20151025

नुन पनि भारतको, सुन पनि भारतको !!!

नुन पनि भारतको
सुन पनि भारतको
सियो पनि भारतको
लोडसेडिङमा बाल्ने दियो पनि भारतको
सबैको "मियो" पनि भारतको
भात पनि भारतको
हरेक कुरामा "जात" पनि भारतको
त्यती मात्र कहाँ हो र !
राजनीति पनि भारतको
नेता पनि भारतको
आदेश पनि भारतको
जे पनि "हुन्छ" भारतको
राष्ट्रपती बन्न आशिर्बाद भारतको
प्रधानमन्त्री बन्न आशिर्बाद भारतको
मन्त्री सचिब सबै बन्न भारतको
काङ्रेस मेड इन ईन्डिया
कम्युनिस्ट मेड इन इन्डिया
रा.प्र.पा मेड इन इन्डिया
थाप्रपा मेड इन इन्डिया
महन्त गच्छेदार उपेन्द्र राजेन्द्र
प्रचन्ड बाबुराम र अरु हरु पनि
प्राय सबै मेड इन इन्डिया
नाकाबन्दी मेड इन इन्डिया
खुल्यो भनेर नखुल्ने "भाकाबन्दी" पनि इन्डिया
लडाउने भँडाउने सब इन्डिया
बाबुरामहरुका छोरीहरु
सित्तैमा पढाउने इन्डिया
माओवादी आतंक मेड इन इन्डिया
१२ बुँदे सहमति मेड इन इन्डिया
मिलाए जस्तो गर्ने इन्डिया
भिडाए जस्तो गर्ने इन्डिया
सबै सबै गर्ने गराउने इन्डिया
नेपाली उछालेर मराउने इन्डिया
इन्डिया इन्डिया नै रहेछ
म बल्ल बुझ्दै छु !
वाह इन्डिया !
छ्या इन्डिया !
दे इन्डिया !
ले इन्डिया !
जो करो आपकी मर्जी !
किनकी हामी निरिह छौं
हामी जस्ता निरीह
जनता मात्र मेड इन नेपाल
गर अझ कती सक्छौ नाकाबन्दी गर
लिन बाँकी केही भए "भाकाबन्दी" गर
जिसका लाठी उसका भैंस
तिम्रो लीला हेर्दै, जाने भयो हाम्रो बैँस !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका
October 04, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक