20150509

भूकम्पबाट सात हजार ९१२ जनाको मृत्यु, घाइतेको सङ्ख्या १७ हजार ८७१, १० हजार ८०३ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति, सर्वसाधारणका दुई लाख ९७ हजार २६६ घर पूर्ण रुपमा क्षति भएका छन् भने दुई लाख ७७ हजार ५० घर आंशिक क्षति

वैशाख १२ गते गएको भूकम्पबाट सात हजार ९१२ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज बिहान ९ः५० बजे उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १७ हजार ८७१ पुगेको छ । यस अवधिमा १० हजार ८०३ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् भने १५ हजार ३४ घर तथा भवन आंशिक क्षति भएका छन् । सर्वसाधारणका दुई लाख ९७ हजार २६६ घर पूर्ण रुपमा क्षति भएका छन् भने दुई लाख ७७ हजार ५० घर आंशिक क्षति भएको जनाइएको छ । जनगणना २०६८ का अनुसार नेपालका ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये १०।९६ प्रतिशत घरमा क्षति भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक