20160403

राप्रपा नेपालको कोटाबाट उप–सभामुख बनेका गंगा यादव र उपाध्यक्ष राजीव पराजुलीबीच हात हालाहाल !


* सिद्वान्त भुल्ने कमल थापालाई सिद्वान्त सम्झाउँदा उल्टै निलम्बन  गरियो - केन्द्रीय सदस्य विष्णु भट्टराई
* एकीकृत राप्रपा नेपाल बनाउनुपर्ने बताउँदै आएको तर नेतृत्वले त्यसलाई स्वीकार गर्नुको साटो उल्टै कारबाही  गरियो - केन्द्रीय सदस्य दमन बस्नेत 
राप्रपा नेपालको वीरगन्ज बैठकले सह–अध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षको लागि निलम्बनको घोषणा गरेसँगै सो पार्टीभित्र तीब्र असन्तुष्टि छाएको छ । एक पक्षले फरक मत राखेको आधारमै बैठकले एकलौटी ढंगले विष्टलाई कारबाही गरिएको भन्दै नेतृत्वको कडा आलोचना गरेको छ । यसैबीच विष्ट कारबाही प्रकरणलाई लिएर राप्रपा नेपालको कोटाबाट उप–सभामुख बनेका गंगा यादव र उपाध्यक्ष राजीव पराजुलीबीच भएको विवाद हात हालाहालको अबस्थामा पुगेको छ  । सुरुमा सामान्य विवाद भएपनि पछि  ‘तुँ–तुँ, मे–मे’ को शैलीमा भनाभन भयो । होटलको एउटा लविमा शुरु भएको विवाद यो तहमा पुग्यो कि स्थिति नियन्त्रण बाहिर गयो । वीरगन्जस्थित सुरज होटलमा यादव र पराजुलीबीच भएको विवाद हातहालाहाल  पुग्दा  नजिक रहेका अन्य नेता हेरेको हेर्यै भए । होटल सुरज नेता पराजुलीकै आफ्नै हो । केही समयपछि अरुले हस्तक्षेप गरेर यादव र पराजुलीलाई अलव अलव कोठमा पुर्राएका थिए  ।स्रोतका अनुसार शुक्रबार होटलमा यादवले नेतृत्वले विष्टलाई फरक मत राखेकै आधारमा कारबाही गरेको भन्दै विरोध गरेका थिए । तर, नजिकै रहेका पराजुली ‘तिमी पनि विष्टको मान्छे
रहेछौं’ भन्दै यादव विरुद्व खनिएका थिए ।
यसरी पराजुली गंगाविरुद्व खनिएसँगै दुई पक्षबीच चर्को विवाद भएको थियो । विवाद उत्कर्षमा पुगेसँगै यादव र पराजुलीबीच हात हालाहाल भएको थियो ।
यसैबीच उपसभामुख गंगा यादवले आफू र पराजुलीबीच सामान्य विवाद भएको स्वीकार गरे । यद्यपी विष्ट प्रकरणमा नभएर व्यक्तिगत कुरामा विवाद भएको उनको दाबी थियो । ‘केशरबहादुरजीलाई कारबाही गरिएको मलाई थाहा छैन । अहिले उपसभामुख भएकाले म पार्टीको गतिविधिबाट टाढा छु’, यादवले रातोपाटीसँग भने, ‘पराजुलीसँग होटलमा व्यक्तिगत कुरामा सामान्य विवाद भएको हो, बाहिर गलत हल्ला चलाइयो होला ।’
सिद्वान्त सम्झाउँदा कारबाही भयोः भट्टराई
विष्टलाई निलम्बनको घोषणा गरिएसँगै केन्द्रीय सदस्य विष्णु भट्टराईले सिद्वान्त भुल्ने कमल थापालाई सिद्वान्त सम्झाउँदा उल्टै निलम्बन गरिएको बताए । केहि महिना पहिले मात्रै आफूले सिद्वान्तको कुरा उठाउँदा एकलौटी ढंगले पार्टी प्रवक्ताबाट हटाउने काम गरिएको स्मरण गर्दै भट्टराईले आफूहरु हिन्दु राष्ट्र, राजसंस्थालगायतको एजेण्डामा अडिग रहेको बताए ।
उनले केहि सीमित व्यक्तिहरु वीरगन्जमा भेला भएर विष्टलाई निलम्बनको घोषणा गरिनु आफैंमा आश्चर्यजनक रहेको टिप्पणी समेत गरे ।
उनले शनिबार एक विज्ञप्तीमार्फत भनेका छन्, ‘पार्टीको केन्द्रीय कार्य समितिको वैठको नामदिइएको पार्टीका अधिक्तम केन्द्रीय समितिका सदस्य अनुपस्थीत रहेको सो वैठकले पार्टीका केन्द्रीय सह अध्यक्ष केशरवहादुर विष्टद्धारा वृहत पार्टी एकता, पार्टीको आर्दश सर्व धर्म समभावहिन्दु राष्ट्र नेपाल, संवैधानिक राजसंस्था, स्थानिय स्वायत्तशाशन सहितको एकात्मक राज्यव्यवस्थाको शैद्धान्तिक आर्दशको धरातलमा अवस्थीत राप्रपा नेपालको सिद्धान्तको प्रतिकुल मान्यता राख्ने गणतन्त्र संघियताधर्म निरपेक्षताको संविधानलाई संसारको उत्कृष्ट संविधान भन्ने राप्रपा नेपालका व्यक्तित्वहरुको कयनले यस पार्टीले अवलम्वन गरेको शैद्धान्तिक आर्दश, मुल्य र मान्यता निकृट हो भन्ने गरी भएको कार्य र व्यवहारले पार्टीमा सैद्धान्तीक अन्यौल र विचलन पैदा भएको छ ।’
उनले पार्टीको गलत हर्कतलाई सच्याउँदै अघि बढ्नुपर्नेमा तानाशाही लाद्ने काम भएको समेत आरोप लगाए ।
उनले विष्टलाई गरिएको कारबाही तुरुन्त फिर्ता लिइनुपर्नेमा जोड दिँदै यो बहुसंख्य सदस्यहरुको भावना भएको पनि उल्लेख गरेका छन् ।
बैठकमा खबरसमेत गरिएनः बस्नेत
यसैबीच राप्रपा नेपालका केन्द्रीय सदस्य दमन बस्नेतले आफूहरुलाई वीरगन्ज बैठकमा खबर समेत नगरिएको बताए । उनले विष्टले एकीकृत राप्रपा नेपाल बनाउनुपर्ने बताउँदै आएको तर नेतृत्वले त्यसलाई स्वीकार गर्नुको साटो उल्टै कारबाही गर्ने काम गरेको बताए ।
असन्तुष्टहरुले अब राप्रपा नेपाल राष्ट्रवादी पार्टी हुन नसक्ने समेत टिप्पणी गरेका छन् । ‘राप्रपा नेपाल अब राष्ट्रवादी पार्टी रहेन, भ्रष्टाचारीको पार्टीमात्रै हुने भयो’ एक असन्तुष्ट नेताले भने, ‘गणेश थापाहरु सभासद् हुने पनि विष्टजस्ता इमान्दार नेताहरु बाहिर हुने ?’
निलम्बनमा परेका विष्टलाई अहिले विष्णु भट्टराई, दमन बस्नेत, पदम ठकुराठी, श्याम केसी, ऋषिबाबु परियारलगायतका दर्जन बढी केन्द्रीय सदस्य सहित विभिन्न जिल्लाका अध्यक्षहरुले समर्थन गरेको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक