20160305

सकियो कांग्रेसको बन्दसत्र, आइतबार निर्वाचन, भोलि कोको भिड्दैछन्? फाइनल भयो अन्तिम सूची !


  • रमेश वाग्ले/पहिलोपोस्ट
  • काठमाडौ : कांग्रेसको १३औं महाधिवेशनका निर्वाचनबाहेक सबै कार्यक्रम सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको बन्दसत्र अन्तर्गत आज दुई सत्रमा नीति तथा कार्यक्रम सम्बन्धी प्रस्ताव, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको हो। अब नेतृत्वका लागि चुनावी कार्यक्रम मात्र बाँकी छ। 'अग्रजहरुप्रति सम्मान, संविधान निर्माण गरेकोमा गर्व र भोलिका दिनमा समृद्धि तर्फको यात्रा तय गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली कांग्रेसको महाधिवेशनको नीतिगत कार्यक्रम सकिएको छ' महाधिवेशन प्रचार समितिका संयोजक डा मिनेन्द्र रिजालले भने, ' संविधानसभाबाट संविधान जारी गर्न २००६ सालमा वीपी कोइरालाले गरेको उद्घोष पूरा भएको यो वर्षमा हामीलाई गर्व बोध भएको छ।' उनले महाधिवेशन उद्घाटनका क्रममा पनि अरु दलका नेताहरुले त्यो स्मरण गरेको बताए।
    उनले महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित गरेको भन्दै अब त्यही नीति तथा कार्यक्रम लिएर जनतामा जाने बताए। 'जनताबाट प्रतिनिधि प्रजातान्त्रिक अभ्यासबाट प्रतिनिधि आएर नीति तथा
    कार्यक्रममा सुझाव राख्नुएको छ' उनले भने, 'उहाँहरुले भूमिका निर्वाह गर्नुभएको छ अब हामीले उहाँहरुप्रतिको दायित्व लिनुपर्छ।'

    जम्मा ४२ सभापति र केही जनसम्पर्क समितिका प्रतिनिधि बोलेर सकियो नीति कार्यक्रमको बहस

    रिजालले प्रतिनिधिमूलक रुपमा ४२ सभापति र केही जनसम्पर्क समितिका प्रतिनिधिहरुले बोलेर नीति तथा कार्यक्रम, महामन्त्रीको प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको बताए। 'प्रतिनिधिमूलक रुपमा ४२ सभापति र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिहरुले छलफलमा भाग लिनुभयो' रिजालले भने, 'त्यही सुझावका आधारमा परिमार्जन सहित नीति तथा कार्यक्रम पारित भयो।'

    बन्दसत्र चलिरहेकै बैला भयो कांग्रेसको पत्रकार सम्मेलन

    महाधिवेशन प्रचार समितिका संयोजक डा मिनेन्द्र रिजालले अन्तिम पत्रकार सम्मेलन गरेर महाधिवेशनमा निर्वाचन बाहेकका कार्यक्रम सम्पन्न भएको उद्घोष गरे। तर त्यतिबेला पनि बन्दसत्र चलिरहेको थियो। प्रतिनिधिहरुले सुझाव राखिरहेका थिए, सभापति र महामन्त्रीले जवाफ दिन बाँकी नै थियो।

    ३१७५ प्रतिनिधिलाई ४२ जना जिल्ला सभापतिले प्रतिनिधित्व गरे

    महाधिवेशनमा ३१७५ प्रतिनिधि सहभागी थिए तर तिनलाई प्रतिनिधित्व गर्दै ४२ जना जिल्ला सभापतिहरुले मात्र आफ्नो सुझाव राख्न पाए। बाँकी प्रतिनिधिहरु महाधिवेशनको बन्दसत्रमा तिनै प्रतिनिधिमूलक रुपमा बोल्ने सभापतिहरुका र प्रतिवेदन प्रस्तुतकर्ता तथा प्रश्नको जवाफकर्ताका श्रोता भए।

    नेपाली कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी तथा सदस्यहरुको अन्तिम नामावली प्रकाशित भएको छ। ६३ जना उम्मेदवारले मनोनयन फिर्ता लिएपछि बाँकी रहेका प्रतिस्पर्धीबीच भोलि निर्वाचन हुँदैछ। हेर्नुस् उम्मेदवारको अन्तिम सूची ; click this link



     

    No comments:

    Post a Comment

    बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक