20151102

अध्यागमन विभागले राजनीति गरेको आरोपमा एक नेपालीलाई पक्राउ गरी नेपाल फिर्ता पठाइदियो !

 अमेरिकामा पनि अमेरिकी नियम कानुन अनुसार अमेरिका भन्दा बाहिरका कुनै पनि देश को कुनै पनि राजनीतिक दल को निकट वा भगिनी  संगठन खोल्न प्रतिबन्ध छ तर यहाँ पनि एमालेको प्रबासी नेपाली मँच, नेपाली काङ्रेसको जन संपर्क समिती र त्यसै गरी एमाओबादी, रा.प्र.पा, रा.प्र.पा नेपाल र मधेशबादी दलका पनि बिभिन्न नाम मा खुल्ला र गोप्य रुपमा, प्रत्यक्ष अप्रत्यक्ष रुपमा संगठन खोलेर राजनीति गरिंदै आएको छ । कुनै पनि बेला यि कुनै पनि संस्थाको आबरणमा खोलिएका संगठन सँग सम्बद्ध कोही पनि समातिन, जेल जान, कार्बाही मा पर्न मात्र होइन डिपोट हुन समेत सक्ने अवस्था छ । अझ त्यस माथि अमेरिकामा कुनै पनि कम्युनिस्ट पार्टीलाई आतंकबादी मात्र ठानिदैन पुरै प्रतिबन्ध छ । एक पटक कुनै पनि कम्युनिस्ट घटकमा काम गरेका वा सम्बद्ध भएको मात्र भए पनि यहाँ को लिगल स्ताटास लिन, ग्रीन कार्ड लिन अयोग्य ठानिन्छ । तर यहाँका  "राजनीतिक" नेपाली हरु यि कुराको मतलब गर्दैनन । हाल सम्म कही कतै बाट उजुरी नपरेर मात्र हो पर्‍यो भने यहाँ पनि  उनिहरु समातिने कार्वाहीमा पर्ने पक्का छ ।    
***********            

दुई वर्षअघि एमालेको भगिनी संगठन एनडीएफका विक्रम राई र नरेन्द्र चेम्जोङलाई पनि नेपाल फर्काइएको थियो ।
नेपालीहरु जहाँ जान्छन उही नेपाली गन्धा राजनिती गर्छन्, कुन देशको के कानुन छ, म अर्काको देशमा बस्छु, नेपालमा जस्तो जे मन लाग्यो त्यो गर्न यहाँ पाइँदैन होला, मैले आफु बस्ने देश को नियम कानुन पालना गर्नुपर्छ भन्ने कुरा हेक्का नराख्दा नेपालीहरु पक्राउ पर्ने, जेल जाने, ठुलो धन राशी जरिवाना तिर्ने मात्र होइन नेपाल डिपोट
हुनुपरेका घटना सार्वजनिक हुन थालेका छन ।
अन्नपूर्ण पोस्टका अनुसार  यसै क्रममा दक्षिण कोरियाको अध्यागमन विभागले राजनीति गरेको आरोपमा एक नेपालीलाई पक्राउ गरी फिर्ता पठाइदिएको छ । एमाओवादीको भगिनी संगठन जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सागरराज न्यौपानेलाई शुक्रबार नेपाल पठाएको हो । न्यौपानेसँगै उनकी पत्नीलाई पनि अध्यागमनले पक्राउ गरेको थियो । चार वर्ष दस महिनाको कार्यावधि सकेर न्यौपाने डिपेन्सी भिसाअन्तर्गत कोरियामा थिए भने उनकी पत्नी दुर्गा न्यौपाने विद्यार्थी भिसामा अध्ययनरत थिइन् । अक्टोबर १५ मा न्यौपाने दम्पतीको कोठामा अध्यागमन कर्मचारीले खानतलासी गरेका थिए ।
 न्यौपाने दम्पतीलाई अक्टोबर २२ मा पक्राउ गरी हिरासतमा राखिएको थियो । एक साता हिरासतमा राखेपछि शुक्रबार कम्युनिस्ट गतिविधिमा रहेको आरोप लगाएर नेपाल फिर्ता गरिएको छ ।
उनीहरूसँगै पक्राउ परेका अन्य दुईजनालाई भने अध्यागमनले १२ लाख वन धरौटी लिएर कम्पनीको जिम्मा लगाई काममै फिर्ता गरेको छ । अध्यागमनले दुर्गालाई धरौटीबापत रकम लिएर छाड्ने स्वीकृति दिए पनि उनी नेपाल फिर्ता भएकी छन् ।
शुक्रबार नेपाल फर्कने क्रममा थाइल्यान्डबाट न्यौपानेले भने, ‘राजनीति गरेको सुराकी लगाइएको कारण कानुनी उपचार सहज भएन ।’ न्यौपानेले वकिल र कम्पनी मालिकमार्फत पुनः काममा फर्कन प्रयास गरेका थिए । 
अध्यागमनका कर्मचारीले न्यौपाने पक्षका वकिललाई कम्युनिस्ट गतिविधिमा रहेको कारण कोरिया रहन नसक्ने स्पष्ट पारेका थिए । कानुनी प्रक्रिया लामो र खर्चिलो हुनुका साथै गम्भीर उजुरी लागेका कारण कानुनी लडाइँका लागि असमर्थ रहेको न्यौपानेले बताए ।
राजनीति गरेको उजुरी परेका कारण दूतावासको प्रयासलाई अध्यागमनले सुनुवाइ नगरेको कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले जानकारी दिए । भिसा अवधि रहेकोलाई राजनीति गरेको कारण फिर्ता गरिएको यो पहिलो घटना हो । अवैधानिक ढंगले बसेका जनअधिकार मञ्चका विष्णु क्षेत्री र दुई वर्षअघि एमालेको भगिनी संगठन एनडीएफका विक्रम राई र नरेन्द्र चेम्जोङलाई पनि नेपाल फर्काइएको थियो ।

यता अमेरिकामा पनि अमेरिकी नियम कानुन अनुसार अमेरिका भन्दा बाहिरका कुनै पनि देश को कुनै पनि राजनीतिक दल को निकट वा भगिनी  संगठन खोल्न प्रतिबन्ध छ तर यहाँ पनि एमालेको प्रबासी नेपाली मँच, नेपाली काङ्रेसको जन संपर्क समिती र त्यसै गरी एमाओबादी, रा.प्र.पा, रा.प्र.पा नेपाल र मधेशबादी दलका पनि बिभिन्न नाम मा खुल्ला र गोप्य रुपमा, प्रत्यक्ष अप्रत्यक्ष रुपमा संगठन खोलेर राजनीति गरिंदै आएको छ । कुनै पनि बेला यि कुनै पनि संस्थाको आबरणमा खोलिएका संगठन सँग सम्बद्ध कोही पनि समातिन, जेल जान, कार्बाही मा पर्न मात्र होइन डिपोट हुन समेत सक्ने अवस्था छ । अझ त्यस माथि अमेरिकामा कुनै पनि कम्युनिस्ट पार्टीलाई आतंकबादी मात्र ठानिदैन पुरै प्रतिबन्ध छ । एक पटक कुनै पनि कम्युनिस्ट घटकमा काम गरेका वा सम्बद्ध भएको मात्र भए पनि यहाँ को लिगल स्ताटास लिन, ग्रीन कार्ड लिन अयोग्य ठानिन्छ । तर यहाँका  "राजनीतिक" नेपाली हरु यि कुराको मतलब गर्दैनन । हाल सम्म कही कतै बाट उजुरी नपरेर मात्र हो पर्‍यो भने यहाँ पनि  उनिहरु समातिने कार्वाहीमा पर्ने पक्का छ ।               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक