20141106

गत चुनाबमा जनताले धुलो चटाएको र २५ सिटमा थँच्याएको बिर्सिएछन हरुवा छबिलालले ! अब यिनले सिँहदरबारको अर्थात सरकारको नेत्रित्व गर्ने रे ! पिपलपाते छबिलालको के चालाहो यस्तो !!!



 इटहरी/ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांगेस–एमालेलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । सहमतिको संविधान बनाउने बाटो खुल्ला गर्न भन्दै अध्यक्ष प्रचण्ले सो चेतावनी दिएका हुन् । सुनसरीको इटहरीमा बुधबार भएको कार्यकर्ता भेटघाटमा बोल्दै प्रचण्डले सहमतिमा पहिचानसहितको संघिय संविधान निर्माणका बाधक प्रधानमनत्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली भएको आरोप
लगाउँदै कांग्रेस–एमालेलाई सरकारबाट हटाउन आफूहरु पछि नपर्ने बताए । ‘संयुक्त सरकार त्यागेर सिहंदरबार खाली नगरे २२ दलले कांग्रेस–एमालेलाई सिहंदरबारबाट हटाउन आइतबार कुर्ने छैनन्’, प्रचण्डले भने, ‘सुशील र केपी पनि खुमबहादुरकै हिन्दू राष्ट्रको नारा बोकेर शान्ति सम्झौता र संविधानविपरित हिँडिरहेका छन् ।’ कांग्रेस–एमाले जनताको भावनाअनुरुप नहिँडेको आरोप लगाउँदै प्रचण्डले दुबै पार्टीमा राज्य चलाउने राजनैतिक आधार नभएका जिकिर गरे । ‘कांग्रेस एमालेलाई सरकार चलाउने आधार छैन । संयुक्त राष्ट्रसंघ, चीन र भारतसहितका मित्र राष्ट्रले वैधता नदिनुहोला’, प्रचण्डले भने, ‘काग्रेस–एमाले ज्ञानेन्द्र शाहकै पथमा हिँडेकाले दुबै पार्टीविरुद्ध प्रतिकार र प्रतिवादको कार्यक्रम ल्याउँछौ ।’ कांग्रेस–एमाले प्रति कडा रुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले दुबै पार्टीलाई जनयुद्धमा नगई शान्तिपूर्ण बाटोबाटै ठीक लाउने दाबी गरे । पहिचानसहितको संघीय संविधान बनाउन कांग्रेस–एमाले बाधक भएको खबर गाउँ गाउँमा पु¥याउन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । ‘कांग्रेस–एमाले सहमतिमा नआए आदिबासी, जनजाति र मधेसवादी दलको समर्थनमा एमाओवादीले सरकारको नेतृत्व गर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘सहमतिको संविधान निर्माणमा नआए दुबै पार्टीले तत्काल सरकार छाडुन् ।’- news Source: Ratna prasad acharya/ annapurna

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक