20150420

स्वर्गीय राजा बीरेन्द्रका प्रमुख चिकित्सक, नेपालको पहिलो पुस्ताका उदाहरणिय चिकित्सक डा. सच्चेकुमार पहारीको निधन

मेरा परम मित्र डा. अनुप पहाडीका पुज्यनिय पिता, नेपाल राष्ट्रको एउटा सच्चा सपुत, स्वर्गीय  राजा बीरेन्द्रका प्रमुख चिकित्सक, मेरा एक जना अभिभाबक,  नेपालको पहिलो पुस्ताका उदाहरणिय चिकित्सक डा.  सच्चेकुमार पहारीको निधन भएको छ । लामो समयदेखी मष्तिष्क क्यान्सरबाट ग्रसित पहारीको ८१ बर्षको 
उमेरमा  निधन भएको हो । ८१ वर्षीय पहारीलाई उपचारका लागि गत वर्ष अमेरिका लगिएको थियो । तर, रोग निको नहुने भएपछि केही महिनाअघि मात्र नेपाल फर्काइएको थियो । ६ महिनदेखि अचेत अवस्थामा रहेका क्यान्सर पीडित डाक्टर पहारीको शुक्रबार बिहान आफ्नै घर लाजिम्पाटमा निधन भएको हो । झण्डै एक वर्षअगाडी आँखा देख्ने क्षमतामा कमी आएपछि डा पहारीको स्वास्थ्य जाँच गरिएको थियो । जाँचमा पहारीलाई मष्तिष्कमा क्यान्सर पत्ता लागेको थियो । उनले वीर अस्पतालमा २५ वर्षसम्म सिनियर फिजिसियनका रुपमा काम गरेका छन् । डा. पहारीले नेपाल मेडिकल कलेजको स्थापनामा नेतृत्वदायी भूमिका खेलेका थिए । त्यसैगरी नर्भिक अस्पतालका संस्थापक अध्यक्ष पनि पहारी नै हुन् । नर्भिक अस्पतालले पहारीको नाममा एस के पहारी अवार्ड फोर एक्सलेन्स् इन क्लिनिकल मेडिसिन नामक राष्ट्रिय पुरस्कार स्थापना गरेको छ। सन् १९५९ मा पटनाको ‘प्रिन्स अफ वेल्स् मेडिकल कलेज’बाट स्नातक गरेका उनले सन् १९६० मा संयुक्त अधिराज्यबाट डिटी एम एण्ड एच र सन् १९६४ मा एडिनवर्ग तथा ग्लास्गोबाट एमआरसीपीको उपाधि हासिल गरेपश्चात् निरन्तर नेपाल सरकारको चिकित्सा सेवामा रही पाँच दशकभन्दा लामो समयसम्म उनले सेवा गरे । उनको धारणा थियो, ‘बिरामी भनेको भगवान हुन् । उनीहरुको सेवा भनेको भगवानको पूजा गरेभन्दा अब्बल हुन्छ ।’ डाक्टर पहारीले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । पहारीको जन्मघर पाल्पा हो ।
यस्ता धरोहरको निधनले हामीलाई अत्यन्त दुखित तुल्याएको छ । यस दु:खद घडीमा म स्वर्गीय प्रती हार्दिक श्रध्दान्जली र शोक सन्तप्त मुमा साबित्री पहारी, मेरो परम मित्र डा अनुप एबम समस्त परिवार जनमा हार्दिक समबेदना ब्यक्त गर्दछु ।
- रामप्रसाद खनाल एबम समस्त खनाल परिवार   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक