20160101

बाबु छोरीको दोहोरी गीत कोशेली तपाईंहरुका लागि !

हाम्रो समाजका धेरै जसो मान्छेहरु हर कुरामा अरुको खुट्टा तान्ने, इर्श्या डाह गर्ने, राम्रो गरेको देख्नै नसहने, उडाउने, लडाउने, भिडाउने, फुटाउने काम गर्छन् र त्यसैमा आफुहरु खुब रमाउँछन् । यसलाई मैले एउटा दोहोरी गीतमा उतारेको छु । मेरो यो दोहोरी गीतको भ्यूजुअलमा मलाई मेरी छोरी सुस्माले साथ दिएकी छन । अङ्रेजी नयाँ बर्ष २०१६ को उपलक्ष्यमा शुभकामना सहित हामी बाबु छोरीको दोहोरी गीति कोशेली तपाईंका लागि यहाँ प्रस्तुत छ । कृपया शुरु देखी अन्त्य सम्म गीतका शब्द शब्दमा ध्यान दिएर सुनिदिनुहुन हामी बाबु छोरी सबैलाई बिनम्र अनुरोध गर्दछौँ । छोरो क्यामरामेन, भिडियो एडिटर ! यो घरमै छायाँकन गरिएको रफ भिडियो भएकोले कमीकमजोरी कती छन कती ! प्रोफेशनल भिडियो बनाउने, गीत गाउने, दोहोरी गीत गाउने काम उही नेपाल टिभी मा छँदै गरियो, अमेरिकामा चाहेर पनि समयभाब र बिबिध कारणले गर्न गार्हो छ ! तपाईंको सुझाब प्रतिकृया को अपेक्षा सहित ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक