20150512

नेपालमा दोस्रो ठुलो भुकम्पले थुप्रैको ज्यान लिनुको साथै लाखौंँ लाई सडकमा पुर्याएकै दिन आज अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टरका तर्फ बाट करिब दश लाख रुपैयाँँ नेपाल का भुकम्प पीडित को राहतका लागि पठाइयो

 नेपालमा दोस्रो ठुलो भुकम्पले थुप्रैको ज्यान लिनुको साथै लाखौंँ लाई सडकमा पुर्याएकै दिन आज अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टरका तर्फ बाट करिब दश लाख रुपैयाँँ नेपाल का भुकम्प पीडित को राहतका लागि पठाइएको छ । अध्यक्ष रामप्रसाद खनालका अनुसार यो राहत रकम शेश घले अध्यक्ष रहनुभएको NRN, बि.बि.सी नेपाली सेवाका प्रमुख समेत रहेका  प्रखर समाजसेबी रबीन्द्र मिश्र सँलग्न अन्तरराष्ट्रिय स्तरको Help Nepal Network र आफुहरुकै संस्था अन्तरराष्ट्रिय नेपाली समाज केन्द्रिय समिती मार्फत राहतका लागि नेपाल पठाइएको छ । खनालका अनुसार आजै उक्त राहत रकम वेल्स्फार्गो बैँक को वायर ट्रान्सफर सेवा मार्फत पठाइसकिएको छ ( प्रेसित प्रमाण तल सँलग्न छ ) भने केही रकम सँकललन गरी पठाइने क्रममा छ । अनेसास वाशिङटन डिसी मेट्रो च्याप्टर का उपाध्यक्ष एबम राहत कोस ब्यबस्थापन समितिका सँयोजक भुपनारायण घर्तिमगरले             

उक्त दश लाख रकम कार्यसमितिका साथी हरु, अन्य साथीहरुबाट सँकलन गरिएको र डोनेशन दिने सबैलाई हामी हृदय देखिनै धन्यवाद दिन्छौं भन्नुभयो । डोनेशन दिने महानुभाबहरुको नामावली रकम विवरण तल प्रस्तुत छ :

 


 
 





नोट :  यहाँ केही डोनेशन दाताहरुको नाम छुट हुन सक्छ, हामी सँकलन गर्दै  र छुट भएको भए थप गरी प्रकाशन गर्दै जाने छौं । यदी कुनै साथीहरु सँग डोनेशन उठेको भए नाम रकम विवरण सहित यथाशिघ्र पठाउन वा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी को Wells Fargo Bank  को एकाउन्ट नम्बर 2000025149274 मा जम्मा  गरिदिन सबैमा आग्रह गरिएको छ, सँकलन भएको पठाउन बाँकी र सँकलन हुने रकम सबै रकम पनि नेपाल पठाउँदै गरिने छ भन्दै अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो च्याप्टरका अध्यक्ष रामप्रसाद खनालले कार्य समितिका सबै, यसै गरी बाहिरबाट पनि सहयोग गर्ने सहयोगी हातहरु र यो सँयोजन गर्ने उपाध्यक्ष भुपनारायण घर्तिमगर लाई बिशेष, उपाध्यक्ष अरुण रुपाखेती, सचिब परशु तिमील्सिना, कोसाध्यक्ष पुस्कर पन्त,  सदस्य अनिल खनाल, सँरक्षक होमनाथ सुबेदी लगायत कार्य समिती भित्र र बाहिर रहनुभएका सबै साथीहरु प्रति साथ र सहयोगका लागि आभार प्रकट गर्दै  म सलाम गर्दछु भन्नुभएको छ । 


यस अघि डोनेशनका लागि अध्यक्ष खनालले यसरी आह्वान गर्नुभएको थियो ।      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक