

आश्वासन र सम्पूर्ण क्रान्तिकारी योद्धाहरुलाई देखायको सपना सबै भुलेर आज उनिहरु आफुले बिलासिताको जिबन बिताई रहेका छन । जनतासामू गएर पाँच रुपयाँमा विवाह गर्ने कुरा गर्दै हिड्ने नेताहरुको छोराछारीको विवाह भने यस्तो हुँदो रहेछ ।
‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ? गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? रायमाझीको छोराको विवाहले त्यो प्रश्न भने उठाएको छ । स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, रायमाझीको बुहारीको गलामा देखिएको सुन । जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ ।
विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये यस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै । गरीब र सर्बहार बर्गहरुका लागि युद्ध लडेको बताउने माओबादी हरु के माओबादीले गरिब र सर्बहारा बर्गको लागि जो काम गरिरएको छ ?

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक