20160123

हेम–सरिता फाउण्डेशनद्वारा काठमाडौंको शंकरापुर नगरपालिकाको घुमारका भुकम्प पिडित परिवारका लागि नगद आर्थिक सहयोग प्रदान

हेम–सरिता पाठक  फाउण्डेशनले काठमाडौंको शंकरापुर नगरपालिकाको घुमारका भुकम्प पिडित परिवारका लागि नगद आर्थिक सहयोग प्रदान गरेको छ । भुकम्पमा परी घरवार क्षति भएका तथा चरम गरीबीको अवस्थामा रहेका व्यक्तिहरुलाई आय आर्जन गर्ने प्रतिवद्धता र प्रस्तावका आधारमा २० हजारदेखि एक लाख सम्म नगद
आर्थिक सहयोग प्रदान गरिएको हो ।

एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार आयोजित एक समारोहका वीच उनीहरुलाई आय आर्जन आर्थिक सहयोग रकम हस्तान्तरण गरे । हेम–सरिता पाठक फाउण्डेशनले करिव २० लाख रुपियाँं आर्थिक सहयोग वितरण गर्ने घोषणा गरेको छ । स्थानीय समुदायको सिफारिसमा यो रकम प्रदान गरिएको हो ।

त्यसैगरी फाउण्डेशनले घुमारस्थित उग्रतार माध्यमिक विद्यालयको भुकम्पबाट क्षति भएको एउटा भवन पुनर्निमाण गरेको छ । करिव ६ लाखको लागतमा पुनर्निर्माण गरिएको सो भवन सोही सुमारोहमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न विगत पाँंच वर्षदेखि हेम–सरिता पाठक फाउण्डेशनले ठूलो लगानी गरेको छ । फाउण्डेशनका तर्फबाट भवन निर्माण,छात्रवृत्ति र थप शिक्षकको व्यवस्थाका लागि गरी ९४ लाख खर्च गरिसकेको छ ।

पाठक फाउण्डेशन,युएस नेपाल वेलफेयर सासाइटी र अमेरिकाकै गामा नामका संस्थाको संयुक्त सहभागितामा सोही क्षेत्रका भुकम्प पिडितका लागि १० वटा निजी आवास बनाउन सुरु गरिएको छ । निर्माण सम्पन्न भइसकेको एउटा घर शनिबार नै प्रमुख अतिथी पूर्व प्रधानमन्त्री नेपालले हस्तान्तरण गरे । सो घर भुकम्पबाट घरवारबिहीन भएकी एकल महिलालाई हस्तान्तरण गरियो ।
कार्यक्रमलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले भुकम्प पिडितका लागि नगद सहयोग र निजी घर निर्माण गरेर फाउण्डेशनले उदाहरणीय काम गरेको बताए । यस्ता कामले सबैलाई हौसला र प्रेरणा मिल्ने पनि नेता नेपालले बताए ।









 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक