20150913

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सब भब्य रुपमा सम्पन्न, अमेरिकामा नेपालको झल्को !


अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजना, रातै रातै भएर सारी ब्लाउज, पोते, तिलहरी र श्रीँगार सहित आएका अमेरिकाबासी दिदी बहिनी आमा र भाउजुहरु, मग मग बसाउँदै थियो दिदी बहिनीले छरेको अत्तर, भर्जिनियाको मनासस शहरमा रहेको Splashdown Water Park, दाजुभाइ पनि के कम कम्मर मर्काउँदै, दिदी बहिनीसँग जोडको तोड गर्दै तिजका गीतमा नाच्न मस्त देखिन्थे ।
अमेरिकामा हाल सम्म भएका तिज कार्यक्रम मध्येकै भब्य र रमाइलो भन्दै मज्जा लिँदै थिए दर्शक । करिब ५ घण्टा लगातार नाचेर तिज महोत्सब मनाए नेपाली चेलीबेटी र दाजुभाइ सम्म सबैले । कोही हतार हतार नाच्दै म त काममा जानुछ भन्दै निस्किँदै थिए त कोही म त भर्खर काम सकेर आएको ढिला भएँ माफ पाउँ है भन्दै दर खाँदै र नाच्दै थिए । आउने जाने क्रम चलिरह्यो साँझ सम्म । पटलक गरी ल्याइएका बिभिन्न परिकारका मज्जा बेग्लै थिए । उद्घोसक उपाध्यक्ष भूपनारायण घर्ति मगर, सचिब परशु तिमल्सिनाहरु दर खान सबैलाई आमन्त्रित गर्दै र पाहुनाको सत्कार मा खट्दै हुनुहुन्थ्यो  भने पुस्पा घिमिरे, शुभद्रा पराजुली, मन कुमारी थापा, बिमला निरौला, राम अधिकारी, लगायतका आयोजक सदस्यहरु र थुप्रै अरु सहयोगी हातहरुलाई तिजको दर ब्यबस्थापन,
नाचगानको ब्यबस्थापनमा फुर्सद थिएन ।

अमेरिकन भएर पनि नेपाली महिला पोशाकमा सजिएर आएकी तीज महोत्सबकी प्रमुख अतिथी समाजसेबी डा. जुडी फ्रेडिक्सनले आफुलाइ तिज कार्यक्रम अत्यन्त मन पर्ने भन्दै आफु यहाँ तिज महोत्सब मनाउन आएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसीका अध्यक्ष बरिस्थ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रो दुबैले संयुक्त रुपमा आयोजना गरेको यो कार्यक्रम महत्वपूर्ण हुने बताउँदै सबै टिम मेम्बर, उपस्थित दर्शक तथा सहयोगी सबैलाई धन्यवाद र आभार प्रकट गर्नुभयो ।

प्रमुख अतिथी डा. जूडी र दुबै संस्थाका अध्यक्ष रहनुभएका आयोजक खनालले संयुक्त तिजको गीतमा नाचेर तिज महोत्सब उद्घाटन गर्नुभएको थियो भने निर्णयकहरु र अन्य सहभागीले वहाँहरुलाई साथ दिनुभएको थियो  । 

तिजको महत्वका बिषयमा समाजसेबी चेतन सिटौला, उपाध्यक्ष भुपनारायण घर्ति मगरले प्रकाश पार्नुभएको थियो भने आगन्तुकलाई स्वागत बिमला निरौलाले गर्नुभएको थियो । चलचित्र नायिका,प्रसिद्ध कोरियोग्राफर अनुपमा प्रसाईं, चलचित्र क्षेत्रका नायक नायिकाहरुका गुरु कोरियोग्राफर नबिन केसी, नाच क्षेत्रकी लोकप्रिय कलाकार लुना श्रेष्ठलाई वहाँहरुले आ आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानका लागि अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसीका अध्यक्ष रामप्रसाद खनालले तिनै जनालाई दुबै संस्थाका तर्फबाट सम्मान पत्र प्रदान गर्नुभएको थियो भने वहाँहरु तिनै जनाले निर्णायकका रुपमा तीज महोत्सबका प्रथम द्वितिय र त्रितिय क्रमश: सिमा रेग्मी, दुर्गा अधिकारी केसी, कृतिसा कुँवरको छनौट गरी पुरस्कारका लागि घोषणा गर्नुभए पछी अध्यक्ष खनालले वहाँहरुलाई पुरस्कार स्वरुप पदक प्रदान गर्नुभएको थियो । महिला हरुमा नेपाली पोशाक तर्फ अत्तर छेत्री, पुरुष तर्फ चेतन सिटौला, कार्यक्रममा सबैभन्दा बढी सक्रिय भै योगदान दिनुहुने भुपनारायण घर्ति मगर लाई आयोजक संस्थाका तर्फबाट सम्मान स्वरुप पदक प्रदान गर्नुभएको थियो । कार्यक्रमका केही तस्बीर र भिडियोहरु आफै यसरी समाचार बोल्छन ।

तिज महोत्सब भब्य रुपमा सम्पन्न

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सब भब्य रुपमा सम्पन्न, अमेरिकामा नेपालको झल्को !for more detail click http://www.nepalmother.com/2015/09/blog-post_13.html#more

Posted by Ram Prasad Khanal on Sunday, September 13, 2015
अमेरिकामा नेपालको झल्को !

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिंटन डिसी मेट्रोको संयुक्त आयोजनामा तिज महोत्सब भब्य रुपमा सम्पन्न, अमेरिकामा नेपालको झल्को !for more detail click http://www.nepalmother.com/2015/09/blog-post_13.html#more

Posted by Ram Prasad Khanal on Monday, September 14, 2015


Teej Mahotsab America 2015 organized by International Artists Forum and INLS Washinon DC
Posted by Ram Prasad Khanal on Sunday, September 13, 2015














































































































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक