20160414

नेपाल पछी जापानमा गयो अर्को शक्तिशाली भुकम्प, धनजनको ठुलो क्षति, पूर्ण विवरण आउन अझै बाँकी !


जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक दर्जन भन्दा बढीको  ज्यान गएको छ । क्युशु आइल्याण्डको कुमामोटो शहरको पूर्वी तट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प
जाँदा धेरै भवन भत्किएका र भग्नावशेषमा मानिस पुरिएको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् । भूकम्पका कारण १६ हजार घरमा बिजुली र ३८ हजार भन्दा बढी घरमा ग्यासको आपूर्ति बन्द भएको छ । सरकारी अधिकारीले भूकम्पपछि सुनामीको चेतावनी भने दिएको छैन । भूकम्प गएको ४० मिनेटपछि ५ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । केही भागमा ९ रेक्टर स्केलको जतिकै असर परेको जापानी अधिकारीले बताएका छन् । भूकम्पमा परी घाइते भएका चार दर्जनभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक