20161029

राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन्

* मह जोडीले धुर्मुस र सुन्तलीले सरकारलाई नै पछि पारेको बताए
धुर्मुस र सुन्तलीलेबस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा ब्यक्तीलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने  बताए 
* धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई अन्तराष्ट्रिय कलाकार मँचका तर्फबाट हार्दिक बधाई सहित सलाम

आखिर गरे के नहुँदो रहेछ र ! के असम्भब रहेछ र ?  कलाकारहरु आफ्नो कलकारिता बाट मात्र होइन मन मुटु देखिनै सामाजिक कार्यमा पनि, जनताका दु:खमा पनि साथ हुन सक्छन, हुन्छन भन्ने कुरा धुर्मुस र सुन्तलीले गरेर व्यबहारमा देखाएका छन । नेपाल मदर डट कम धुर्मुस र सुन्तलीलाइ उनिहरुको महान कार्यका लागि
हार्दिक बधाई र सम्मान ब्यक्त गर्दछ ।   
अन्तरराष्ट्रिय कलाकार मँचका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै मँचमा आबध्द हस्ती द्वय धुर्मुस र सुन्तलीको महान कार्य र सफलतालाई मँचको तर्फबाट हार्दिक बधाई सहित सलाम गर्दछौं भनेका छन । धुर्मुस र सुन्तलीले हामी सबै कलाकारहरुलाई एउटा नौलो परिक्षणमा पनि उतारेका छन, जनता सँग जनताका दु:खहरुमा घुलमिल हुन पनि सिकाएका छन र यसबाट हामी सबैले पाठ सिक्नुपर्ने भएको छ भन्दै खनालले धुर्मुस र सुन्तलीलाई मँचका तर्फबाट निकट भबिस्यमै अभिनन्दन गरिने बताउनुभयो । 
***    
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले सिन्धुपाल्चोकमा निर्माण गरेको गिरान्चौर एकिकृत नमुना बस्तीको साँचो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरेकी छिन् । राष्ट्रपति भण्डारी अगाडी धुर्मुस र सुन्तलीका आमा र बुवाले क्रमशः ब्लक सि र बीको साँचो हस्तान्तरण गरेका थिए । बस्ती हस्तान्तरण गर्न गिरान्चौरको पुगेकी राष्ट्रपति भण्डारीले धुर्मुस र सुन्तलीले गरेको सामाजिक कार्यलाई बधाई दिदैं सरकारलाई नै उनीहरुले चुनौती दिएको बताइन् । यस्तै मह जोडीका मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धुर्मुस र सुन्तलीले सरकारलाई नै पछि पारेको बताए । धुर्मुस सुन्तली फाण्डेशनका संरक्षक समेत रहेका महले नेपाली कला क्षेत्रको नाम राख्ने काम उनीहरुले गरेको बताए ।
बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता, संघ संस्था तथा व्यत्तिलाई धन्यवाद दिदैं अब देश निर्माण जुट्ने धुर्मुसले बताए । उनले भने, ‘भूकम्पबाट भत्किएका बस्ती निर्माण गर्यौं अब देश निर्माण गर्छौं ।’ ६५ परिवारका लागि घर निर्माण गरिएको बस्तीलाई अपाङ्ग मैत्री, बाल मैत्री, वातावरण मैत्री, भूकम्प प्रतिरोधी, पहिरो प्रतिरोधी गरी पाँच अवधाराणालाई अपनाइएको छ । ६ महिनापछि उनीहरुले बस्ती निर्माणको कार्य सम्पन्न गरेका हुन् ।








No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक