(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20141031

सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन, अभियानले कात्तिक २० गते प्रज्ञाभवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गर्ने !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको संयोजकत्वमा २५ सदस्यीय ‘सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियान’ गठन भएको छ । समितिमा सभासददेखि कांग्रेसका केन्द्रीय सदस्यसमेत छन् । बालुवाटारस्थित नेपाल हाउस रेष्टुरेन्टमा शुक्रबार आयोजित भेलाले हिन्दुराष्ट्र फर्काउने समिति गठन गरेको
हो । पार्टीले धर्म निरेपक्षतालाई स्वीकार गरे पनि पार्टी नीति विपरीत गठन गरिएको समितिको सह संयोजकमा लक्ष्मणप्रसाद घिमिरे रहेका छन् भने सदस्य सचिवमा अधिवक्ता कुमार रेग्मी छन् । समितिका सदस्यहरुमा पूर्वसभामुख तारनाथ रानाभाट, सभासद सूवर्ण जुहार्चन र केन्द्रीय सदस्य पुष्पा भुसाल र नवलपरासी सभापति देवेन्द्रराज कँडेलसमेत छन् । अभियानका सदस्यमा चीरञ्जीवी वाग्ले, शिवराज जोशी-दैलेख), दुर्योधनसिंह चौधरी, चन्द्र केसी, रविन्द्रलाल श्रेष्ठ, रामजीवन सिंह, भोला थापामगर, नारयण कोइराला, सियाराम राय यादव, लोकेश ढकाल, पत्रकार देवप्रकाश त्रिपाठी, कृष्ण लामा, डा. मीठाराम बिक, खेमराज सेढाइँ, देवीप्रसाद न्यौपाने, रमेशजंग रायमाझी र मानबहादुर रावल समेत छन् ।  देवप्रकाश त्रिपाठीलाई प्रचारविभागको जिम्मा दिइएको छ भने खेमराज सेढाइँलाई आर्थिक विभाग प्रमुख बनाइएको छ । अभियानले कात्तिक २० गते प्रज्ञाभवन कमलादीमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । भेलामा देशैभरिका कांग्रेस नेताहरु सहभागी हुने सदस्यसचिव कुमार रेग्मीले बताए । भेलामा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई अतिथिका लागि आग्रह गर्ने निर्णय भएको रेग्मीले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक