20150111

"तपाईहरु सबैले भन्नुहुन्छ भने लड्न र मर्न पनि तयार छु ।" - प्रचण्ड

* छबिलाल उर्फ प्रचन्ड जी तपाईं बाँचुन्जेल देश बांच्ने भएन त्यो चाँही पक्कै हो !  
* तपाईंको जिन्दगी नै मार्ने मराउने, कुट्ने, लुट्ने, अशान्ति फैलाउनेमै बित्ने भयो अब पनि कती भाड्नुहुन्छ, एकदिन  के तपाईं मर्नु पर्दैन ?? अझ पनि फेरी मोर्चा हेक्वाटर र सामुहिक दस्ताका कुरा ?? हेगमा झुन्डिएर होइन, मलामी सहित आर्यघाट जाने बाटो बनाउनुस् अझै पनि समय छ छबिलालजी ! 
 एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सबै आन्दोलनकारीलाई समेटेर एउटै हेडक्वार्टर बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । साथै कांग्रेस एमालेले पेलेर संविधान जारी गर्ने योजना बनाएको भन्दै त्यसको
प्रतिरोध गर्न स्वयंसेवक दस्ता गठन गर्ने प्रचण्डको प्रस्ताव छ । आइतबार आन्दोलनकारी दल तथा संघसंस्थाहरूको संयुक्त भेलालाई सम्वोधन गर्दै प्रचण्डले भने-‘अलग-अलग आन्दोलन गर्ने समय सकियो, अब एउटै ठाउँमा केन्द्रीय मोर्चा बनाउने र राष्ट्रिय आन्दोलन गर्ने समय आइसक्यो ।’ अब पनि अलग-अलग आन्दोलन गर्ने हो भने जनतालाई विश्वास दिलाउन नसक्ने र परिर्वतन विरोधीलाई फाइदा पुग्ने उनको तर्क थियो । संविधानसभा एउटा मोर्चाका रुपमा रहन सक्ने भन्दै उनले निर्णायक परिणाम भने सडक र जनताको आन्दोलनको बलबाट मात्र प्राप्त गर्न सकिने बताए । ‘कम्तिमा हिजोका सहमति र सम्झौता अनुसार संविधान बन्ने ग्यारेन्टी नहुँदासम्म नरोकिने आन्दोलन गर्नुपर्छ’ प्रचण्डले भने । अब कुनै नेता विशेषलाई अघि सारेर मात्र आन्न्दोलन नउठ्ने भन्दै आन्दोलनकारीहरुको हेडक्वार्टर बनाउन प्रस्ताव गरे । ‘अब एउटै नेताविशेषलाई मात्र अघि सारेर ठूलो आन्दोलन उठ्ने बाला छैन । त्यसैले सबैको प्रतिनिधित्व हुने गरी जनरल स्टाफ जस्तो हेडक्वार्टर बनाऔं । ढीला नगरौं ।’ यस्तो हेडक्वार्टरले जनजीविकादेखि राजनीतिक मुद्दाहरुलाई अघि सादर्ैै एकीकृत आन्दोलन बनाउने प्रचण्डको प्रस्ताव छ । अब पनि वार्ताको टेबलबाट केही निस्किहाल्छ कि भनेर बस्नु आन्दोलनलाई कमजोर बनाउने काम मात्र हुने भन्दै उनले एक हुन अपीलसमेत गरेका छन् । कांग्रेस र एमालेले सेना, प्रहरी लगाएर भएपन संविधान बनाउने योजना बनाएको सूचना पाएको प्रचण्डले आन्दोलनकारी नेताहरुलाई सुनाए । ‘पहिचानको माग गर्ने आदिवासी जनजाति नेताहरु उफि्रने २/४ जना मात्र हुन्, चुनाव हारेका मधेसी नेताहरु पनि आफैं सामन्त हुन् र उनीहरुसँग जनमत छैन भन्ने कांग्रेस र एमालेको बुझाइ छ’ प्रचण्डले भने-‘प्रचण्ड धेरै कमजोर भएकाले उसको हैसियत छैन, सेना पुलिस लगाएर क्रस गर्न सकिन्छ भन्ने कांग्रेस र एमालेको बुझाइ छ ।’ त्यसको प्रतिरोध गर्न अब स्वयंम सेवक दस्ता बनाउनुपर्ने प्रचण्डको प्रस्ताव छ । ‘अब प्रतिरोध नगर्ने हो भने आन्दोलनले गति र निणर्ायक स्वरुप दिन सक्दैन’ उनले भने-‘मधेसी, जनजाति सबैले दस्ता बनाउनुपर्छ ।’ कांग्रेस र एमालेको नेतृत्वले मधेसी, जनजाति शब्द सुन्नै नचाहेको उनले बैठकमा सुनाए । ‘मधेसमा बिहार र युपी मिलाउ भन्नु सामान्य कुरा होइन । उनीहरुमा अपार घृष्णा छ, जुन मैले रात दिन सुन्नु परेको छ’ प्रचण्डले भने । कांग्रेस र एमालेको जनमत कृत्रिम भएको भन्दै उनले बहुमत आफूहरुसँग भएको दाबी गरे । ‘१९ दलको मात्र मत गर्ने हो भने पनि कांग्रेस र एमालेको बढी छ । त्यसमा जनजाति आन्दोलन, संविधानसभा बहिस्कार गरेको बैद्य माओवादीसहितका शक्तिहरु छन्’ प्रचण्डले बैठकमा भने-बहुमत त हामीसँग छ । उनीहरु अल्पमतमा छन् ।’  प्रचण्डले आन्दोलनकारीहरु शक्तिहरुमै विश्वासको कमी रहेको भन्दै आफूलाई आशंका नगर्न आग्रह गरे । ‘तपाईहरुलाई प्रचण्डले सम्झौता गरिदिन्छ कि जस्तो लाग्छ’ उनले भने-‘मलाई एकातिर जनताको पक्षमा अघि बढ्ने हो भने विजयी हुन्छु जस्तो लाग्छ । तर, मझधारमा लगेर छाडिदिने हो कि भन्ने जस्तो पनि लाग्छ ।’ उनले यसोभन्दा बैठकमा सहभागीहरुबीच हाँसो छाएको थियो । प्रचण्डले आफूमाथि आएको दबाव पनि सुनाए । बिहान मात्र छिटो संविधान निर्माण गर्न राष्ट्रसंघका महासचिव वान कि मुनको पत्र आएको सुनाउँदै उनले भने-‘सुशीलजीले संविधान बनाउन अरु सक्दैनन । तपाई नै सक्नुहुन्छ भन्नुभएको छ । मलाई दबाव पनि आइरहेको छ ।’ अहिले पनि माओवादीलाई विश्व समुदायले हेरिरहेको भन्दै उनले अरुले अलि चर्को कुरा गरे पनि हुने तर, आफूले भन्दा धेरै तरंगित हुने बताए । यद्यपि सबै तयार हुने हो भने आफू अघि बढ्न तयार रहेको प्रचण्डले बताए । प्रधानमन्त्रीबाट हटेपछि सडकमा आइपुगेको र सबैतिरबाट आफूलाई बदनाम गराउने प्रयास भएको भन्दै उनले भने-‘तपाईहरु सबैले अगाडि बढ भन्नुहुन्छ भने बढ्छु । लड्न र मर्न पनि तयार छु ।’ - See more at: http://www.onlinekhabar.com/2015/01/228196/#sthash.2TRlGvEA.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक