20150304

टर्कीको इस्तानबुलबाट २ सय २३ यात्रुसहित काठमाडौँ आएको एयरबस ३२०-३०३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना, काठमाडौँ विमानस्थल पूर्ण रुपमा बन्द !

Update : टर्किस एयरको एउटा जहाज काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा आकस्मिक अबतरण गर्दा जहाजको बाँया पखेटाले रनवे अलिकती मात्र छोला जस्तो गर्दा हल्ली खल्ली हुने, त्यती सार्न समेत भारत गुहार्नु पर्ने, सारा उडान ठप्प हुने मेरो देश ! कठै मेरो देश कती कमजोर रहेछ ! यो कमजोर देशले सँघियता कसरी धान्ला ?? एउटा मन्त्रि मन्डल धान्न बिदेशीको हार गुहार गर्ने मेरो देशले १० - १५ प्रदेशको मन्त्रिमन्डल कसरी धान्ला ?? टर्किस एयर प्रकरण हाम्रो साँचो वास्तविकता हो । यसबाट पाठ सिके नेपाल र हामी नेपालीले केही सिक्थ्यौं कि !!!

 
टर्कीको इस्तानबुलबाट २ सय २३ यात्रुसहित काठमाडौँ आएको एयरबस ३२०-३०३ विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भए पनि ठूलो क्षति हुनबाट टरेको छ। विमान रनवेबाट करिब २५ मिटर टाढा गएर अगाडिको भाग जोतिन पुगेको थियो।  विमानको देब्रे इन्जिनमा
क्षति पुगेको देखिएको छ। त्यसैगरी विमानस्थलको पनि रनवेमा क्षति पुगेको छ। रनवेमा रहेका केही लाइटहरु फुटेका छन्। विमान दुर्घटना हुँदा आगो समेत बलेको भए पनि तत्काल अग्नि नियन्त्रकहरुले निभाएका थिए। विमानमा रहेका एक मुटु रोगी र अर्का एक यात्रु गरी दुई जना उद्दारका क्रममा घाइते भेटिएका छन्। उनीहरुलाई उपचारका लागि लगिएको छ। केही दिनदेखिको वर्षाका कारण बुधबार पनि बिहानैदेखि मौसम खुलेको थिएन। भिजिबिलिटी कमै थियो। अवतरण गर्नुअघि टर्किस एयरलाइन्सको यो विमानले आकाशमा केही फन्का लगाइसकेको थियो। प्राविधिक भाषामा यसलाई होल्ड गर्नु भनिन्छ। एयर ट्राफिक कन्ट्रोलरको अनुमति पछि विमानस्थलमा अवतरण गर्ने क्रममा रनवे छाडेर जोतिन पुगेको हो। यसका लागि प्रारम्भिक रुपमा मौसम जिम्मेवार रहेको अनुमान गरिए पनि विस्तृत अनुसन्धान हुन बाँकी छ। टर्किस एयरलाइन्सको उद्दार कार्य पूर्ण रुपमा नसकुन्जेल काठमाडौँ विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ। अहिले यहाँबाट आन्तरिक र अन्तर्राष्ट्रिय कुनै पनि विमान उड्ने र अवतरण गर्ने कार्य हुने छैनन्। सुरुमा मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको भनिए पनि त्यो समय अझै बढ्न सक्ने सम्भावना रहेको विमानस्थल स्रोत बताउँछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक