20140921

"हृदयाघात भएर शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति स्थिर, मुटुको चाल ठिक छ" - नर्भिक अस्पताल

updated........हृदयाघात भएर शनिबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यस्थिति स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ। 'अहिले उहाँको स्वास्थ्यस्थिति स्थिर छ। अझ एक दुई दिन अस्पतालमै राख्नुपर्छ,' उपचारमा संलग्न मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टले भने, 'एक दुई दिनको अवस्था हेरेर घर पठाउन सकिन्छ। अहिले उहाँको मुटुको चाल ठिक छ।' पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र राप्रपा नेपालका नेता पदमसुन्दर लावती पनि नर्भिक अस्पतालमा पुगेका छन् । बुहारी हिमानी शाह अस्पतालमै छिन भने छोरी प्रेरणा खाना लिएर अस्पतालमा छन् । पूर्वरानी कोमल पनि अस्पतालमा छिन् । उपचार गराइरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भेट्न बाबुराम भट्टराई नर्भिक अस्पताल पुगेका छन्। राजतन्त्र उन्मुलुनका लागि कुनै बेला संघर्ष गरेका भट्टराईले नर्भिक पुगेर पूर्वराजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 'नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेँ', भट्टराईले ट्विट गर्दै भएका छन्- 'उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। राजनीति हैन, मानवीयको हिसाबले।' आइक्यापको सम्मेलनमा भाग लिन श्रीलंका पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई हृदयघात भएको खबर सुनेपछि आफ्नो भ्रमण छोट्याएका छन् । भारतमा प्रवासी
नेपालीसँग बैठक गर्दै दुई दिनपछि नेपाल आउने कार्यसूची रहे पनि थापाले भारतको कार्यक्रम स्थगन गरेको राप्रपा नेपालको प्रचार विभागका नेता बासु दाहालले बताए । यसैवीच राप्रपा नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यलाभको कामना गर्दै नर्भिक अस्पतालमा अनिवार्य उपस्थित हुन कार्यकर्तालाई निर्देशन दिएको छ । कमल थापासँग समानान्तर पार्टी चलाउन थालेका पूर्वसहध्यक्ष लावती भने आइतबार बिहानै नर्भिक अस्पताल पुगेका थिए । पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्ने कतिपय समर्थकहरु पुष्पगुच्छासमेत लिएर अस्पताल पुगेका छन् । शुभेच्छुकका लागि अस्पताल परिसरमा हस्ताक्षर पुस्तिका राखिएको छ, जसमा हस्ताक्षर गर्नेहरुको लाइन लागेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक