20161008

शुभकामना मन्तव्यमा पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र स्थापनापछि केही हुन नसकेको भन्दै आधा दर्जन प्रश्न गरे


पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुहरुको महान् पर्व वडा दसैँको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार सम्पूर्ण नेपालीको सुख स्वास्थ्यको कामना गर्दै ज्ञानेन्द्रले वक्तव्य मार्फत् शुभकामना दिएका हुन् । ‘वडा दसैँको यस पावन अवसरले हाम्रो रिति–थिति, संस्कृति, धर्म–परम्परा र सभ्यता एवम् त्यसको निरन्तरताको मौलिक अस्तित्वलाई सवल पार्दछ,’ मन्तव्यमा भनिएको छ, ‘यस सुखद अवसरमा म देशभित्र र देश बाहिर रहे वसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपाली जनातको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि भएको बताउदै ज्ञानेन्द्रले बितेका दशकभित्र जनताको दैनिकीमा सकारात्मक परिवर्तन नआएको भन्दै गणतन्त्रप्रति असन्तुष्टि जनाएका छन् ।
शुभकामना मन्तव्यमा ज्ञानेन्द्रले गणतन्त्र स्थापनापछि केही हुन नसकेको भन्दै आधा दर्जन प्रश्न गरेका छन् ।
बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
भ्रष्ट्राचार, अनियमितता, दण्डहिनताको अन्त्य गरि जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
परिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ?’

सँगै उनले दश वर्षमा जनताका निम्ति के–के गरियो भन्ने कुराको समीक्षा गर्न ढिला भइसकेको समेत बताएका छन् ।
नेपाल पूर्वय दर्शनको आध्यात्मीक र जीवन्त संस्कृतिको धरोहर केन्द्र रहेको उल्लेख गर्दे भनेका छन्, ‘हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मुल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेन्टिन्छौँ । राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मुल मन्त्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवम् गौरवगाथाको समग्र रक्षाको लागि हामी सबै एक हौं ।’
शुभकामना मन्तव्यको अन्तिममा भनिएको छ, ‘श्री नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधै कायम राखि देशको लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरुन् । जय नेपाल ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक