20161025

अमेरिकामा बस्ने कागजपत्रविहीन नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को म्याद पुनः १८ महिना थप

प्रलयकारी भूकम्पका कारण अमेरिकामा बस्ने कागजपत्रविहीन नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को म्याद पुनः १८ महिना थपिएको छ । भूकम्पपछि अमेरिकाले नेपाललाई टीपीएस प्राप्त गर्ने मुलुकको हैसियत प्रदान गर्दै सन् २०१६ को डिसेम्बर २४ सम्मका लागि मात्र उक्त सुविधा उपलब्ध गराएको थियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्युरिटीको सचिवालयद्वारा प्रकाशित सूचनामा नेपाललाई प्रदान गरिएको टीपीएस प्राप्त गर्ने मुलुकको हैसियत पुनः १८ महिना थप गरी सन् २०१८ को जुन २४ सम्म लम्ब्याएको हो । गतवर्ष अमेरिकी सरकारले नेपालको प्रलयकारी भूकम्पपछि अमेरिकामा लामो समयदेखि कागजपत्रविहीन भएर बस्ने नेपालीहरुका लागि टीपीएस प्रदान गरेपछि थुप्रै नेपालीहरुले नेपाल जाने मौका प्राप्त गरेका थिए । संसारभरका विभिन्न देशहरुमा हुने विभिन्न प्रकारका बिपत्ती र मानवीय क्षतिपछि उक्त देशलाई अमेरिकी
सरकारले टीपीएसको हैसियत प्रदान गर्ने चलन छ । जुन हैसियत प्राप्त गरेपछि सम्बन्धित देशबाट अमेरिका आएका कागज पत्रविहीन जनतालाई कानुनी हैसियत प्रदान गर्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक