20150425

नेपालमा गयो बिनाशकारी भुकम्प, ठुलो धन जनको क्षति, दुई हजार भन्दा बढीले ज्यान गुमाइसके, सयौँको अवस्था अज्ञात, कैयौँको अवस्था चिन्ताजनक, धन जनको क्षतिको लेखा जोखा आउन कम्तिमा एक साता सम्म लाग्न सक्ने !





प्रभु तिमी के गर्दैछौ यस्तो !!!
के हो तिम्रो यो लीला ?
यसरी निर्दोसको ज्यानै लिन मिल्ला ??
के दोश थियो यि निर्दोश मानिसको ?
के दोश थियो सुन्धारा धरहराको ?
तिमी किन यती सार्हो निर्दयी बन्यौ ?
भुकम्पलाई पनि नेपाल नै जा किन भन्यौ ?
यो त अती भयो प्रभु !
सयौँ लालाबालाको ज्यान लियौ
कतिलाई टुहुरा बनायौ
कतिलाई सन्तान बिहिन !
हजारौंँलाई बेघरवार बनायौ !
सुनेको थिएँ तिमीले त न्याय गर्छौ
तर देख्दैछु तिमी अन्याय गर्दैछौ !
निर्जिब घरहरु माथि किन आक्रोस पोख्यौ ?
नेपालनै हल्लाउने गरी
भुकम्पको तराजुमा किन बारम्बार जोख्यौ ?
जँगलीहरुले देखाए जस्तै तान्डब किन पोख्यौ ??
प्रभु यो त अती भयो !!!
कती पिँडा सहने नेपालीले ?
के के पिँडा सहने नेपालीले ?
कहिले सम्म पिँडा सहने नेपालीले ?
म तिम्रो भक्त आज सिरियस भएर सोध्दै छु ......
प्रभु म तिमीलाई मानु या नमानु ?
श्रध्दा भक्ती गरुँ या छोडुँ ?
यो त अती भयो प्रभु !
मेरो मन दुखेको छ आज
मुटु छिया छिया भएको छ आज
तिमी प्रति दुखेसो छ आज
प्रभु तिम्रो के हो यस्तो चाला ?
तिमी यस्तै गर्छौ भने
तिम्रो मन्दिर मस्जिद चर्चहरुमा अब को नै जाला ??
किन बुन्दैछौ तिमी लशै लाशहरुको माला ??!!
- रामप्रसाद खनाल, Virginia April 25, 2015














































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक