20160512

अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोपमा "मह जोडी" लाई सम्मान

 जर्मनी / अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखा र जर्मनी शाखाको संयुक्त पहलमा यूरोप यात्रामा रहेका "मह जोडी" मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जर्मनीको एस्सेन शहरमा सम्मान गरिएको छ | मंचको तर्फबाट अन्तर्राष्ट्रिय कलाकार मंच, जर्मनी शाखाका
संरक्षक तथा एन आर एन जर्मनीका प्रवक्ता श्री लब थापाले स्वागत मन्तब्य पेश गर्नु भएको थियो | जर्मनीमा सबैको मन जित्न सफल गायक सुमन रेग्मीलाई अन्तर्राष्ट्रिय कलाकार मंच यूरोपको तर्फबाट आर्टिस्ट अफ युरोपले सम्मान पत्र वितरण गरिएको थियो | जर्मनी म्युनिक निवासी प्रतिभावान गायक खड्ग न्याैपाने र एन आर एन जर्मनी निबर्तमान उपाध्यक्ष श्रीमती तारा थापाद्वारा संयुक्त रुपमा "मह जोडी" लाई लाईफ टाईम एचिभमेन्ट एवार्ड द्वारा सम्मानित गरिएको थियो | सम्मान कार्यक्रममा जर्मनीको एस्सेन शहरमा "मह जोडी साँझ" आयोजना गर्ने आयोजक एन आर एन जर्मनीका उपाध्यक्ष रणबहादुर साउथ र एल सी सी एन आर डब्लुका संयाेजक दिपक लामा , महिला संयोजक सरिता आचार्य मह यात्रा कार्यक्रम आयोजक राधा सिग्देल लगायत प्रतिनिधिहरुलाई कदर पत्र प्रदान गरिएको थियो | कार्यक्रममा जनसम्पर्क समिति जर्मनीका सभापति बिजय माेक्तानकाे उपस्थिति रहेकाे थियाे। सम्मान कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय कलाकार मंच जर्मनी शाखाका अध्यक्ष बेल गुरुङ्गले गर्नु भएको थियो | उक्त अबशरमा अन्तर्राष्ट्रिय कलाकार मंचका केन्दीय अध्यक्ष रामप्रसाद खनालले पठाउनु भएको शुभकामना र सन्देश पढेर सुनाईएको थियो | अन्तर्राष्ट्रिय कलाकार मंच द्वारा सम्मानित हुन् पाउँदा आफुहरु अति हर्षित भएको भनि खुशी व्यक्त गर्दै  हरिवंश आचार्यले आफुहरुलाई अमेरिकामा अध्यक्ष रामप्रसाद खनालले पनि ठूलो सहयोग र सम्मान गर्नु भएको थियो भनि स्मरण गराउनु भएको थियो | आयोजक द्वारा सोधिएको प्रश्नको उत्तर दिंदै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य दुवैले साँकृतिक कार्यक्रम गर्दा के कसरी स्टेजको तयारि गर्ने प्राविधिक तथा लाईटिंग सम्बन्धित आफ्नो बिसेष अनुभव सुनाउदै सुझाब समेत प्रस्तुत गर्नु भएको थियो | उक्त कार्यक्रममा नेपालबाट आउनु भएका वरिष्ट हाँस्य कलाकार नरेन्द्र कंशाकार ,गायिका माण्डवी त्रिपाठी, गायक यमन श्रेष्ठ र कलाकार मोहित आचार्य ज्यूको पनि उपस्थिति रहेको थियो | कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन कार्यक्रमको सभापति अन्तर्राष्ट्रिय कलाकार मंच यूरोप महाशाखाका अध्यक्ष दयाराम पौड्यालले गर्नु भएको थियो | 
- लक्ष्मण जाेशी महा-सचिव अन्तर्राष्ट्रिय कलाकार मंच, यूराेप महाशाखा




 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक