20161101

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वार्षिक साधारण सभा तथा देवकोटा जयन्ती सम्पन्न

* अनेसासको निर्वाचनको कुरा पुन अदालत पुग्नु, संस्था भित्र एक आपसमा हिलो छ्यापाछ्याप हुनु दु:खद कुरा: वाशिङटन डिसी मेट्रो कमिटी

* अनेसासको सम्पन्न निर्वाचनबाट सन् २०१६- २०१८ का लागि निर्बाचितहरुलाई यसरी सपथ खुवाइयो 
* अनियमितता भएको भन्ने कुरा पूर्णतया गलत - अध्यक्ष पदम विश्वकर्मा 
* म कुनै हालत मा छोड्दिन - अध्यक्ष पदकी प्रत्यासी  कमला प्रसाई
* कुनै अनियमितता भएको छैन -  निर्वाचन प्रमुख तीर्थराज पाण्डे 
 
 अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको वार्षिक साधारण सभा तथा देवकोटा जयन्ती  सम्पन्न भएको छ | अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आइतवार आयोजित उक्त कार्यक्रममा हालै सम्पन्न अनेसासको निर्वाचनबाट सन् २०१६- २०१८ का लागि निर्बाचित अध्यक्ष पदम विश्वकर्मालाई प्रमुख निर्वाचन आयुक्त तीर्थराज पाण्डेले सपथग्रहण गराउनु भएको थियो | अध्यक्ष विश्वकर्माले सपथग्रहण पश्चात कार्यक्रममा उपस्थित
अमेरिकाका लागि उपाध्यक्ष प्रकाश नेपाल र महासचिव गोवर्धन पूजालाई सपथग्रहण गराउनु भएको थियो भने अन्य पदाधिकारीले बिद्युतिय    संचार माध्यमबाट सपथ लिएका थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अमेरिकाका लागि नेपाली डा. अर्जुनकुमार कार्कीले पानसमा बत्ती बालेर गर्नु भएको थियो | डा कार्कीले अनेसासको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना दिदै अनेसासले नेपाली भाषा र साहित्यको विकासमा खेलेको महत्वपूर्ण भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।
अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा श्याम कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै अनेसासको अध्यक्ष पदम विश्वकर्माको कार्यशैलीको प्रशंसा गर्नु भयो | उहाले अघिल्लो कार्यकालमा उल्लेख्य कार्य गर्न सफल अध्यक्ष विश्वकर्मासहित कार्यसमितिका सबै पदाधिकारीको सहयोग र सद्भावबाट अनेसासको आगामी कार्यकाल पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाले “छोरीको बिबाहका लागि समेत ज्वाइको घर छ कि छैन हेर्ने हाम्रो चलन छ” भन्नुहुदै अनेसासको आफ्नो घर निर्माण आवश्यक रहेको बताउदै आफूले उक्त कार्यका लागि पाँच हजार डलर सहयोग गर्ने घोषणा गर्नु भयो ।
कार्यक्रममा साहित्यकार कृष्ण धरावासीले अनेसासले अनुवाद साहित्यलाई जोड दिनुपर्ने सल्लाह दिदै आगामी दिनमा अनेसास विशेष कार्यक्रमका साथ प्रस्तुत होस् भन्नु भयो ।
कार्यक्रममा अनेसासका सस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासको बारेमा चर्चा गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नु भयो | नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा राम्रा कार्यको निरन्तरता र अनेसासको छवि उच्च पार्ने काम गरोस भन्दै उहाले अनेसासको भवन निर्माणका लागि आफूले पनि पाँच हजार डलर सहयोग गर्ने बताउनु भयो ।










कार्यक्रममा अध्यक्ष विश्वकर्माले आगामी कार्यकालमा केही राम्रो काम गरेर अनेसासको सुन्दर इतिहास बनाउन लागि पर्ने बताउदै अनेसासको भवन निर्माणका लागि सुरुमा आफूले पनि दुई हजार डलर सहयोग गर्ने बताउनु भयो |
साहित्यकार एच बी भण्डारीले अनेसासले गरेका कामहरू र गर्नुपर्ने कामको चर्चा गर्दै निर्वाचित पदाधिकारीको कार्यकाल सफलताको कामना गर्नु भयो ।
अनेसासलाई सहयोग गर्ने बिभिन्न पत्रपत्रिका तथा व्यक्तित्व लाई प्रशंसा पत्र प्रदान गरिएको उक्त कार्यक्रममा महासचिव गोवर्धन पूजाद्वारा प्रस्तुत गरिएको अनेसासको वार्षिक प्रतिवेदन तथा सचिव प्रकाश नेपालले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको थियो ।
अनेसास मेरिल्याण्ड च्याप्टरको संयोजनमा च्याप्टरका अध्यक्ष भरत बराइलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीम कट्टेल, प्रविण भण्डारी, मधुकर अधिकारी, शिव लामिछाने, लिलु गुरुङ, तितेपाती , पारसमणि श्रेष्ठ, गुणराज लुइँटेल, भुवनेश्वरी बन्जाडे, सृजन ताम्राकार, कमला ओली, लगायतले पनि मन्तव्य तथा कवितावाचन गर्नु भएको थियो ।
यसैबिच नेपाल मदर डटकमलाई ईमेल प्रेसित गर्दै अध्यक्षको निर्वाचनमा १४ मत ले पराजित कमला प्रसाईले निर्वाचनमा अनियमितता भएको आरोप लगाउनु भएकोछ ।  वहाँले आफुले निर्वाचन जितेको तर ६६ जना आजीवन सद्स्यको नाममा मतदान मा अनियमितता गरेको आरोप लगाउनु भएकोछ । प्रसाईले आफुले अदालतको ढोका ढक्ढक्याइ सकिएको बताउनुभयो । वहाँका अनुसार अब अदालती कार्यवाही शुरु भएको छ र एक हप्ता भित्रै अदालतको कानुनी कार्वाहीको पत्र BOT , केन्द्रिय समिती र निर्वाचन समितिका नाम मा पुग्ने दाबी गर्दै भन्नुभयो  - म कुनै हालत मा छोड्दिन ।

पहिला निर्वाचन लड्ने अनी निर्वाचनको नतिजा अाए लगत्तै अनियमितता भयो भनेर  तपाईं सधैं किन बखेडा झिक्नुहुन्छ ? भन्ने नेपाल मदरको प्रति प्रश्नमा कमला प्रसाईले भन्नुभयो  - म माथि ठुलो अन्याय भएको छ । मैले जितेको मा पनि हराइएको छ । अहिले त जम्मा १४ भोट को अन्तरमा हारेको देखाइेएको छ हेर्नुस त मतदाता लिस्ट ! मैले जबाफ माग्दा निर्वाचन समिती, BOT , केन्द्र सबै तैँ चुप मै चुप छन किन ??

यता अध्यक्ष पदम विश्वकर्मा भने अनियमितता भएको भन्ने कुरा पूर्णतया गलत भएको दाबी गर्नुभयो ।  कसरी हुन्छ अनियमितता ?? यो आरोप मात्र हो ।

निर्वाचन समितिका प्रमुख तीर्थराज पाण्डेले भन्नुभयो  - निर्वाचन समितीले नियमानुसार निर्वाचन सम्पन्न गरेको छ । कुनै अनियमितता भएको छैन ।
यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले भन्नुभएको छ -  "संस्थाको निर्वाचनको कुरा पुन अदालत पुग्नु, संस्था भित्र एक आपसमा हिलो छ्यापाछ्याप हुनु दु:खद कुरा छ भन्दै किन यस्तो भैरहेको छ ? किन समझदारी कायम हुन सकेको छैन ? केन्द्र, BOT ले यस कुरालाई गम्भिरता पूर्वक लिउन, संस्था भित्र समझदारी कायम होस । अनेसास अझै पनि यस्ता झैझमेला मा किन अल्झिरहेको छ ? किन संस्था बिबाद रहित हुन सकेन ? अब गम्भिरता पूर्वक सोच्नुपर्छ र स्थाई समाधानमा लाग्नुपर्छ । वाशिङ्टन डिसी मेट्रो कमिटी सबै पक्ष सँग समझदारीका लागि आह्वान गर्दछ ।"

खनालले मेट्रो कमिटी सँग निर्वाचन पूर्व केन्द्र र BOT ले गरेका लिखित मौखिक सबै समझदारीहरु केन्द्रले इमान्दारिताका साथ पुरा गर्न समेत सचेत गराउनुभएको छ ।
    निर्वाचन समितिको Press Release जस्ताको तस्तै :
    INLS Election 2016 Results
Dear INLS BOT, Executive Committee and Life Members,
INLS’ election committee has completed its assignment of undertaking the election of new executive committee 2016-2018, per INLS by laws, clause VI. 1.
Election Committee
Voting was conducted to elect the position of INLS President only all other officials we elected unopposed.
For the position of President:
Total voters - 699 (published in INLS website before election)
Total votes casted - 570
Total vote casted % - 81.5
Following are the results from voting.
President Padam Biswakarma received 292 votes, hence certified and declared elected President of INLS.
Kamala Prasai received 278 votes.
Following Officials elected unopposed, hence all certified and declared elected:
Vice-President Radhe Shyam Lekali, Nepal – Senior Vice President
Regional vice presidents
Prakash Nepal, USA – North and Latin America
Prakash Paudel (Maila), Japan – Asia
Dr. Rupak Shrestha, UK – Europe
Bhimsen Sapkota, Australia – Australia and Oceania
General Secretary - Gobardhan Puja, USA
Secretary - Ganesh Ghimire, Australia
Treasurer - Shantiram Dhakal, USA
Executive Members - Sandhya Pahadi, Nepal
Raju Sitoula, USA
Bikash Bista, USA
We thank all INLS voters, candidates, BOT, Executive Committee and volunteers for their direct and indirect help during the members’ verification and election process.
Congratulations to all candidates who put faith in INLS and voters who participated in this election. Now is the time to leave election’s divide behind and move forward. Cheers!

Tirtha Pandey Chief Election Commissioner
 Bhim Karki Election Commissioner
 Prabin Bhandari Election Commissioner 



            कमला प्रसाईको दाबी तल जस्ताको तस्तै:   

आदरणीय श्री तीर्थ राज पाण्डे ज्यु 
अनेसास, प्रमुख निर्वाचन आयुक्त, 

अन्य निर्वाचन आयुक्त ज्यूहरु,

तथा

आदरणीय डा. श्याम कार्की ज्यु
अध्यक्ष, अनेसास बोर्ड अफ ट्रस्टी

नमस्कार !


विषय: "आधिकारिक ६३३ जना मतदाताको इमेल उपलव्ध गराइएकोले यही मतदाताको मतबाट पून मत-गणना गरियोस्"


अनेसास निर्वाचनमा ६३३ आधिकारिक मतदाता (verified voters) को नामावली र उहाँहरुको इमेल मलाई अक्टोबर ३, २०१६ को अपराह्न ४ बजे र ५८ मिनेट (EST) मा निर्वाचन आयुक्त श्री भीम कार्की जी ले उपलव्ध गराउनु भएको थियो । सो उपलव्ध गराइएको मतदाताको इमेलको कपी प्रमुख निर्वाचन आयुक्त श्री तीर्थ राज पाण्डे जी, अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. श्याम कार्की जी र अध्यक्षका प्रत्याशी अनेसास कार्यवहाक अध्यक्ष पदम विश्वकर्मा जी लाई समेत उपलव्ध गराईएको थियो । 

जव उम्मेदवारलाई आधिकारिक ६३३ जनाको इमेल दिईन्छ भने त्यही आधिकारिक मतदाताको मतलाई कायम राखेर पून मत गणना गर्नु पर्ने माग दोहोर्याउन चाहन्छु । ६३३ जना आधिकारिक मतदाता भएकोले उहाँहरुको इमेल उपलव्ध गराइएको थियो भने कसरी ६९९ मतदाता हुनसक्छ ? ६३३ जना आधिकारिक मतदाताहरुले भाग लिने निर्वाचनमा ६६ मतदाता जोडी ६९९ बनाएको देखिन आउँछ । निर्वाचनमा ६९९ मतदाता हुन्थ्यो भने मलाई ६३३ जनाको मात्र इमेल किन उपलव्ध गराईयो ? यसको उत्तर समेत मलाई दिनु हुन अनुरोध गर्दछु । 

अन्तिम पटक लेखिएको यस पत्रको प्रतिउत्तर यहाँहरुले मौखिक नभएर यथाशिघ्र आधिकारिक लिखित रुपमा दिनु हुन विनम्र अनुरोध गर्दछु । धन्यवाद्!

भवदीय,


कमला प्रसाई
 **************

Dr. Shyam Karki,
INLS BOT Chairman
and
Mr. Tirtha Raj Pandey,
Chief Election Commissioner.
CC: To all Respected INLS Members.

Subject: Asking to provide the election commission's press release with facts or have courage to recount voiding 66 votes without emails plus repeated 12 voters.

I was attracted by the Facebook message of the INLS BOT Chair, Dr. Shyam Karki ji stating about the lots of INLS election misinformation and disinformation meaning we all are spreading the wrong news. To remind BOT Chair, we have not spread the rumors but did on the bases of facts, truths and honesty. Can BOT Chair Dr. Karki defy that he including myself, another candidate Mr. Padam Bishwakarma, Chief Election Commissioner Mr. Tirtha Raj Pandey were sent the 633 verified voters' emails by the CPA Mr. Bhim Karki, the Election Commissioner. It was on October 3, 2016, 4: 58 PM with the subject line, "Voters list with email address," two days before the campaign deadline.

Please also furnish, 
1. Is there any system in the democratic world that anyone recommend and make voters? Does INLS practice this system or has provision in its bylaws?
2. Can Election Commission or BOT prove that they have given me the emails of more than verified 633 voters?
3. When the verification process took more than 2 and a half months, how come 12 names are repeated in the list of verified voters with emails and 66 persons kept to influence the election? Does not it prove BOT and Executive Committee had no confidence making their desired candidate win? Does not it prove they both have no trust to verified voters?

I, thus kindly request BOT Chair Dr. Karki and Cheif Election Commission Mr. Pandey to form the Enquiry Commission under former UN employees who are also the INLS members to sort out the facts and recount the votes voiding the 66 voters in question and the 12 duplicate voters.

To note here, I would not take any responsibility for the damage to the INLS and its present and past Officials that is very likely to be seen in the coming days.

Thank you and expecting to exhibit courage, truth and honesty.

Lastly, just by pasting Bhagawat Gita's message don't make anyone the real follower of the truth when intention is there to crush it. Let's believe on doing the right thing for the society and discard the lies and dishonesty to grave the self-centric ego.

With respect,
Kamala Prasai
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक