20160511

एनआरएन अमेरिकाले दिने भयो स्कलरसीप

४ सय घर धुरी माझी समुदायका एक जनाले पनि ब्याचलर गरेका छैनन
- टंक पन्त
सिन्धुपाल्चोक  । एनचार एन अमेरिकाले सिन्धुपाल्चोकको भीमटार बोडेगाउंका भुकम्प पीडितलाई गरेको सहयोगले स्थानीय समाज हषिर्त भएका छन ।  इनद्रवती नदीको छेउमा बस्ने दनुवार , माझी  समुदायका ४ भन्दा बढी घर धुरी भएका परिबारका  बालबालिकाहरु कोही पनि शिक्षाबाट बञ्तिच नहोउन भन्ने उद्धेश्यका साथ एनआर एन अमेरिकाले सहयोग गरेको अध्यक्ष डा. केशब पौडेलले जानकारी गराउनुभएको छ ।
 भुकम्प जानासाथ अमेरिरकाबाट नेपाल आइ अमेरिकामा बस्ने नेपालीहरुका तर्फाट बिभिन्न ठाउमा सहयोग गर्ने क्रममा भीम्टारका बासिन्दा र त्यहाको क्षतबिक्षत बिधालय भबव निर्माणका लागि आर्थिक सहयोग गरिएको थियो । अमेरिकामा बस्ने नेपालीहरुको सहयोगमा पुननिर्माण भैरहेको बिधालय कुन अबस्थामा पुग्यो र गर्नुपर्ने के छ भनी केही दिन अघि मात्र  अध्यक्ष डा केशब पौडेल ,  बोर्ड सदस्य मोन ज्ञवाली , हरिश्चन्द्र हमाल , बंशलाल तामाङ, सल्लाहकार सुनिल साह सहितको टोली सिन्धुपाल्चोकको भीमटार बोडेगाउ आएको थियो ।
 संकटका बेलान सहयोग गर्ने  एनआर एन अमेरिकाका अध्यक्ष पौडेल सहितको टोलीलाई भीमटारमा स्थानीय
बासिन्दाले  भब्य स्वागत गर्दे भबिष्यमा सहयोगको बिशेष आग्रह गरेका  थिए ।
४ सय घर परिबारका  ३ सय ८० जना माझी  र दनुवार  समुदायका  र अन्य  समुदायका जम्मा ३० जना मात्र बिधार्थी अध्ययन गर्ने   सोही ठाउको सेतीदेबी माध्यमिक बिधालय  भबन गत साल बिनाशकारी  भुकम्पले क्षत  बिनाएको थियो । अमेरिकामा बस्ने नेपालीहरुले  ९८ प्रतिशत भन्दा बढी माझी र दनु्वार समुदाय बस्ने र उनीहरुकै बालबालिका अध्ययन गर्ने बिधालय भबन  निर्माणका लागि सहयोग गर्ने घोषणा गरे अनुरुप यतिबेला धमाधम  निर्माणको काम भैरहेको छ ।
ीनर्माणको  ५० प्रतिशत भन्दा बढी काम भेसकेको बिधालयको प्रागणमा भएको कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुले गरेको सहयोगले पछाडि पारिएको समुदायका   बालबालिकालाई  ध्यानमा राखेर भएको सहयोग  प्रशसनीय बिधालय ब्यबस्थापन समितिका अध्यक्ष  राम माझी र प्रधानाध्यापक खगेन्द्र सापकोटाले बताउनुभएको छ । 
  ीबधालय भबनको पुननिर्माण र अब सो ठाउका गर्नुपर्ने कार्यका बारेमा स्थानीय नागरिकहरुको  पनि उपस्थितिमा भएको  भेलामा  एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले माझी दनुवार समुदायका २ जनालाई प्रत्येक बर्षब्याचरलर अध्ययन गर्न स्कलरसीप दिने घोषणा पनि गर्नुभएको छ ।
, सो गाउका ४ सय भन्दा बढी घर धुरी भएका माझी र दनुवार समुदायका एक जनाले पनि अहिले सम्म ब्याचलर गर्न नसकेको बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राम माझीले जानकारी गराएपछि  एनआरएनका अध्यक्ष पोडेल , सदस्य मोहन ज्ञवाली , बंशलाल तामाङ, सल्लाहकार सुनिल साह, हरिश्चन्द्र हमाललले तत्काल निर्ण्र्ाासो घोषणा गर्नुभएको हो ।
कार्यक्रममा राजधानीबाट  जानुभएका बरिष्ठ समाजसेबी एवं ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले पनि माझी समुदायका लागि ५१ हृजार सहयोग गर्नुभएको छ । उहाले माझी समदायको  शिक्षाका लागि केही न केही सहयोग होस भनेर आफुले ब्याक्तिगत रुपमा सहयोग गरेको जानकारी गराउनुभएको छ । कार्यक्रममा बरिष्ट पत्रकार एवं नेपाल टेलिभिजनका बोर्डअफ डाइरेक्टर टंक पन्तले सहयोग त धेरैले गरेका छन तर अधिकांश माझी दनुवार समुदायलाई ध्यानमा राखेर  अमेरिकामा बस्ने नेपालीहरुले गरेको सहयोग अत्यन्त प्रशनीय र  ठाउको छनोट बास्तबमै उदाहरणीय भएको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा अमेरिकाका नेपालीहरुका बाबु नै भनेर चिनिन ेएनआर एन  अमेरिकाका बोर्ड सदस्य  मोहन ज्ञवाली ,बंशलाल तामाङ, पर्ुब डिआइजी बिमला थापा , गीता खडका , प्रमिला पौडेल लगायतले बोल्नुभएको थियो ।  गत सालको भुकम्पले भीमटारका सबै घर ध्वस्त पारेको थियो ।  अहिले स्थार्नीय बासिन्दा  घाम र पानी मात्र छेक्न मिल्ने गरी अस्थायी टहरा बनाएर बसेका छन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक