

अमेरिकाको रमणीय पेन्सल्भेनियाको पिट्सबर्ग शहरमा भब्य साँस्कृतिक कार्यक्रम शुरु हुँदै
अन्तर्राष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल र मँचका सल्लाहकार एबम वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महतले गरे संयुक्त अपिल
for detail click this link
http://www.nepalmother.com/2015/08/blog-post_27.html
अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समितिका तर्फबाट अध्यक्ष वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनाल र मँचका सल्लाहकार एबम वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महतले एक संयुक्त अपिल प्रकाशन गर्दै नेपाली लोकगीत, दोहोरी गीत, हाँस्यब्यंग, नाचगान र संस्क्रितीको जगेर्ना र सँरक्षणका लागि वर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सलटेन्ट एलएलसीले अमेरिकाका बिभिन्न शहरमा आयोजना गर्न लागेको तिज दशै तिहार धमाका साँस्कृतिक कार्यक्रममा सक्रिय सहभागी भै सहयोग गर्न सम्पूर्ण नेपाली र भुटानी समुदायलाई अनुरोध गर्नुभएको छ । संस्क्रिती नै हाम्रो पहिचान हो भन्दै खनाल र महतले बिदेशमा रहँदा यसको झनै महत्व हुने बताउनुभएको छ । बुद्धी जी र वहाँको संस्थाले यस कार्यक्रमबाट उठेको रकम मध्ये बाट एक लाख डलर नेपालका भुकम्प पीडितहरुको उद्धारमा खर्च गर्ने जुन घोषणा गर्नुभएको छ त्यो अत्यन्त सर्हानिय छ, अन्तर्राष्ट्रिय कलाकार मँच केन्द्रिय समिति हृदय देखिनै यसको प्रशँशा गर्दछ, मँचको बिज्ञप्तीमा खनाल र महतले भन्नु भएकोछ । खनाल र महत द्वयले नेपाल बाट साँगीतिक कार्यक्रम का सन्दर्भमा अमेरिका आएका सबै कलाकार हरुलाई अमेरिकामा स्वागत पनि गर्नुभएको छ । यसै बिच आयोजकका तर्फबाट वर्ल्ड बिजनेस म्यानेजमेन्ट एण्ड कन्सलटेन्ट एलएलसीका अध्यक्ष बुद्धी रेग्मीले भन्नुभएको छ "यही अगस्ट २९ तारिख शनिबार अमेरिकाको रमणीय पेन्सल्भेनियाको पिट्सबर्ग शहरमा भब्य साँस्कृतिक कार्यक्रम शुरु हुँदैछ । भब्य साँस्कृतिक कार्यक्रम शुरुवात वरिष्ठ लोक तथा दोहोरी गायक द्वय प्रेमराजा महत र रामप्रसाद खनालका गीतहरुबाट हुने छ । यसै गरी नेपालबाट आएका अहिलेका चर्चित कलाकारहरु जितु नेपाल (मुंद्रे), बद्री पगेनी, पँगेनी, शिला आले, निरु खड्का ढकाल बर्दर्स लगायतका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती हरु प्रस्तुत हुनेछन । अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कार्कीले ऊद्घाटन गर्नु हुने ऊक्त कार्यक्रम भुटानी र नेपालीहरुको संयुक्त आयोजनामा हुनेछ, यस्तो एतिहासिक कार्यक्रममा सरिक हुन म सम्बन्धित सबैलाई आग्रह गर्दछु "
Venue: 590 Crane Ave, Pittsburg, PA 15216
29 August 2015, Saturday
1.00 pm to 6.00 pm
for Contact: Buddhi Regmi Cell 410-292-0516
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक