20150909

यस्ता छन हाम्रो नेपालका नयाँ समाचार शिर्शक !

    - झडपका क्रममा १० जना सुरक्षाकर्मीको मृत्यु

- जलेश्वरमा प्रहरीको गोली लागेर तीनको मृत्यु, कर्फ्यू आदेश जारी

- संविधान जारी हुनुअघि मारिनेको संख्या ३० पुगेको छ।

- तराई मधेसमा जारी आन्दोलनमा सरकारले दमन गरेर मानव अधिकार उल्लंघन गरेको भन्दै संघीय समाजवादी फोरम नेपालले संयुक्त राष्ट्र संघलाई गुहारेको छ । 

- राप्रपा नेपालका सभासद संविधान निर्माणको प्रक्रियाबाट अलग भएसँगै संविधानसभाबाट अलग हुने सभासद् संख्या ८३ पुगेको छ। स्वतन्त्र सहित ११ दलले संविधानसभाको प्रक्रिया छाडिसकेका छन्।

-  संविधानसभा छाड्ने दललाई ओलीको व्यङ्ग्य – एक दुई आँप झरेका हुन् 

कसरी लेख्नु, कसरी पढ्नु, कसरी चित्त बुझाउनु !!! न जनतामा ज्ञान छ न त नेता हरु सँग इमान्दारिता ! सब बेइमानहरु नेपाल आमाको चिर हरण मा ब्यस्त छन । देशमा जातियता, क्षेत्रियता, धार्मिक, बिखन्डनको आगो दिन प्रति दिन बढ्दो छ । के यस्तै नयाँ नेपाल बनाउन २०६२ / २०६३ को आन्दोलन गरेका थियौ नेता र तिनका मतियारहरु हो ?? भनेर प्रश्न गर्नुस् प्रतिगामी भैहालिन्छ ! कठै हाम्रो नेपाल, हामी निरिह नेपाली जनता !!!         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक