20160705

अविरल वर्षाका कारण गएको पहिरोका पुरिएर गएराति प्यूठानमा दुई परिवारका आठ जनाको जनाको मृत्यु

अविरल वर्षाका कारण गएको पहिरोका पुरिएर गएराति प्यूठानमा दुई परिवारका आठ जनाको जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका ४० वर्षिय दुर्गबहादुर मल्ल, उनकाी ३७ वर्षिय श्रीमती सीता, छोरीहरु १० वर्षिय सुशिला, डेढ वर्षिय लेखा र सात वर्षिय सिर्जनाको घटनास्थलमै मृत्यु भएको हो । छिमेकीको बस्न गएका तीन छोरा र एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय तथा पत्रकार महासंघ प्यूठानका सचिव महावीर रानाले जानकारी दिनुभयो । यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र सात वर्षिया छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटना स्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ । बाढी पहिरोकै कारण प्यूठान बरौंला गाविसमा झिमरुक नदि किनार उदिक र हरियाटारीको वीचमा कुलो निर्माण गरिरहेका रोल्पाका सात जना कामदार नदीवीचको टापुमा फँसेका छन् । उनीहरुको
उद्धार हुनसकेको छैन ।

उता जिल्लाको स्याउलिवांगमा रहेको सरिमाखोला लघु जलविद्युत परियोजनाको कुला बगाएको छ । पहिरोले करिव दुई सय मिटर कुलो बगाउँदा आयोजना बन्द भएको छ । स्याउलिवांग वडा नं. १, २ र ३ का २५० घरधुरले उक्त लघु जलविद्युतको उपभोग गर्दै आएको स्थानीय तथा उपभोक्ता समितिका सचिव शेरबहादुर सेनले जानकारी दिनुभयो । अविरल वर्षाकै कारण अर्खा गाविस वडा नं. ३ मा रहेको कोर्चेघाट खोलामा बाढि आउँदा तीन वटा झोलुंगे पुल बगाएको छ । पुरानो एउटा पुल, २०६४ सालमा बनेको पुल र अर्काे निर्माणाधिन झोलुंगे पुलबगाएको स्थानीय मित्र थापाले जानकारी दिनुुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक