(रोल्पामा जन्मनु भएका एक जना प्रखर बुद्धिजिबी डा. होम बहादुर थापा रोल्पालीको मात्र होइन नेपालकै एउटा शान हुनुहुन्छ । वहाँले आज कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिनका अबसरमा लेख्नुभएको एउटा समसामयिक सामग्री तल प्रस्तुत गरिएको छ - सम्पादक)
सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू बिशेष प्रकृति र महत्वका छन। त्यस मध्य पुर्णिमा र औसी पनि हुन् । औसीहरु मध्य कुशे औसी एक बिशेष र महत्वपूर्ण तिथि हो। यो पुर्बिय सनातन हिन्दु परम्परा अनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ। यो दिन पछिल्लो चरणमा बुवाको मुख हेर्ने दिनको रुपमा पनि प्रख्यात छ। यस दिन सु-सन्तानहरुले
(छोरा- छोरीहरुले) आ- आफ्ना जीवित बुवालाई विभिन्न तौर- तरिकाबाट आफ्नो बुद्धि, बर्कत र गच्छे आदि अनुसार बिशेष मान र सम्मान गर्छन। प्रसन्न बनाउछन र बुवाबाट आशिरबाद प्राप्त गर्छन । बुवा नहुनेहरुले भने विभिन्न पबित्र स्थानहरुमा गइ मृतक बुवाको नाममा श्राद्ध , तर्पण गरि यथासक्य सिदा लगायत अन्य दान गर्छन। कथंकदाचित नजिकमा धार्मिक पबित्र स्थल नभए या नपाइए वा पायक नपरे आ- आफ्ना कुल परम्परा प्रचलन र रीति अनुसार नजिकको पधेरा, पोखरी, धारा आदिमा गइ वा घरैमा बिहानै स्नान गरि बुवाको श्राद-कर्म गर्छन ।
कुशे औसी मुलत: कुश बाट नामांकरण गरिएको हो। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा यो कामदेवको पत्नी रतिको भगवान बिष्णुलाइ दिएको श्रापसंग जोडिएको पाइन्छ । तसर्थ भगवान बिष्णुले रतिको
श्रापलाइ शिरोधार्य गर्न कुशको रुपमा आफु अबस्थित रहेको धार्मिक ग्रन्थमा उल्लेख छ । पुर्बिय दर्शनमा कुशको धार्मिक लगायत अन्य महत्वहरु अर्थवेद, भागवत गिता, बिष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । यस बाहेक तात्विक रुपमा पनि कुशको महत्व कम आंकलन गर्ने खालको छैन ।यो काट्दा पनि अठिलो भैरहने टुक्रा नहुने, विभिन्न रोगको उपचारमा कामयाबी हुने, विकिरण र खराबकण अनि ‘क्ष’-किरणलाई समेत शोषण गर्ने यसका केहि सामान्य दृष्टान्तहरु हुन् ।
शास्त्रीय मान्यता अनुसार हरेक मानब जन्मिसके पछि तिन ऋणबाट युक्त हुन्छ । त्यस मध्य पितृ ऋण
एक महत्वपुर्ण ऋण
हो जुन संस्कारको आधारमा विभाजित हरेक व्यक्तिका चार आश्रमहरु मध्य गार्हस्थ्य आश्रम संग अत्यन्तै निकटको सम्बन्ध राख्छ । तसर्थ एक कुशल र अनुशासित सन्तानले आफ्नो पितृको ऋणबाट उऋण हुने कुरा संग पनि यो कुशे औशीलाइ जोडिएको पाइन्छ। यसको परोक्ष सम्बन्धको बारेमा सर्बाधिक संसारभर लोकप्रिय र सापेक्षिक रुपमा सहजै उपलब्ध हुने श्रीमद भगवदगीताको सांख्ययोग नामक अध्यायमा पनि कम तर गहन र सुक्ष्म तरिकाले उल्लेख गरिएको छ ।
कुशे औसीमा कुशको प्रयोग गरिन्छ। शास्त्रीय मान्यता अनुसार कुशको घरमा प्रवेश नै यो औसीको सर्बाधिक महत्वपुर्ण विशेषता हो जसलाई बर्षभरी शास्त्रीय कर्म (देवकार्य, पितृ कार्य आदि)गर्दा प्रयोगमा ल्याइन्छ । अझ उसमाथि कुशे औसी सोमबार पर्यो र त्यसै दिन कुश काटियो भने त् कुशको महत्व एक बर्ष बाट बाह्र वर्ष सम्म रहने ठानिन्छ । मन्त्रद्वारा उच्चारित कुश घरमा राखनाले त्यसले परिवारको कल्याण गर्ने समेत विश्वास गरिन्छ। वास्तबमा कुश पबित्र चिजहरु ठानिएकालाइ पनि पबित्र गराउने चिज ठानिन्छ । शास्त्रिय मान्यता अनुसार कुश बिना न त् सुभ कार्य पबित्ररुपले सम्पन्न्न हुन्छ न त् असुभ कार्य नै । तर स्मरण रहोस सुभ होस् या असुभ विभिन्न कार्यमा यसको प्रयोग भने फरक फरक हुन्छ त्यो फरक भनेको यसको कति पात प्रयोग गर्ने भन्ने संख्यामा भर पर्छ ।
कुशे औसी वास्तबमा कम चर्चामा आउने पर्बहरु मध्य एक हो ।तर यसको महत्व, विशेषता, गरिमा आदि कुराहरु व्यापक र उच्च छन । यो कुनै पुर्बिय निश्चित ग्रन्थमा मात्र यसको उल्लेख र बर्णनको सिमितता छैन। तसर्थ यसलाई बहुआयमिक पक्ष र
रुपसंग जोडेर ब्याख्या विश्लेषण गरि हेर्नु पर्ने देखिन्छ । यसरि बहुआयमिक पक्ष र रुप संग जोडेर हेर्दा सरल र सोझो रुपमा यसले बुवा र सन्तानको सम्बन्ध देखाउछ जुन कुरा बेद देखि पुराणका ग्रन्थहरु बाहेक बिबिध प्रसङ्गमा पनि हाम्रा पुर्बिय दर्शन शास्त्र मा पढ्न पाइन्छ चाहे त्यो जमदग्नि ऋषि र बिष्णुको छैटौ अबतार मानिएको परशुरामको प्रसङ्ग होस् या राजा शान्तनु र देबब्रत को प्रसङ्ग अनि इच्छा मृत्युको बरदान या हाम्रो राजनीति र समाजमा बारम्बार उल्लेख गरिईरहने यक्ष प्रश्नको प्रसङ्ग । जहाँ पनि बुवाको महिमा र गरिमा व्यापक, बृहत, उच्च र समृद्ध देखाइएको छ। अनि अपरम्पार पनि ।
यद्पि पुर्बिय दर्शनमा बर्णन गरिएको बुवाको महिमा, विशेषता र गरिमा लगायतका कुराहरु यहाँ सामान्यीकरण गरिएको मात्र हो ।व्यक्ति बिशेषमा केहि फरक हुने, नदेखिने र नसुनिने भने होइन र हुनपनि सक्दैन होला । यसका विभिन्न कार्य- कारणहरु हुन सक्छन । तर ‘कारण’
बिना मात्र आफ्नो बुवा प्रति द्वेष राख्नु र नराख्नुमा सनातन हिन्दु परम्पराले केहि बोलेको छैन। सायद यसलाई हिन्दु परम्परा कै एक महत्वपुर्ण विशेषताको रुपमा लिन सकिन्छ। सारभूतरुपमा कुशे औसीलाइ मृतक बुवा र जीवित बुवा प्रतिको स्मरण, मान सम्मान आदिको रुपमा हेरिने र तदनुरुप आफ्नो बिशेष गरि नैतिक कर्तब्य र उत्तरदायित्व पुरा गर्नुपर्ने प्रचलन हुदा यसलाई यसै रुपमा नै हेरिन्छ र हेरिनु पर्छ । उसमाथि हिन्दु दर्शन र परम्परा अनुसार व्यक्तिहरु बीच जस्तोसुकै बैर- वैमनस्यता भएपनि मृत्यु संगै संग त्यस बैर- वैमनस्यता को पनि मृत्यु हुने ठानिदा बुवाको संग झन् कुनै सन्तानको द्वेष र क्लेश जीबीत् हुदा रहन गएपनि बुवाको मृत्यु पश्चात त्यसको अवशेष रहने कल्पना नै गर्न सकिदैन ।तसर्थ आ-
आफ्नो- परम्परा अनुसार मृतक बुवाको स्मरण, श्राद, दान आदि मा कुनै संकुचित सोच राखिदैन, राखनु हुदैन र नराख्दा नै उत्तम देखिन्छ। जहाँ सम्म जीवित बुवा हुनुहुन्छ भने उहाको श्रद्दा, मान, सम्मान आदिमा कहिल्यै ठेस पुग्ने कार्य सकभर कोहि कसै बाट गर्नु र गरिनु हुदैन ।
जीवित बुवाको हकमा त् झन् कुशे औसी वा बुवाको मुख हेर्ने दिनले हिन्दु परम्परामा बिशेष अर्थ, औचित्य र तात्पर्य राख्छ । वर्ष भरि हेय दृष्टिले हेर्ने वा विभिन्न बहानामा वास्ता नगर्ने अनि कुशे औसीको दिन भने विभिन्न माध्यमद्वारा समाजको सामु आखामा छारो हाल्ने नकच्चरो ,कृतिम र ढोंगी कार्य भने कदापि गर्नु हुदैन । यस्तो गर्दा व्यक्ति स्वयमले आफुलाई ढाटेको, छलेको हुन्छ नै । यसको अलावा आफ्नो सिंगो परिवार र समाजलाइ समेत गुमराहमा पारिरहेको हुन्छ । अझ निश्चित टोल, छिमेक, समुदाय, वर्ग, पेशा अनि समाज र रास्ट्र कै प्रतिनिधि ठानिने व्यक्तिले त् झन् यस्ता काम गर्ने हुदैन । जेहोस कोहि कसैले बुवा प्रति कुनै किसिमको व्यवहार या दुर्ब्यबहार गर्नु आगाडी र गर्ने बेला झर्लाक्क आफुले आफ्नो सन्तानलाइ कसरि आत्मिकरुपमा माया गरिरहेको छ त्यहि अनुसार आफ्नो बुवाले पनि आफुलाई गर्यो होला भन्ने कुरालाइ सदैब हेक्का राखनु पर्छ । फरक यत्ति होला कि माया गर्ने तौर तरिका, बिधि, प्रक्रिया आदिहरुमा असमानता होलान किन्तु मायाको केन्द्रबिन्दु आत्मिक माया नै हो भलै पथहरु फरक फरक होलान। आखिर सन्तान प्रति गरिने आत्मिक माया सर्बश्रेस्थ माया हो । यो कुनै भौतिक चीज संग तुलना योग्य र मापनयोग्य कहिल्यै हुदैन । यसको वजन जहिले पनि पृथिबी भन्दा ग्रहौ नै हुन्छ र आकाश भन्दा उच्च । माया गर्ने, हुर्काउने, बढाउने लगायत असमानताका कुराहरु केवल समय, स्रोत, साधन, ज्ञान, सोचाई, बुद्धि, बिबेक आदि आदि मा निर्भर हुने सहायक कुराहरु मात्र हुन्। मूल कुरा आत्मिक माया नै हो ।यस सन्दर्भमा आफ्नो सन्तान नभएकाहरुले पनि एकपटक आफुले आफुलाई आखा चिम्म गरि गहिरो संग सोच्नु पर्छ । त्यस पछि पक्कै पनि महसुस हुनसक्छ बुवाको गरिमा र महिमा ।
जहाँ सम्म “सर्गेसी” को कुरा छ, हिन्दु दर्शन मै र अहिलेको यो बैज्ञानिक भनिएको युग मा पनि जुन बिसौ सताब्दीको पूर्व सन्ध्यामा मात्र यसको प्रचलन आयो, बाट उत्पन्न बच्चाहरुको हकमा पनि कुशे औसी वा बुवाको मुख हेर्ने दिनको त्यतिकै महत्व देखिन्छ र देखाउन सकिन्छ। यसको छुट्टै अर्थ, हेर्ने र विश्लेषण गर्ने आयाम र कोणहरु छन्। सामान्यतया हेक्का राख्नु पर्ने कुरा के छ भने पहिलो हिन्दु दर्शन र परम्परामा बुवाको ठेगानमा आमाको पूर्ण जिम्मेवारी हुन्छ । दोस्रो, जन्म र कर्म लाइ साथ् साथ् हेरिएको छ । यसै अनुरुपको बिशेष अबस्थामा हरेक सन्तानले आ- आफ्ना पिताजी प्रति गर्नु पर्ने या निभाउनु पर्ने कर्तब्य पुरा गर्नु पर्ने ठानिन्छ ।
आज सामान्यतया बिस्वभरि नै कुनै न कुनै दिन मा वर्षको एक पटक बुवा दिबस मनाइन्छ । चाहे त्यो पुर्बिय देश होस् या पश्चिमेली। भौतिकताले चरम उत्कर्षमा पुगेको देश होस् या अठारौ उन्नाइसौ सताब्दी कै हाराहारीमा रहेको देश । जहाँ पनि सामान्यतया बुवा दिबसलाइ महत्व दिइएको देखिन्छ। यसको सरल र सोझो र अर्थ हरेक देश वा राष्ट्रमा त्यहा अबस्थित व्यक्ति र परिवार हुदै सिंगो देश वा राष्ट्रमा नै बहुसंख्यक मान्छेले बुवाको महिमा र गरिमा समृद्ध छ भनेर गरेको र देखाइएको श्रद्दाको प्रतिबिम्ब हो बुवा दिबस । यो बुवा प्रतिको मान हो । सम्मान हो । भलै श्रद्दा, मान, सम्मान लगायतका कुराहरु दर्शाउने बिधि र प्रक्रियाहरु फरक- फरक किन नहुन । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि बुवाको गरिमा र महिमा कति र कस्तो हुन्छ भनेर । वास्तबमा भौतिकताले अति सम्पन्न ठानिएका देशहरुले किन र कहिले देखि बुवा दिबश मनाउन सुरु गरे, त्यो भने छुट्टै अध्ययन र अनुसन्धानको कुरा छ । त्यता तिर अहिले नजाउ । तर हिन्दु परम्परामा मानिआएको कुशे औसीको पादुर्भाब भौतिक रुपले सम्पन्न पश्चिमेली देशको बुवा दिबश भन्दा जेठो हो भन्नेमा कुनै सन्देह छैन । किन उनीहरुले यो दिबस मनाउन सुरु गरे त ? यसको दर्शन र औचित्यहरु के के हुन्? यो जान्यौ या जान्ने प्रयास मात्र गरयौ भने पनि हामी निसन्देह हाम्रो पुर्बिय दर्शन यस सन्दर्भमा कति परिपक्क रहेछ भनेर सहजै अनुमान गर्न सक्छौ ।
अत: कुशे औसी या बुवाको मुख हेर्ने दिन लाइ बस्तुपरक या यथार्थपरक ढंगले आ- आफ्ना कुल परम्परा र चलन अनुसार जहाँ र जे जस्तो अबस्थामा रहेपनि मानौ र मनाऔ। महत्वपूर्ण कुरा बुवा प्रति सधै श्रद्दा, मान, सम्मान लगायतका हरेक कुराहरुको कमि नगरौ र हुन नदिऔ । कथम्कदाचित समय,
सन्दर्भ र परिस्थिति अनुसार उहाहरुको कार्यशैली कोहि कसैलाई फरक परिबेशमा केहि फरक लाग्छ भने शिस्ट र सौम्य भाषा र शैलीमा आदरपुर्बक उहालाई सिकाऔ सम्झाऔ, बुझाऔ। जसरी उहाले हामीलाई कैयन कुरा अपरोक्ष या परोक्ष रुपमा हजारौ हजार पटक सिकाउनु भयो, सम्झाउनु भयो र बुझाउनु भयो। हामीलाई ज्ञात छ, कोहि कसैको पनि बुवा “स्वयं” आफु भन्दा महान हुन्छ भन्ने कुरा सधै हेक्का राखौ। एक दिन मात्र दिबशमा भने सीमित नहोऔ। लोकोचार मात्र नपारौ। बर्षे भरि र सदा सर्बदा बाचुन्जेल सकेसम्म जानी जानी उहाको मन कहिले नकुदाऔ। सुगम ठाउको त् के कुरा दुर्गम ठाउ भए पनि सकेसम्म यस दिन आफ्ना बुवा लाइ भेट्ने प्रयास गरौ र भेटौ जतिखेर हाम्रा बुवाहरुले पनि कहिँ कतै आफ्नो बुवाको श्राद, मान, सम्मान गरिरहेको हाम्रो चर्मचक्षुले देखन परोस।अनि पानीको प्यास झैँ उहाहरुको तिर्खालु आखाले हामीलाई हेर्न क्षणिक समयको लागि भए पनि प्यास बुझुन्जेल हेरिरहोस। शिर मुसारोस । निधारमा चुम्बन गरोस । समिप बसालोस । अँगालो मारोस आदि आदि अनि कतै गहभरि खुसिका अश्रु पनि किन नझारोस । अगम ठाउँ भए सधै झैँ यस दिन पनि दूरभाषका विभिन्न माध्यमबाट स्मरण गरि कुरा गरौ । अनि यसदिन पनि उहाको सुभकामना र आशिर्बाद प्राप्त गरौ।
अन्तमा कुशे औसी या बुवाको मुख हेर्न पर्बको उपलक्ष्यमा सबै नेपालीहरुमा हार्दिक मंगलमय सुभकामना!
Email:homthapa06@gmail.com
********************************************
आदरणीय पिताजी !
तपाईं मेरो शान हो
तपाईं मेरो मान हो
तपाईं मेरो ज्ञान हो
तपाईं मेरो ध्यान हो
सबै सबै कुराले "ज्यान" हो !
पिताजी !
तपाईंले जिबन दिनुभयो
सँस्कार दिनुभयो
लाज छोपी दिनुभयो
हुर्काउनु भयो
बढाउनु भयो
पढाउनु भयो
आफु गरेर देखाउनु भयो
हाम्रा लागि तल परेर देखाउनु भयो
जिउँदैमा कयौं पटक
देश बिदेशमा मरेर देखाउनु भयो !
पिताजी !
तपाईंको पुत्र हुनुमा गर्ब छ मलाई
आमा र तपाईंले दिएको सँस्कारमा गर्ब छ मलाई
आमा त अहिले पनि हुनुहुन्छ
तर तपाईंलाई गुमाएको म
आज सबै कुरा भएर पनि
केही नभएको जस्तो भएको छु !
तपाईं बिना रित्तो रित्तो भएको छु !
पिताजी !
अहिले म तपाईंका नाती र नातिनीको पिता हुँँ
त्यसैले म पिताको महत्व राम्ररी महशुस गर्न सक्छु ।
पिताजी !
आज फेरि तपाईंको पुत्र दुई हात जोडेर
मन मुटु देखिनै श्रध्दाभावका साथ
नमन गर्दैछ तपाईंलाई !
जान अन्जानमा कुनै गल्ती भएको भए बिगतमा
तपाईंको क्षमा भीख माग्दैछु पिताजी
संसारमा मैले हर कुरा पाउन सकेँ
तर अहँ मैले पाउन सकिन तपाईंलाई
जाने बुझे सम्म
बर्कतले भ्याए सम्म
जिबित छँदा हँसाउने, खुशी राख्ने प्रयास गरेकै हुँँ
आज पनि मेरी आमा साक्षी हुनुहुन्छ पिताजी
तपाईंले सुम्पिएका जिम्मेवारीबाट भागेको छैन म
तपाईंले दिएको सँस्कार काफिछ
म कसैसँग हात फैलाएर मागेको छैन म !
तपाईंको आशिर्बाद
आमाको आशिर्बाद
जे छु ठिकै छु
तर पनि पिताजी ! म तपाईं बिना रित्तैछु
मात्र रित्तैछु, कहिलै नभरिने गरी !
अाज हजुरको मुख हेर्न पाएको भए कस्तो हुँदो हो !
तपाईंले हामीलाई छोडेर जानु भए पनि
तपाईंको फोटोमै सहि
म तपाईंको मुख हेर्दै छु पिताजी !
तपाईंलाई सम्झेर कविता कोर्दैछु पिताजी !
- रामप्रसाद खनाल, हाल अमेरिका
आदरणीय पिताजी !
तपाईं मेरो शान हो
तपाईं मेरो मान हो
तपाईं मेरो ज्ञान हो
तपाईं मेरो ध्यान हो
सबै सबै कुराले "ज्यान" हो !
पिताजी !
तपाईंले जिबन दिनुभयो
सँस्कार दिनुभयो
लाज छोपी दिनुभयो
हुर्काउनु भयो
बढाउनु भयो
पढाउनु भयो
आफु गरेर देखाउनु भयो
हाम्रा लागि तल परेर देखाउनु भयो
जिउँदैमा कयौं पटक
देश बिदेशमा मरेर देखाउनु भयो !
पिताजी !
तपाईंको पुत्र हुनुमा गर्ब छ मलाई
आमा र तपाईंले दिएको सँस्कारमा गर्ब छ मलाई
आमा त अहिले पनि हुनुहुन्छ
तर तपाईंलाई गुमाएको म
आज सबै कुरा भएर पनि
केही नभएको जस्तो भएको छु !
तपाईं बिना रित्तो रित्तो भएको छु !
पिताजी !
अहिले म तपाईंका नाती र नातिनीको पिता हुँँ
त्यसैले म पिताको महत्व राम्ररी महशुस गर्न सक्छु ।
पिताजी !
आज फेरि तपाईंको पुत्र दुई हात जोडेर
मन मुटु देखिनै श्रध्दाभावका साथ
नमन गर्दैछ तपाईंलाई !
जान अन्जानमा कुनै गल्ती भएको भए बिगतमा
तपाईंको क्षमा भीख माग्दैछु पिताजी
संसारमा मैले हर कुरा पाउन सकेँ
तर अहँ मैले पाउन सकिन तपाईंलाई
जाने बुझे सम्म
बर्कतले भ्याए सम्म
जिबित छँदा हँसाउने, खुशी राख्ने प्रयास गरेकै हुँँ
आज पनि मेरी आमा साक्षी हुनुहुन्छ पिताजी
तपाईंले सुम्पिएका जिम्मेवारीबाट भागेको छैन म
तपाईंले दिएको सँस्कार काफिछ
म कसैसँग हात फैलाएर मागेको छैन म !
तपाईंको आशिर्बाद
आमाको आशिर्बाद
जे छु ठिकै छु
तर पनि पिताजी ! म तपाईं बिना रित्तैछु
मात्र रित्तैछु, कहिलै नभरिने गरी !
अाज हजुरको मुख हेर्न पाएको भए कस्तो हुँदो हो !
तपाईंले हामीलाई छोडेर जानु भए पनि
तपाईंको फोटोमै सहि
म तपाईंको मुख हेर्दै छु पिताजी !
तपाईंलाई सम्झेर कविता कोर्दैछु पिताजी !
- रामप्रसाद खनाल, हाल अमेरिका
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक