20160830

एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले विज्ञप्ती निकाल्दै यसो भने !

एनआरएनए नवौं क्षेत्रिय सम्मेलन यही अगस्ट २७ र २८, २०१६ मा “एनआरएनए भिजन २०२० एण्ड वियोन्ड” नवौं क्षेत्रिय सम्मेलनमा सहभागिताको लागि नेपाल लगायत विश्वभरबाट आउनु भएका गैर आवासीय नेपाली संघका आदरणीय संस्थापकज्यूहरु, संरक्षकज्यूहरु, सल्लाहकारज्यूहरु, आईसीसी अध्यक्षज्यू, पदाधिकारीज्यू, कार्यकारी निर्देशक तथा सहायक निर्देशकज्यू, संघमा आवद्ध बिभिन्न एनसीसीका पदाधिकारी तथा सदस्य साथीहरु, कलाकार, पत्रकार एवं अन्य सहभागिहरुमा हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु।
हाम्रो निमन्त्रणालाई स्वीकार गरि प्रमुख अतिथिको रुपमा पाल्नु भएका नेपाली सम्विधान सभाका पूर्वसभामुख माननिय सुवाश नेम्वांगज्यू प्रति विशेष आभार व्यक्त गर्दछु। माननीय सांसदहरु महेन्द्र यादव तथा मोहन वराल, न्यूजर्सीका कांग्रेसम्यान डोनाल्ड पेईन जुनियर, महामहिम नेपाली राजदुत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थाई प्रतिनिधि महामहिम डा. दुर्गा
भट्टराई, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य लगायत सम्पुर्ण अतिथि गणहरुमा उहॉहरुको उपस्थितिको लागि धन्यबाद ज्ञापन गर्दछु।
यस कार्यक्रमलाई पूर्ण सफल बनाउन हरदिन आफ्नो अमुल्य समय एवं साधनश्रोत दिई प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण गैरआवासीय नेपालीहरु, चन्दादाताहरु, अमेरिका क्षेत्रका आरसी, डीआरसी, आईसीसी मेम्वरहरु, एनसीसी अमेरिका र च्याप्टरहरु, एनसीसी क्यानडा, एनसीसी चिली, बिभिन्न समितिका संयोजक र सदस्य साथीहरु तथा स्वयंसेवकज्यू हरुमा बिशेष आभार व्यक्त गर्दछु।
अन्त्यमा, देश बिदेशबाट न्यूजर्सी आउनु भएका सम्पूर्ण अतिथिज्यू तथा सहभागिहरुको अमेरिका बसाई सुखद र यात्रा सफल रहोस, यहि छ हाम्रो शुभकामना !
जय एनआरएन!!!
सहितका ११ बुंदे न्युजर्सी घोषणा पत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएकोमा हामी अमेरिकावासी प्रवासीहरु अत्यन्त हर्षित भएका छौ। यस सम्मेलनले परिवर्तित समयमा एनआरएनको समयानुकुल नयां मार्गनिर्देशको आवस्यकता महशुस गरेको छ।
डा. केशव पौडेल
अध्यक्ष, एनआरएनए एनसीसी अमेरिका
तथा
को-कन्भेनर, एनआरएनए नवौं क्षेत्रिय सम्मेलन

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक