काए जस्तै सबै धर्म संस्कृतिको चाड साकेला, भूमे पूजा, उधौली उभौली, तमु, सोमान, ग्याब्लो ल्होसार, छठ, म्हपूजा, माघी, इद, क्रिस्मस लगायतमा पनि बढाँइ गर्न माग गरेको छ । सेना प्रहरी र निजामति सेवामा रहेका गैरहिन्दुलाई इच्छा विपरित दसैंको टिका ग्रहण गराउन नहुने, सेना र प्रहरीको व्यारेक तथा सरकारी अस्पताल हाताका पूजा स्थलहरुमा हिन्दु धर्मको देवीदेवतासँगै बौद्ध, किरातसहित सबै धर्मको देवीदेवता राख्नु पर्ने माग गरेको छ । अभियानले सेना प्रहरी र सशस्त्रको गुल्मको नाम हिन्दु संस्कृति आधारमा मात्र राखिएको भन्दै समावेशी धर्मसंस्कृतिको आधारमा नामाकरण गर्नु पर्ने माग गरेको छ । दसैंका नाममा भत्ता दिन नहुने भन्दै आफ्नो चाड अनुसार भत्ता दिने वा समावेशी चाडपर्व भनेर नामाकरण गर्नु पर्ने आन्दोलनकारीको माग छ । अभियानले दसैंमा सरकारी सवारी पूजामा बली दिँदा राज्यको ढुकुटीबाट करोडौं खर्च भएको भन्दै पशु बली रोक्न माग गरेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक