20150830

अमेरिकामा डिसी नेपाली समाजले नेपाल र रक्षा बन्धन लाई यसरी सम्झायो

* बधाई छ डिसी नेपाली समाज परिवारलाई नेपाल मदर डट कमको तर्फबाट आफ्नो सँस्क्रिती, धर्म र परम्परालाई थामेकोमा ।
* यसै गरी अमेरिकी राज्य टेक्सासको  ड्यालसमा  जनै-पुर्णे पर्व  भव्य रूपमा  सम्पन्न 
रक्षा बन्धनको दिन । अध्यक्ष अरुण रुपाखेतिको सेन्टरभिल स्थित निवास पुग्दा लाग्थ्यो नेपालनै पुगियो । पण्डित राजेन्द्र खनाल सहितका पण्डितहरु कोही पाठ पूजा गर्दै थिए त कोही आगन्तुक लाई जनै फेराउँदै र हातमा डोरो बानिदिँदै । डिसी नेपाली समाजका पदाधिकारी तथा सदस्यहरु कोही पाहुना लाई स्वागत, कोही प्रसाद बितरण त कोही त्यहाको
काम मा सक्रिय थिए । प्रसादी मात्र थिएन त्यहाँ । क्वान्टी पाकेको थियो । श्रीमती अध्यक्ष अजिता रातभर नसुतेर क्वान्टी पकाएकी रहेछन भने टिम मिलेर प्रसादी । महासचिब कमल पोखरेल हातमा आइ प्याड बोकेर खिच्दै सचित्र बयान गर्दै थिए भने उपाध्य्क्ष दधी ढुंगाना पाहुना स्वागत गर्दै । नेपाल को वास्तविक रुप थियो त्यहाँ को बातावरण । डोरो बान्ने र जनै फेर्नेहरु लाइनमा बसेर पालो पर्खन्दै गरेको द्रिस्य हेर्न लायक थियो नेपाल मदर बिहान ८ बजे त्यहाँ पुग्दा । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज वाशिङटन डिसी मेट्रोका उपाध्यक्ष भुप नारायण घर्ती मगर देखी सदस्य शुभद्रा पराजुली, अनिल खनाल लगायत थुप्रै नेपाली डोरो बान्दै थिए । बिहान देखी साँझ सम्म कारीब पन्ध्र सय नेपालीहरु शाहअभागेए भएको उक्त सफल कार्यक्रमका लागि डिसी नेपाली समाज परिवारलाई नेपाल मदर डट कम हार्दिक बधाई ज्ञापन गर्दछ ।
 








आदरणीय नेपाली समूदाय,
-----------------------------------
विगत पाँच वर्ष देखि डी सी नेपाली समाजले जनै पूर्णीमाको उपलक्ष्यमा जनै पूर्णीमा तथा रक्षाबन्धनको कार्यक्रम सञ्चालन गर्दै आएको ब्यहोरा डी सी वासी नेपाली समूदायलाई अवगतै छ । सदा झैं यस वर्ष पनि हामीले आयोजना गरेको कार्यक्रममा श्रद्धापूर्वक सहभागी हुनुभएकोमा हामी यहाँहरू सबैलाई कृतज्ञता अर्पण गर्द छौं ।
विवीध कारणले स्थानान्तर हुँदै जाँदा आफ्ना सँस्कार तथा परम्परालाई आफूसँगै लिएर जाने र असल सँस्कार तथा परम्परालाई सँरक्षण एवं सम्वर्द्धन गर्दै जाने मानव जातीको विश्वब्यापी प्रचलन नै हो।यिनै प्रचलन अन्तर्गत हामी पनि विवीध कारणले नेपाल देखि अमेरिका सम्म आएर बसोवास गरेका छौं ।हामी सँगै हाम्रा रितिरीवाज , सँस्कार अनि परम्परा पनि आएका छन्।हाम्रा वैभवशाली परम्परालाई सँरक्षण, सम्वर्द्धन तथा निरन्तरता दिने, हाम्रा दोश्रो पुस्तालाई सुशिक्षित गर्दै हस्तान्तरण गर्ने र अन्य रितिरीवाज तथा परम्परा बोकेका समूदायलाई परिचित गराउनु हामी सबैको साझा दायित्व हो।
यही दायित्वलाई आत्मसात् गर्दै नेपाली सँस्कार, सँस्कृति एवं रितिरीवाजलाई नेपाली समूदाय सँग हातेमालो गर्दै अगाडी बढाउन डी सी नेपाली समाज लागी परेको छ।साँस्कृतिक एवं सँस्कारगत कार्यक्रमको साथ साथै यस वर्ष देखि समूदायको सहयोगमा नेपाली भाषा कक्षा सञ्चालनमा ल्याएका छौं ।
धन्यवाद !
प्रार्थी,
अरूण रूपाखेती
अध्यक्ष
डी सी नेपाली समाज

***********************************
यसै गरी अमेरिकी राज्य टेक्सासको  ड्यालसमा  जनै-पुर्णे पर्व  भव्य  रूपमा  सम्पन्न
विकास राज न्यौपाने , आइतबार, अगस्ट ३०  - अमेरिकी राज्य टेक्सासको  ड्यालसमा  जनै-पुर्णे पर्व  भव्य  रूपमा  सम्पन्न  भएको  छ I  हजारको  हाराहारीमा  नेपालीहरू  इर्विंग  स्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र,  नेपाली मन्दिरमा  जम्मा भै  आस्था एवं  उल्लासका साथ  यो  पर्व मनाएको  कुरा  मन्दिरका  गुरु डा. शेखेर पण्डितले   बताए I  पण्डितका  अनुसार  पोहोरको  तुलनामा  यसपालि  जनै  फेर्ने  र  डोरो  बाँध्नेको  घुइचो  नै  थियो I
नेपालीहरूको बाक्लो बसाई रहेको ड्यालस/ फोर्टवोर्थको उक्त नेपाली मन्दिरमा    हिजो   बिहानैदेखि  नेपालीहरू भेला भई जनै फेर्ने, डोरो बाँध्ने कार्य भई रहेको  थियो l भक्तजनहरु आफ्नो समय अनुकूल मिलाएर मन्दिरमा आई जनै, डोरो लगाउने काम सजिलोसँग सम्पन्न हुनसकोस भनेर मन्दिरका पण्डित  डा. शेखर पण्डित लगाएत थप दुई पण्डितहरु (अच्युत लम्साल र कृष्ण भट्टराई)  बिहान ७   बजेदेखि साझ ८  बजेसम्म मन्दिरमा रहने व्यवस्था मिलाइएको पूजा समितिका संयोजक रमेश पोखेरेलले लाई  बताए l
हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा नयाँ यज्ञोपवित धारण तथा रक्षा-बन्धन गरी धुमधामका साथ मनाइन्छ । अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, सो दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौ, तिल, कुशद्वारा ऋषि-तर्पण गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनै पूर्णिमा  भन्ने गरिएको हो ।
रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो ।सूत्र कुनैपनि वस्तुलाई अविच्छिन्न गर्ने माध्यम हो । रक्षाबन्धनको सही अर्थ आफू आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ।

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो

टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
टेक्सासको नेपाली मन्दिरमा जनै फेर्नेको घुईचो
- See more at: http://brtnepal.com/news.php?pid=9655#sthash.YVVimvze.dpuf

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक