20141114

गणेशमान जी ले भने जस्तै हामी नेपालीहरु भेंडानै हौँकी ??!!

* अचम्म लाग्दो कुरा ! 

हामी नेपालीहरु :
- कोही डाक्टर 
- कोही इन्जिनियर 
- कोही मास्टर डिग्री होल्डर
- पढे लेखेका, देश बिदेश घुमेका
- देखेका, बुझेका, नजाने पनि सबै जानेका !
तर पनि ....
- बाउ काङ्रेस त्यही भएर छोरो छोरी पनि काङ्रेस !
- बाउ एमाले त्यही भएर छोरो छोरी पनि एमाले !
- बाउ राजतन्त्रबादी त्यही भएर छोरा छोरी पनि राजतन्त्रबादी !
- जँगल तिर बाट शहर आएपछी र पावरमा देखिए पछी सब एमाओबादी !
- मधेश तिर मधेशबादी !
- पहाड तिर पहाडअबादी !
- हिमाल तिर हिमालअबादी !
- जातीबादी !
- भाषाबादी !
- धर्मबादी !
- क्षेत्रबादी !
यसो हेर्नुस, हामी नेपालबादी कोही देख्दिन म ! जता ततै बिभक्त छौं हामीहरु ! कोही साना छैनौं हामीहरु ! जसले पनि आफूलाई महाराजा ठान्न भ्याएकै छौं ! आफ्नो हैसियत र यथार्थता चटक्क भुलेकै छौं ! अर्काको कुरा काट्दै घर घर डुलेकै छौं ! इर्श्या डाहले मुर्मुरिएकै छौं ! यस्तै देख्छु म जता ततै !
- हाम्रो बिबेक कस्तो हो ? मैले छुट्याउन सक्न छाँडे । नेपालमा त ल जे भयो भयो ! अमेरिका बस्ने हामीहरुको बौद्धिक दरिद्रता देख्दा अझ आश्चर्य जनक छ । यहाँ पनि नेपालमा भन्दा बढी बिभाजित, राजनीतिका मतियार बनेर हामी किन कसैको दास बन्छौं ?? अचम्म छ । राम्रो गरे राम्रो, नराम्रो गरे नराम्रो भनिनुपर्नेमा, गुण र दोस का आधारमा समर्थन र बिरोध गरिनुपर्ने मा यहाँ त कङ्रेसले जे गरेपनी कङ्रेसी जनहरु आँखा चिम्म ! एमाले ले जे सुकै गरोस एमाले जनहरुलाई उसको पक्ष लिनै पर्ने ! माओवादी आतंकको त कुरै बेग्लै छोइसक्नु नै छैन ! राजतन्त्रबादीहरु पनि बिग्रेको पारस लाई पनि राम्रो देख्नु पर्ने रतन्धो लागे जस्ता ! अरु पनि सब त्यस्तै त्यस्तै !!! खोइ के हो के म त बुझ्नै छाँडे बा !
यती मात्र हो र, नेपाल बर्बाद पार्ने खलनायक नेताहरु, राष्ट्र बिखन्डनमा तल्लिन राष्ट्रद्रोहीहरुलाई यहाँ आउँदा उनिहरुलाई यथार्थता बोध गराउनुको सट्टा उनिहरुकै पछी पछी लागेको र चाकडी बजाएको देख्दा लाग्छ हामी नेपाली कहिलै सुध्रिदैनौँ, राम्रो कुरा सिक्न कहिलै उघ्रिदैनौं । हामी अझै पछाडि जाँदैछौं, अझ धेरै धोखा खाँदैछौं । हाम्रो जेनेरेसनले नेपाल बनेको, हाम्रा सन्ततिको लागि उज्ज्वल बाटो खनेको देख्न पाउने छैनौं । हामी हाम्रै कारणले पछाडि पर्दैछौं । आफ्नै भबिस्य प्रती आफैले धोखाधडी गर्दैछौँ । हामी सबै त्यसमा जिम्मेवार बनेर सोंच्ने कि अझै अन्धा बन्ने ? बल हाम्रै कोर्टमा छ, यदी हामीले बुझेनौँ भने छबिलाल दाहालको मात्र होइन अब नेत्रबिक्रम हरुको आतंकको बलिको बोको बन्न तयार भए हुन्छ । सबैलाई चेतना भया !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक