20160502

अमेरिकामा नेपाली

- टंक पन्त
कसैले पनि नपत्याउन सक्छ तर अमेरिकामा पनि बिभिन्न ब्यबसाय र अध्ययन गर्ने नेपालीहरुको संख्या  चार लाख नाघिसकेको छ ।  न्युयोर्क , बासिंटन वरिपरिका कतिपय ठांउ त नेपालीहरुको गाउं जस्तो भएको छ । जहा पुग्दा बिदेशमा रहेको जस्तो अनुभुति पनि हुदैन ।  उदाहरणका रुपमा न्यूयोर्कको ज्याक्सनहाइटमा पुग्दा  कुनै पनि समान खरिद गर्नुपर्यो वा खाना खान    नेपाली बाहेकको अन्यको पसलमा जानुपर्देन ।  नेपाली भान्साघर , थकाली खाना घर , सगरमाथा सपिङ्ग सेण्टर देखि अनेक नेपाली  ब्राण्डका नेपालीका पसल देखिन्छन् । नेपालीहरुले गर्ने गरेको ब्यबसाय अमेरिकी वा अन्य मुलुकका नागरिकले गरे भन्दा कुनै पनि हिसाबले कम छैन । सुन्दा पनि अचम्म लाग्न सक्छ तर देशका बिभिन्न ठाउंबाट अमेरिका पुगेका नेपालीहरु एउटै परिबारको जस्तो ब्यबहार गर्छन । नेपालमा त्यस्तो अलिक कम पाइन्छ तर  अमरिकामा त्यस्तो देखिन्छ  ।
अमेरिका आफैमा  कानुनको शासनमा हिडेको छ । प्रत्येक ब्याक्ति  म कानुन भन्दा माथि छैन  र सिष्टमलाई उलंघन गरे भने मेरो खैरियत छैन भन्ने अनुभुति  अमेरिकामा रहेका नेपालीहरुको मस्तिष्कमा समेत  घुसेको छ  । एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना पनि त्यत्तिकै रुपमा रहेको छ त्यसैले पनि एउटै परिबार जस्तो भएर नेपालीहरु बिभिन्न पेशा ब्यबसायमा आबद्ध रहेका छन् ।  एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाको सयोजन बरिष्ठ समाजसेबी मोहन ज्ञवाली लगायतले गरेका छन ।अमेरिकामा  प्रत्येक नेपाली सहयोगी छन त्यसमा पनि ज्ञवालीले गरेको संयोजनका कारण उनलाई अमेरिकामा नेपालीहरुका  बाबु नै भनिन्छ ।  २० बर्षअगाडि देखि अमेरिकामा   रहेर  सफल ब्यबसायका रुपमा स्थापित  ज्ञवालीको नेतृत्वमा  नेपालीहरु कसैलाई पनि समस्या पर्‍यो भने तत्काल  सहयोग गर्ने गरिएको छ । नेपालीहरुले गर्ने गरेको सहयोग अन्यका लागि उदाहरण बन्ने गरेको छ ।
नेपालमा पत्रकारिता गरेर स्थापित भएका पत्रकारहरु पनि अमेरिकामा अझ बढी सान र सम्मानका साथ बसेका छन । उदाहरणका  रुपमा किशोर सापकोटा , गुणराज लुइटेल, रामप्रसाद खनाल , र्सर्ुय थापा , किशोर पन्थी , आङछिरिङ शर्ेपा , तारा बराल, रामचन्द्र भट , बिष्ण्ुा शितल , गौतम दाहाल  लगायतलाई लिन सकिन्छ ।  सापकोटा पत्रकारितासंगै प्रतिष्ठित रिर्सचर र कन्सल्टेन्सीको रुपमा स्थापित भएका छन भने लुइटेल त्यहांको गृह मन्त्रालयमा  उच्च अधिकारीका रुपमा प्रबेश गरिसकेका छन । सरकारी सेबामा रहेर उनले नेपालीकै प्रतिष्ठा बढाएका छन । खनालले त भर्नेजियाकै सफल  ब्यबसायीको रुपमा   नाम दर्ज गराइसकेका छन । पत्रकारिता र नोटरी पब्लिकका रुपमा आफुलाई स्थापित गराएका खनालले ग्यास डिपो देखि सेभेन इलेभेन जस्ता बिभिन्न ब्यापारमा सफलता  हासिल गरेका छन । ब्यबसाय र प्रतिष्ठामा  कृष्ण पन्त , प्रदिप पन्थ पनि उदाहरणकै रुपमा रहेका छन भने चिकित्सा क्षेत्रका हस्ति डा. केशब पौडेल अमेरिकाकै  सहयोगी हातका अगुवा हुन । उनले अमेरिकामा रहेर पनि नेपालीको मात्र होइन उपचार गर्न आउने सबैलाई प्रतिष्ठित चिकित्सकको रुपमा चिनाएका छन  । पौडेल एनआर एनको अध्यक्ष समेत भएको हुनाले  उनी र ज्ञवालीलाई हरेक  दुख सुखका साथी पनि भनिन्छ ।
नेपालमा पनि नेतृत्वमै रहेका बरिष्ठ कानुन ब्यबसायी बाबुराम देबकोटा र दर्ुगा भर्ुर्तेल पनि अमेरिकामा बरिष्ठ कानुन ब्यबसायकै रुपमा स्थापित भएर त्यहा रहेका अन्य देशका नागरिकहरुलाई नेपालीहरु कति मेहनति हुन्छन भन्ने उदाहरण दिएका छन ।  सजय थापा , प्रभु थापा, टेकराज पौडेल राधाकृष्ण देउजा , शंकर पन्त , कृष्ण दाहाल , जनक भण्डारी , भवानी बास्तोला , मनिषा अधिकारी , अञ्जु , तर्ीथा खनाल  , चन्दा खरेल, संगीता गौतम , प्रज्वल चापागाई सुन्दर पाण्डे , गणेश घिमिरे लक्ष्मी घिमिरे देखि हरेक पेशा ब्यबसायमा रहेका नेपालीहरुले अमेरिकामा रहेर देशकै सान बढाएका छन । नेपालीहरुलाई पर्ने हरेक समस्यामा राजदुत  डा. अर्जुन कार्की साथमा रहने गरेका छन । नेपालीहरुका हरेक दुख सुखका साथी बनेका डा कार्कीले छोटो समयमा नै कुटनीतिक  रुपमा अमेरिका जस्तो बिशाल देशसंग बढाउन थालेको सबन्धलाई अहिले सम्मकै  ब्यबस्थित र प्रभाबकारी भएको  बिष्लेषण गर्न थालिएको छ ।  कतिपय खराब आचरण र ब्यबहार देखाउनेलाई पनि  नेपालीहरुले नै सम्झाउने र सही आचरणका लागि प्ररित  गनर्ेर्ेेरेका छन । हुन त अमेरिकामा के के न होला भनेर जाने कतिपयमा देखिएको प|mष्टेशनका घटना भने कहाली लाग्दा छन , खासगरी बिधार्थीहरुमा बढी तनाब देखिने गरेको छ ।
   एकाध केही समस्या रहे पनि अमेरिकामा रहेका नेपालीहरुले आपनो परिबार मात्र बनाएका छैनन कि आपनो देशलाई पनि  ठुलो आर्थिक सहयोग गरेका छन । उनीहरुले  नेपालका बिभिन्न ठाउमा लगानी गरेर नेपालीको पहिचान दिएका छन । अमेरिकामा रहेका मध्ये धेरैको परिबार नेपालमै रहेको छ । त्यो परिबारलाई  बिभिन्न ब्यबसाय गर्न पुर्‍याएको सहयोग उत्तिकै महत्वपर्ुण्ा छ भने आपनो परिबारलाई निकै  सुखी बनाएको छ । एकले अर्कालाई सहयोग गर्ने भावना र कसैलाई नराम्रो नहोस भन्ने सकारात्मक सोचाइले गर्दा अमेरिकामा रहेका नेपालीहरु सुखी छन र  सम्पन्न पनि छन ।  मुल कुरा त  मुलुक आफैमा सिष्टममा चलेको छ । सिष्टमले गर्दा नै अमेरिका  महाराष्ट्रको रुपमा बिकास भएको छ ।  कानुन भन्दा कोही छैन कानुन उलंघन  अपराधकै रुपमा लिइने भएकोले पनि अमेरिका  ससारकै बिकसित मुलुकका रुपमा स्थापित भएको  छ । नेपाल सिष्टममा चल्न नसकेको र दण्डहीनताको  पराकाष्टा नै भएको कारण पछाडि परेको अमेरिकामा बस्ने नेपालीहरुको बिश्लेषण छ ।
सामान्य काम गर्नेले पनि हप्तामा ६ सय देखि एक हजार डलर सम्म आय आर्जन गर्छन । एक हप्तामा एक पटक दुइ चार जना साथी बसेर खाना खाउ भनेपनि कुनै गाह्रो हुदैन । अर्थात एक सय डलरले पाच सात जनालाई रामै्रसंग पुग्छ किनकि नेपालमा एक महिनामा  पाच सात जना बसौ  न भन्ने हो भने आधा महिनाको तलबले पनि नपुग्न सक्छ । अर्थात अमेरिकामा सामान्य भन्दा सामान्य काम गनर्ेर्ेेई पनि    आफु र परिबार पालिन कुनै गाह्रो छैन । स्टुडेण्ट , डीभी , शरणार्थी , डिप्लोमेटिक , ब्यबसाय , रिटायर कर्मचारी देखि बिभिन्न खाले भिसामा अमेरिका  जाने नेपालीहरुको संख्या चार  लाख नाघिसकेको छ तर  कतिपयले अमेरिका पुर्‍याइदिन्छु भनी ४० , ५०  लिएर मेक्सिको र चिली हुदै पठाइएका  नागरिकहरुको स्थिति भने दयनीय रहेको छ ।घरबार बेचेर  समुन्द्रबाट अति नै दुख पाएर अमेरिका पुगेकाहरुको बिचल्ली कहाली लाग्दो  नै छ । उनीहरु मध्ये कतिपयले आत्महत्या समेत गर्ने गरेका छन ।  बिनु तिवारी , सुबर्ण्र्ााण्डारी, बिष्णु फुयाल,  उत्तम ढकाल, मनिषा अधिकारी आइटि, बैक एबं अन्य ब्यबसायमा पर्फेट भएका छन ।आइटी  र बैकमा काम गर्नेहरुको माग अलिक बढी र तलब पनि निकै आकर्ष रहेको छ ।  अर्थात कतिपय समस्याकाबीच पनि अमेरिकामा  पुगेका नेपालीहरुको आर्थिक अबस्था प्रभाबकारी रहेको छ । मानब बेचबेखनका रुपमा गरीब नागरिकलाई  मेक्सिको हुदै पठाउने दलालहरुलाई  पहिचान गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने आबश्यकता  छ ।  


गत सोमबार नेपाल समाचारपत्र दैनिकमा छापिएको  मेन आर्टिकल ( यो लेखकको निजी बिचार/अनुभब हो - सम्पादक )



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक