20141218

कमल थापाले भने "नेपालको भावनात्मक एकिकरणका अभियन्ता राजा महेन्द्र"

काठमाण्डौ/राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा महेन्द्रलाई सम्झदै नेपालको भावनात्मक एकिकरणका अभियन्ता भनेका छन् ।  काठमाण्डौ क्षेत्र नं. ५ को क्षेत्रीय समितिले आज धुम्बाराहीमा आयोजना गरेको धार्मिक सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा मुलुकको एकिकरण गरेको र राजा महेन्द्रले नेपाली जनताहरुमा भावनात्मक एकता गरेको विचार व्यक्त गर्नु भएको छ । मुलुकले नयाँ संविधान खोजेको र त्यो संविधानमा सनातन हिन्दुराष्ट्र अपरिहार्य रुपमा लेखिनुपर्नेमा उनको जोड थियो । संविधान निर्माणका क्रममा आएको असमझदारी र जटिलताको कारक काँग्रेस, एमाले र एमाओवादी भएको उनको दावी थियो । विधि र प्रक्रियाबाट बाहिर गएर जर्वजस्ती संविधान लाद्न खोजे त्यो अस्वीकार्य हुने उनले बताए । धर्म परिवर्तनको बिषयमा खुल्लमखुल्ला विदेशीले बोल्नु आपत्तिजनक भएको भन्दै उनले धर्म परिवर्तन गराउनेलाई कडा कारवाहीको माग गरे । पार्टर्ीी आगामी पौष ९ गतेबाट संचालन गर्ने रथयात्रालाई सफलतापर्ूवक सम्पन्न गर्नको निमित्त सवैबाट सहयोगको अपेक्षा समेत गरेका छन् । सो अवसरमा पार्टर्ीी उपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम श्रेष्ठ, केन्द्रीय सदस्य राजाराम बर्तौला, ऋषिबाबु परियार लगायत धार्मिक व्यक्तित्वहरुले बोलेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक