20160515

यसरीनै सफलता प्राप्त गर्न सकिरहुन मँचका हस्तिहरु, हाम्रो शुभकामना अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रीय समितिको तर्फबाट


अन्तर्राष्ट्रिय कलाकार मँचका सदस्य एबम नेपालका प्रसिद्ध कलाकार निर्मल शर्मा उर्फ गैँडाको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र ब्रासलेटमा अमेरिकाको बसाइबाट नेपाल फर्केका मँचकै केन्द्रीय महासचिब,
एबम चकलेटी नायक रमेश उप्रेतीले गरेको अभिनय, गीत र निर्मल शर्माको निर्देशन पक्षको नेपालमा मात्र होइन बिदेशमा बस्ने नेपालीका बिच पनि ब्यापक चर्चा छ, गीत हिट भै नै सकेकोछ ।   निर्मलले यस अघी निर्देशन गरेको एउटा फरक चलचित्रचकलेटले त नयाँ रेकर्ड नै बनायो यस्तो प्रिथक बिषयमा बनेका चलचित्रमा । हुनत अन्तर्राष्ट्रिय कलाकार मँचका हस्तिहरु दिपकराज गिरी, दीपा श्री निरौलाले बनाएका चाहे वडा नम्बर छ, छ एकान छ होस वा छक्का पन्जा  त्यत्तिकै चर्चामा छन । अमेरिकाबाटै नेपाल फर्केका मँचका सल्लाहकार सरोज खनाल अभिनित प्रेम गीत र अन्य केही चलचित्र पनि चर्चामै छन । सुर्के थैली गीतको के कुरा गर्नु सुपर हिट नै भैहाल्यो त्यसैगरि नारायण रायमाझीका गोर्खा पल्टन र परदेशी पनि सुपर हिट बने ।   अन्तर्राष्ट्रिय कलाकार मँचमा आबद्ध अन्य हस्ती कलाकारहरु निर शाह, सरोज खनाल, राजाराम पौडेल, नारायण रायमाझी, दिपकराज गिरी, दीपा श्री निरौला,  शिवहरी पौडेल, सिताराम कट्टेल, जितु नेपाल, केदार घिमिरे देखी अधिकाँश कलाकारहरु अभिनित चलचित्रहरु सफल हुँदा मँचले गौरब गर्ने अबसर पाइरहेकोछ । यि मात्र होइन हाँस्य क्षेत्रमा पनि वहाँ हरुको  पकड त्यत्तिकै कायम छ ।   मँचमा आबध्द सबै कलाकारहरुलाई बधाई र अझ सफलताका लागि शुभकामना पनि । चकलेट र ब्रासलेट मात्र होइन मँचकै उपाध्यक्ष यम बरालको गीतमा म्युजिक भिडियो बनाएका एक जना जिम्मेवार र अशल कलाकार निर्मल शर्मालाई बिशेष बधाईका साथ उनले बनाएका निर्देशन गरेका केही चलचित्र र म्युजिक भिडियो र यस सँग सम्बन्धित कुराहरु तल  पनि  प्रस्तुत छन । निर्मल जी तपाईं र मँचमा आबद्ध सबै कलाकारका पाइलाहरु अझ अगाडि बढीरहुन, यसरीनै सफलता प्राप्त गर्न सकिरहुन  हाम्रो शुभकामना अन्तर्राष्ट्रिय कलाकार मँचको केन्द्रीय समितिको तर्फबाट । महासचिब रमेश उप्रेतिको ब्रासलेट पछी अब कुन चलचित्र आउने हो हामी प्रतिक्षारत छौं । दीपा श्री को निर्देशनमा बनिरहेको छक्का पन्जा  पनि त्यत्तिकै पर्खाइमा छ । धन्यवाद ।





















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक